‘सामाजिक र आर्थिक विकास प्राथमिकता’
१२ माघ २०८०
•
४ मिनेट पाठ
‘सामाजिक र आर्थिक विकास प्राथमिकता’
मिलन भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, सूर्यादय नपा
नवीन र दीर्घकालीन योजनासहितका कार्यक्रमबाट देशभर चर्चामा रहेको सूर्याेदयले अहिले कसरी आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ त? नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईसँग नागरिककर्मी भीम चापागाईंले गरेको कुराकानी:




सूर्याेदय नगरपालिकाले अहिलेसम्म गरेका राम्रा अभ्यास के हुन्, जो अरूका लागि उदाहरणीय पनि छन्?

संविधान बमोजिम स्थानीय तहका एकल तथा साझा अधिकार कार्यान्वयनका लागि आवश्यक कानुनी तथा संरचनात्मक प्रबन्ध गरिएको छ। स्वीकृत ऐन, नियम, कार्यविधि, निर्देशिकाको अधीनमा रही सोको कार्यान्वयनका लागि आवश्यक प्रबन्ध गरिएको छ। नगरले आफ्नाकाम कारबाहीलाई योजनाबद्ध रूपमा अगाडि बढाएको छ। यसअन्तर्गत आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण र सुशासन सबै विषय क्षेत्रअन्तर्गतका कार्यक्रम तथा आयोजना कार्यान्वयनमा छन्।

सूर्योदय कोशी प्रदेशको पर्यटकीय नगरी हो। साथै, बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका पनि हो। बालमैत्री स्थानीय शासनलाई निरन्तरता दिनका लागि र सूचकलाई कायम राखिराख्न आवश्यक कार्यक्रम अगाडि बढाएको छ।

पर्यटक आगमन वृद्धि गर्न नवीन पर्यटन प्रडक्ट र गन्तव्य विस्तारका लागि स्वीकृत योजना कार्यान्वयनमा छन्।

सामाजिक विकास अन्तर्गत ‘नगरको इच्छा नारीलाई शिक्षा, नगरको इच्छा बुहारीलाई शिक्षा’ नारा अनुरूप छोरी–बुहारी छात्रवृत्तिको कार्यक्रम पाँच वर्षदेखि कार्यान्वयनमा छ। सबै सामुदायिक विद्यालयमा इन्टरनेटलगायत कप्युटर, प्रिन्टरलगायत विद्युत्तीय सामग्रीको पहुँच विस्तार गरिएको छ।
सबै माध्यमिक तहका विद्यालयमा कम्प्युटर प्रयोगशाला विस्तार गरिएको छ यसैगरी इन्टरएक्टिभ प्यानल बोर्डमार्फत् विषयगत शिक्षक नभएको अवस्थामा समेत सिकाइ नरोकिने गरी आवश्यक प्रबन्ध गरिएको छ। नगदे बालीहरूको प्रसस्त उत्पादन हुने भएकाले उत्पादनको बजार सुनिश्चितताका लागि आवश्यक सहजीकरण गर्दै आएको छ भने उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको छ।

यसैको नतिजास्वरूप गतवर्ष नगरपालिका संघको स्वतन्त्र मूल्यांकनमा देशभरका २ सय ९३ नगरपालिकामध्ये स्थानीय आर्थिक विकासमा सूर्योदय नगरपालिका उत्कृष्ट घोषित भएको थियो।

संस्थागत सुशासनका लागि कार्यालयको काम कारबाही र सेवा प्रवाहलाई प्रविधिमा आबद्ध गरिएको छ। आन्तरिक नियन्त्रण प्रणालीको कार्यान्वयनलाई सुदृढ तुल्याइएको छ। यसैको फलस्वरूप अन्तिम लेखापरीक्षणबाट कायम हुने बेरुजुसमेत क्रमशः घट्दै गइरहेको अवस्था छ।

समृद्ध पालिकाको अभियान कसरी सञ्चालन गरिरहनुभएको छ?

नगरसभा र कार्यपालिकाबाट स्वीकृत नीति, कानुन तथा वार्षिक योजनाको कार्यान्वयनलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको छ। आवधिक योजना, मध्यमकालीन खर्च संरचनालाई आधार लिएर वार्षिक बजेट तर्जुमा हुँदै आएको छ।

दिगो विकासका लक्ष्यहरूको स्वेच्छिक पुनरावलोकनको कार्य सम्पन्न भइसकेको र दिगो विकास लक्ष्यहरूको स्थानीयकरणका लागि योजना निर्माणको क्रममा रहेको छ भने दिगो विकासको लक्ष्य प्रारित तर्फ वार्षिक योजनालाई केन्द्रित गरिएको छ।

माटो र बाटो मात्र विकास हो भन्ने परम्परागत भाष्यमा परिवर्तनका लागि आर्थिक, सामाजिक, वातावरण र सुशासन क्षेत्रको विकासका लागि समानान्तर रूपमा योजना तथा कार्यक्रमहरू अघि बढाइएको छ।
आन्तरिक आयलाई फराकिलो बनाउन थप स्रोतहरूको खोजी गरी आन्तरिक राजस्वको दायरालाई फराकिलो बनाएर लगिएको छ। नगरपालिकाबाट प्रवाह हुने सेवास्थापित प्रणाली अनुरूप अगाडि बढेको कारणले गर्दा गतवर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा  नगरपालिकाले मुलुकभरका पालिकामध्ये प्रथम स्थान हासिल गरेको छ।

नगरपालिकाले कुनकुन क्षेत्रलाई प्राथमिकता दिएर नीति–कार्यक्रम कार्यान्वयन गरिरहेको छ?

नीति, कार्यक्रम तय गर्ने र प्राथमिकता निर्धारण गर्ने कार्य नगर कार्यपालिका र नगरसभाको हो। यसका विषयगत समितिहरूको समेत आआफ्नो विषय क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहन्छ। स्वीकृत नीति कार्यक्रम र प्राथमिकता हेर्दा नगरले विशेषत सामाजिक विकास र आर्थिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ।

स्थानीय सरकारका चुनौती केके हुन्?

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रहेको छ। तीन तहका सरकार क्रियाशील रहेको अवस्थामा जनताको सबैभन्दा नजिकको सरकारको रूपमा स्थानीय तहहरू रहेका छन्। साविकको एकात्मक शासन प्रणालीमा भन्दा अहिलेको व्यवस्थामा स्थानीय तहहरूको भूमिका जिम्मेवारी, अधिकार र स्रोत साधनमा व्यापक रूपमा बढोत्तरी भएको अवस्था छ। यो अवस्थामा स्वभाविक रूपमा थप चुनौतीसमेत सिर्जना भएका छन्।

मुलुकभरका स्थानीय तहका साझा चुनौतीलाई हेर्दा स्थानीय तहको मुख्य चुनौती भनेकै संविधानप्रदत्त अधिकार र जिम्मेवारीको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नेगरी आफ्नो संस्थागत क्षमतामा वृद्धि गर्नु नै हो।
साथै, स्थानीय तहको तुलनात्मक लाभको क्षेत्र पहिचान गर्नु र आफ्नो प्राथमिकता निर्धारण गर्नु अर्को चुनौती हो।

यसैगरी, आन्तरिक आयको दायरा विस्तार गर्नु, स्थानीय तहलाई वित्तीय रूपमा आत्मनिर्भर तुल्याउनु, वित्तीय जोखिम न्यूनीकरण गर्नु, संघीय इकाईका बीच समन्वय, सहकार्य अभिवृद्धि गर्नु, स्थानीय सरकार र संघीय शासन प्रणालीप्रति आम नागरिकको विश्वास र अपनत्व सिर्जना वातावरण निर्माण गर्नु लगायतका थप चुनौती स्थानीय तहसामु छन्।
अर्को समाचार
नेपाल र जापानबीच कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवः सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याउन सहकार्यको मार्ग प्रशस्त गर्ने
१९ माघ २०८२
•
३ मिनेट पाठ
नेपाल र जापानबीच कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवः सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याउन सहकार्यको मार्ग प्रशस्त गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरै भन्दा धेरै जापानी लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।  




नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याएपश्चात्, नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको बताए ।

“नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधारहरू गरिसकेको छ, हामी उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरै भन्दा धेरै जापानी लगानीकर्ताहरूलाई आमन्त्रण गर्न चाहन्छौं”, राष्ट्रपति पौडेलले भने ।  

उनले आजको यो कार्यक्रमले हाम्रो सम्बन्धलाई नयाँस्तरमा पु¥याउन र आगामी वर्षहरूमा गहिरो र फलदायी द्विपक्षीय सहकार्यको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।  

हाम्रो द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै होइन  जनता–जनताबीचको सम्पर्कलाई समेत समेटेको र यो क्रम विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान एवम् बढ्दो सहयोगमार्फत् थप  सुदृढ हुँदै गएको उनको भनाई थियो ।

“नेपाल र जापानबीच विशेष गरी भगवान बुद्धको शिक्षामा आधारित संस्कृति, धर्म, मूल्यमान्यता र जीवनपद्धतिमा समानता छ, बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गर्दछ, विश्व शान्तिको मुहानको रूपमा लुम्बिनीको विकासमा जापानको निरन्तर सहयोगप्रति हामी आभारी छौं”, राष्ट्रपति पौडेलले भने।

विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान नेपालको एक प्रमुख साझेदार रहिआएको बताउँदै राष्ट्रपति पौडेलले यसवर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको देश बन्नु अर्को महत्वपूर्ण उपलब्धी हुने प्रसङ्ग उल्लेख गरे । “त्यसैले, हामी राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा थप विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर–आवद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र उच्चस्तरीय प्रविधि प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छौं”, राष्ट्रपति पौडेलले भने ।  

नेपाल जापानीहरूको मनपर्ने पर्यटकीय गन्तव्य रहेकोमा उनले प्रसन्नता व्यक्त गरे । “साहसिक पर्यटन, समृद्ध प्राकृतिक तथा सांस्कृतिक विविधताबाट मोहित भएर धेरै जापानीले हाम्रो देशको भ्रमण गरिरहेका छन्, नेपाल दुई देशबीच पर्यटन क्षेत्रको सहयोग विस्तार गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भने।  

जापान नेपाली युवा र विद्यार्थीहरूको रोजाइँमा परेको र यहाँका नेपाली नागरिकको  सुरक्षा सुनिश्चितता गरेकोमा जापानप्रति उनले आभार व्यक्त गरे ।  

“हाम्रा दुई मुलुकले सौहार्दपूर्ण मित्रताको धेरै लामो इतिहास आत्मसात गरेका छौं, सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखिनै नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ”, राष्ट्रपति पौडेलले भने ।  

सो अवसरमा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले यसप्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । 
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस