युवालाई पार्टी र सरकार
०३ माघ २०८०
•
४ मिनेट पाठ
युवालाई पार्टी र सरकार
प्रमुख राजनीतिक दलको नेतृत्व ७० वर्ष भन्दा माथिका नेताले गर्छन्। राष्ट्रपति, प्रमुख राजनीतिक दलका प्रमुख र वरिष्ठ नेताहरू ७० वर्षभन्दा माथिका छन्। राष्ट्रपति ८० वर्ष र प्रधानमन्त्रीको करिब ७० वर्ष। देउवा यसअघि ५ पटक प्रधानमन्त्री भइसके पनि छैटौँ कार्यकालको पर्खाइमा छन्।




दाहाल यो तेस्रो पटक प्रम छन् भने ओली दुई पटक प्रम बनेका छन्। त्यसैगरी अन्य वरिष्ठ नेताहरू प्रम, मन्त्री र संसद् सदस्य बनेका छन् र दशकौंँदेखि पार्टीको उच्च पदमा छन्। सबै प्रमुख दलका नेता पुष्पकमल दाहाल, केपी ओली, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादवलगायत धेरै वर्षदेखि पार्टी नेतृत्वमा छन् र भविष्यमा पनि बन्न चाहन्छन्।

संगीतको कुर्सी खेल (म्युजिकल चेयर) जस्तै जीत र हार, जीवनको उत्तराद्र्धमा कुर्सीमा बस्न पालो कुर्दै बसेका छन्। यिनै ४,५ जना नेता एकपछि अर्को वर्षौँदेखि प्रम भैरहेका छन्, देउवा, ओली, दाहाल, नेपाल, आदि नेता आजीवन पार्टी र सरकारको नेतृत्वमा बस्न इच्छा राखेका छन्।

सरकारी कर्मचारी निश्चित उमेर हद र कार्य समयावधिअनुसार सेवा निवृत र अवकाश हुने, पार्टीका नेताहरू किन नहुने? बिपी कोइराला, मातृका कोइराला, टंकप्रसाद आचार्य जस्ता नेता प्रम हुँदा युवा थिए।
कृष्णप्रसाद भट्टराई र दमननाथ ढुंगाना सभामुख हुँदा जवान थिए। बिपी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुवर्णशमशेर, मनमोहन अधिकारी, मदन भण्डारी युवा उमेरमै पार्टीको शीर्ष पदमा थिए। यी सबै राजनीतिक दलमा आफूलाई युवा भनी दाबी गर्ने दोस्रो धारका नेताहरू पनि  ४५ वर्षभन्दा बढी भइसकेका छन् र वरिष्ठ नेताहरूले नेतृत्व त्याग्न नचाहँदा पनि पार्टीभित्र आफ्नो स्थान पाउनका लागि संघर्ष गरिरहेका छन्।

बिपी, जिपी, मनमोहन आदि आफ्नो मृत्युसम्म पार्टीको उच्च नेतृत्वमा रहे। कमजोर प्रदर्शन गर्दा पनि नेतृत्वले पद त्याग नगर्ने वा नछाड्ने कुरा सम्पूर्ण दक्षिण एसियामा सामान्य छ। नेहरू गान्धी परिवारको पारिवारिक पकडमा रहेको भारतको कांग्रेस पार्टीको पनि कथा उस्तै छ।

भारतीय जनता पार्टी र हाल लामो समयदेखि सो पार्टीबाट प्रम भएका नरेन्द्र मोदीका कारण अहिले पनि भारतको अवस्था यस्तै छ। श्रीलंका र बंगलादेशको अवस्था नेपालभन्दा खासै फरक छैन।
चीन, चिनिया कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टी सत्तामा भएका देशहरूमा त स्वतः हुने नै भयो। चीनका सी चिन फिङ र रुसका पुटिन पनि लामो समय सत्तामा छन् र अझ लामो समय रहने सोच देखिन्छ।

वरिष्ठ नेताहरूले स्वेच्छाले युवाहरूलाई नेतृत्व गर्ने मौका नदिँदासम्म नेपाललगायत दक्षिण एसियामा युवाहरूको राजनीतिक क्षेत्र संकुचित हुँदैछ। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक रूपान्तरण भएपछि सङ्घ, प्रदेश र स्थानीय तहलगायत सबै तहमा युवालाई राष्ट्रको नेतृत्व गर्न दिइने धेरैले सोचेका थिए।

स्थानीय सरकारहरूमा युवाहरूको उल्लेख्य प्रतिनिधित्व छ। तर संघीय संसद्मा त्यो तस्बिर उत्साहजनक छैन। २५ देखि ४० वर्ष उमेर समूहको ४० प्रतिशत भन्दा बढी जनसंख्या भएको देशको संघीय संसद्मा १३.०४ प्रतिशत मात्रै युवा प्रतिनिधित्व छ।

सङ्घीय संसद् सचिवालयका अनुसार सन् २०१७ मा भएको निर्वाचनमा प्रतिनिधिसभाका सदस्यको औसत उमेर ५२ वर्ष रहेको छ, जसमा कम उमेर सदस्य ३१ वर्ष र ज्येष्ठको ७५ वर्ष छ। तर नेपालको नीति निर्माण गर्ने सर्वोच्च संस्थामा युवाको प्रतिनिधित्व निकै कम छ।

पार्टीको निर्णय र समग्रमा देश पूर्वप्रधानमन्त्री र वरिष्ठ पुराना नेताहरूको नियन्त्रणमा छ। उनीहरूमा आफ्नो व्यक्तिगत, पारिवारिक, बन्द कोठा स्वार्थ समूहको पक्षमा काम गर्ने प्रवृत्ति छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘खासगरी नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भनेको प्रम र पूर्व प्रमहरूको नियन्त्रणमा राजनीति, देश, पार्टी, सरकार, नीति नेतृत्व र निर्णय नै रहेको बताएका छन्।

उनले भनेका छन्– अहिले गठबन्धनको बैठकमा पनि प्रम भूपू प्रमहरू पाका शीर्ष नेताबीच छलफल हुन्छ। उनले यति धेरै पूर्वप्रम राजनीतिमा क्रियाशील भएको अन्य मुलुकमा आफूले नदेखेको पनि बताए।

२०–२५ वर्षदेखि तिनै नेताहरू पार्टी र सरकारमा रहेको पनि उनले बताए। एकलौटी नेतृत्व र निर्णय, परिवार, आफन्त, नजिकका कार्यकर्ता, आसेपासे, व्यापारी, सीमित घेरा, सिन्डिकेटअनुसार चलेको देखिन्छ।

यो पटकको राष्ट्रिय सभामा गत वर्ष प्रतिनिधि सभामा चुनाव हारेका, पहिला अवसर पाएका, पाका, उमेर ढल्केका र परीक्षित नेताहरू प्रमुख पार्टी र नेताहरूले प्राथमिकता पाएका छन्। यी नेताले समग्र पार्टी, देश र जनताको हित हैन, गुट र समूह, सीमित घेरामा बाँधिएका छन्। संकीर्ण, आत्मकेन्द्रित, आफूले सर्वेसर्वा अहंकार, दम्भ, आफ्नो र नजिकको आर्थिक हित र भागबन्डा फराकिलो र बृहत् सोच र संकल्प छैन।

पुराना नेताहरू पनि बारम्बार पदका लागि लडिरहेका छन्। प्रधानमन्त्री, मन्त्री, सांसद भइसकेका पनि लगातार संसद्, सरकारमा भाग लिँदैछन्। विगत ३० वर्षदेखि धेरैपटक चुनाव जितेका परीक्षित र पुराना पार्टी नेतालाई भन्दा नयाँ नेता जनताले खोजेका छन्। पदमा पुग्न केही शैक्षिक योग्यताको प्रावधान राखे बढी प्रभावकारी हुन्छ।
संविधान संशोधन र परिमार्जन संसद्बाट पारित गरी दुईचोटिभन्दा बढी प्रधानमन्त्री, मन्त्री र सांसद जनप्रतिनिधि हुन नपाउने व्यवस्था गरे नयाँ युवाहरूले पनि मौका पाउनेछन्। पदको गरिमा र मर्यादाको ख्याल सबै नेताले राख्नुपर्छ।

विगतमा आर्थिक, राजनीतिक र नैतिक आचरण बलियो भएका, ऊर्जाशील र कर्मठ, ज्ञान र विचार भएका सांसदहरूलाई मन्त्री बनाउनुपर्छ। राजनीतिक नियुक्तिहरू पनि निश्चित मापदण्ड र योग्यताका आधारमा गर्नुपर्छ। 
अर्को समाचार
युवालाई स्वदेशमै अवसर सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्छ : प्रवक्ता महत
०२ चैत्र २०८१
•
२ मिनेट पाठ
युवालाई स्वदेशमै अवसर सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कसैको पनि सेवा सुविधा बढाउने पक्षमा पार्टी नरहेको स्पष्ट पारेका छन्। शनिबार पोखरामा भएको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। 




पार्टी केन्द्रीय सदस्य महतले पूर्वपदाधिकारीको सेवा सुविधा बढाउने लागेको भन्दै सरकार र कांग्रेसको आलोचना भइरहेकाले यस्ता कुराका पछि नलाग्न आग्रह पनि गरेका छन्। आर्थिक रूपान्तरणको एजेन्डालाई सशक्त बनाउनुपर्नेमा जोड दिँदै उनले युवाका लागि देशमै अवसर सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए। 

सो अवसरमा विभागका प्रमुख मीन विश्वकर्माले कांग्रेसले देशका सबै तहमा बहुमत नेतृत्व गरिरहेका अवस्थामा पनि निराशका कुरा बढी हुनु राम्रो नभएको उल्लेख गरेका छन्। उनले पार्टी नेतृत्वमा भएका कामको प्रचारमा जुट्न र पार्टीभित्रै एकले अर्कालाई आलोचना गर्ने प्रवृत्ति हटाउन आग्रह गरेका छन्। 

कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीमा आन्तरिक अनुशासन हराउँदै गएको भन्दै अनुशासन कायम गराउनका लागि आचारसंहिता लागू गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। पार्टी केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको इतिहासलाई कायम राख्न र संविधान निर्माणका सन्दर्भमा व्यक्त अभिमतलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य मान्यतालाई आत्मसात् गर्न नसक्दा पार्टीलाई कमजोर बनाउनेतर्फ गम्भीर बन्न आग्रह गरे। कार्यक्रममा कांग्रेसको इतिहास र पार्टी नेतृत्वमा भए गरेका तथ्यगत विवरण सम्बन्धमा डा जगत नेपाल र हरिबहादुर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए। 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शारदा पौडेल, आङ्गेलु शेर्पा, गुरु बराल, सीता देवकोटा, सरस्वती अर्याल, कास्की जिल्ला सभापति किशोरदत्त बराल, तनहुँ जिल्ला सभापति जितप्रकाश आले, केन्द्रीय प्रचार विभागका सदस्य एवं कार्यक्रम संयोजक गङ्गाधर पराजुलीलगायतले युवाको विदेश पलायन रोक्ने र यही अवसर सिर्जना गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका थिए। रासस
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस