युवालाई स्वदेशमै अवसर
२७ मंसिर २०८०
•
५ मिनेट पाठ
युवालाई स्वदेशमै अवसर
नेपाल आर्थिकरूपमा विकास हुन नसक्नुका धेरै बलिया कारण छन् जसमध्ये एउटा प्रमुख कारण युवाका लागि स्वदेशमा रोजगारी अभाव हो। देशमा थोरै उद्योग र कलकारखाना मात्र छन् र अहिले नयाँ खुलेका पनि छैनन्। शिक्षित वा अशिक्षित युवाले रोजगारी पाउँदैनन्। 




उनीहरूसँग पर्याप्त स्रोतसाधन, पहुँच र सिप हुँदैन। त्यसैले उनीहरू आफ्नो श्रम र शिक्षा बेच्न देशबाहिर जान्छन्। स्कुल र कलेजमा धेरै वर्षको आर्थिक लगानी, समय र मेहनत हुन्छ तर शिक्षा सकेको डिग्री लिएपछि देशमा अबसर र रोजगारी पाउँदैनन्। धेरै युवासँग कामका लागि आवश्यक प्राविधिक र व्यावसायिक सिप पनि छैन। उनीहरू सबै प्रकारका काम विदेशी भूमिमा गर्छन् तर देशमा होइन। किनभने साना काम र पारिश्रमिकमा भेदभाव गर्ने प्रवृत्ति छ। त्यसैले आफ्नै इलाका, समुदाय र देशमा काम गर्न हीनताबोध र लाजको भावना छ।

अधिकांश मधेसी मूलका व्यक्तिहरू कम आयस्रोतका कारण परिवार आर्थिक विपन्नतामा रहेकाले भारत र अरब देशमा काम गर्न जान बाध्य छन्। अधिक गर्मी मौसम, भाषाको कठिनाइ, खानपिन, संस्कृति, भूगोलको जटिलता जस्ता कारण काम गर्न भने सहज छैन। प्राविधिक डिग्री र ज्ञान लिएका दक्ष र सिप भएका डाक्टर, इन्जिनियर, वैज्ञानिक आदि पनि रोजगारी र त्यसमा पनि बढी कमाउने आशमा विदेशिने गरेका छन्। यो अवस्था पनि देशका लागि गम्भीर चुनौती बनेको छ। देशमा व्यापार र व्यवसाय खोल्ने कसका लागि ? काम कसले गर्ने ? उपभोक्ता खोइ ? यी यावत सवाल उब्जेका छन् युवाको विदेश पलायनले।

रोजगारी र स्थिर आम्दानी प्रत्यक्ष जोडिएका विषय हुन्। सरकारी सेवामा सम्भावना न्यून छ र राम्रो स्रोत र सम्बन्ध भएकाले मात्र शिक्षा र स्वास्थ्य क्षेत्रलाई दिगो बनाउन सक्छन्। सार्वजनिक÷निजी स्वामित्व र व्यवसायको ठोस नीति छैन। केही व्यापारी समुदायले निजी कम्पनी र व्यवसाय सञ्चालन गरिरहेका छन्। तिनमा सर्वसाधारणले रोजगारी पाउने पहुँच छैन। नेपालमा केही हुनेवाला छैन, पढाइ सके पनि काम पाइन्न र काम पाए पनि कमाउन सकिन्न भन्ने आमबुझाइ छ। अभिभावकको आश्वासन, नेताहरूक्रो राजनीति र खोक्रो भाषण मात्रै सुन्ने अवस्थामा छैनन् अबका युवा। सबैजना पैसा कमाउन चाहन्छन्। आफ्नो परिवारको जीवन निर्वाह राम्रोसँग गर्न चाहन्छन्।

तर नेपालमा काम र दाम दुवै सीमित छ। थोरै मात्र व्यवसाय चलिरहेका छन्। लामो समयको आर्थिक लगानी र लगनशीलताले कुनै फलदायी नतिजाविना नै उपाधि र ज्ञान दिने हाम्रो शिक्षा नीति आंशिकरूपमा असफल भएको छ। नेपालमा शैक्षिक प्रणाली प्रायः बेरोजगारी केन्द्रहरू मात्र उत्पादन गर्न सक्षम छ जुन ठूलो स्तरमा अनुत्पादक छन्। यीखाले शिक्षा र प्रमाणपत्रहरू सैद्धान्तिक प्रयोगका लागि मात्र हुन र नेपाली बजारमा बिक्रीयोग्य छैनन्। त्यसैले विदेश एक मात्र गन्तव्य बन्नु स्वाभाविक हुन जान्छ।

यसर्थ नेपालमा युवाहरूले आफ्नो भविष्य निकै अन्धकारमय देखेका छन्। राजनीतिक अस्थिरता, भ्रष्टाचार, दलीय स्वार्थ र दलका नेताहरूको प्रभाव केन्द्रीकृत सरकार र नीतिहरू, ढिलो सरकारी कार्यालय र झन्झटिला प्रक्रिया, परिवारको स्वामित्वमा रहेका ठूला व्यवसाय, एकाधिकार, नातावाद, आफन्तबाद, कृपावाद, अभाव र सिप, अव्यवस्थित स्रोत÷साधन अभाव व्यवसायमा युवाहरूलाई निरुत्साहित गर्ने, प्रभावहीन शिक्षा र सिप आदि पनि रोजगारी अभावका प्रमुख कारण हुन।

नेपालमा बेरोजगारीको समस्या निकै गम्भीर छ। प्रतिवेदनले हरेक वर्ष करिब पाँच लाख मानिस आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रवेश गर्ने गरेका देखाएको छ। फलस्वरूप, नेपालले बेरोजगारी दर घटाउनुका साथै देशमा अर्थपूर्ण र सुरक्षित रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने अवस्थाको सामना गर्नुपरेको छ। देशभित्र राम्रो तलब पाइने रोजगारीको अभावले पनि धेरैलाई अन्तर्राष्ट्रिय श्रम बजार हेर्न बाध्य बनाएको छ। धेरै नेपाली युवाले खाडी देश, दक्षिण कोरिया र मलेसियाको उच्च तापक्रम र प्रतिकूल अवस्थामा काम गर्न आफ्नो ज्यान जोखिममा पारेका छन्। लामो समयका लागि आफ्नो परिवार र देश छाडी टाढा र कठिन कार्य गर्नुपर्ने बाध्यता छ।

म्यानपावर कम्पनीहरूले अत्यधिक शुल्क लिन्छन् र विदेशमा अवसर खोज्ने कामदारहरूको शोषण गर्छन्। कुल गार्हस्थ्य उत्पादनको करिब ३२ प्रतिशत कामदारले पठाउने रेमिट्यान्सबाट आउँछ। रेमिट्यान्सको यो प्रभावका कारण सरकारको नीति र प्राथमिकता स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने, कलकारखाना खोल्ने र लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्नुको सट्टा विदेशमा थप रोजगारी दिनेतर्फ मोडिएको छ।

अर्थतन्त्रलाई फाइदा पुर्‍याउन युवाहरूलाई विदेश पठाउनु जोखिमपूर्ण र अस्थायी उद्यम हो। स्वदेश फर्केकाहरूको सिपलाई उपयोग गर्न सरकारले ठोस योजना बनाउनुपर्छ। तसर्थ नेताहरू अन्य पार्टीको विरोधमा लाग्नुभन्दा उत्पादनमूलक, रचनात्मक, आय आर्जन हुने र आर्थिक लाभका गतिविधिमा लाग्नुपर्छ। साना ठूला काम सबैका लागि समान हुनुपर्छ। सरकारले देश र जनताको हितका लागि उद्योग, कलकारखाना र कम्पनी खोल्न छिटो, प्रभावकारी र सहज नीति ल्याउनुपर्छ। बन्द भएका उद्योग सञ्चालन गर्नुपर्छ। तसर्थ सरकारले दिगो ठोस नीति ल्याउन अत्यन्त जरुरी छ ताकि युवा विदेश पलायन नहोउन् र देशमै सिपयुक्त, पढाइअनुसारको कमाइ हुने रोजगारी पाउन सकून्। जसबाट उनीहरूको जीविका चलोस्।

यसो भएमा मात्र एकातर्फ उर्वर उमेरका युवा स्वदेशमै रमाउँछन् भने अर्कोतर्फ स्वदेशको जनशक्ति स्वदेशमै खपत हुन्छ। विदेशका मरुभूमिमा बगाउने पसिना आफ्नै देशमा बग्छ। विदेश बनाउने कला र सिप यहीँ उपयोग हुन्छ। यस्तो अवस्थामा मुलुकले रेमिट्यान्स कुर्नै पर्दैन, यहीँ बसेका युवाले चमत्कार गरिदिन सक्छन्। मात्र यसका लागि सरकारले वातावरण बनाइदिए पुग्छ। समग्रमा, युवामैत्री नीति र कानुन बनाउन ढिलो भइसकेको छ। –ढुंगाना अधिवक्ता हुन्।
अर्को समाचार
सीपलाई रोजगारी र उत्पादनसँग जोडेर युवालाई स्वदेशमै अवसर दिनुपर्छ : सभामुख अर्याल
१४ असोज २०८३
•
२ मिनेट पाठ
सीपलाई रोजगारी र उत्पादनसँग जोडेर युवालाई स्वदेशमै अवसर दिनुपर्छ : सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।




श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबारदेखि कोशी प्रदेशबाट सुरु गरेको ‘श्रमाधान सीप तथा रोजगार मेला, २०८३’ को उद्घाटन गर्दै सभामुख अर्यालले सीप आजको समयमा अतिरिक्त योग्यता नभई व्यक्ति, समाज र राष्ट्रको समृद्धिको आधार भएको बताए।

सभामुख अर्यालले संविधानले रोजगारी तथा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले त्यसलाई व्यवहारमा अनुभूति हुने गरी अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै उनले यसलाई जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए।

बजारको मागअनुसारको सीप, सीपअनुसारको रोजगारी र रोजगारीसँग जोडिएको उत्पादनलाई श्रम तथा रोजगार नीतिको महत्वपूर्ण दिशा बनाउनुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले आफू श्रम मन्त्रालयको नेतृत्वमा रहँदा २०८१ जेठ १७ गते कोशी प्रदेशबाट सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा सञ्चालन भएको स्मरण गरे।

उक्त मेलामा ४१ हजार ३२५ जनाले अवलोकन गरेका, १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका तथा रोजगारदाताले १४ हजार ७८८ रोजगारीका लागि माग गरेको उनले जानकारी दिए।

यस्तै, सभामुख अर्यालले स्वदेशमा रोजगारी खोज्ने युवा र जनशक्ति अभावमा विदेशी कामदार ल्याउनुपर्ने अवस्थाबीचको असन्तुलन अन्त्य गर्न सीप विकास र श्रम बजारबीचको तालमेल आवश्यक रहेको बताए। साथै, ‘श्रमाधान कल सेन्टर’ लगायतका पहललाई थप प्रभावकारी बनाउँदै आन्तरिक रोजगारी विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले मेला सीपमूलक, उत्पादनशील र मर्यादित रोजगारीतर्फको महत्वपूर्ण पहल भएको बताए।

असोज २० गतेसम्म सात दिन सञ्चालन हुने मेलामा उद्यमशीलता, डिजिटल मार्केटिङ, आतिथ्य सत्कार, ब्युटिसियन, कुक तथा वेटर, इलेक्ट्रिक सवारी तथा वातानुकूलन (एसी) मर्मत र बारिस्तालगायत १० वटा विषयमा पूर्णतः निःशुल्क तथा छोटो अवधिका व्यावहारिक तालिम सञ्चालन गरिनेछ।

यसका साथै ६५ वटा स्टलमार्फत रोजगारदाता, तालिम प्रदायक संस्था तथा बैंक एवं वित्तीय संस्थाहरूको प्रत्यक्ष सहभागिता रहनेछ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस