देश दलतन्त्रमा गयो, लोकतन्त्रको अर्थ समाप्त हुदैछः सांसद अमरेशकुमार (अन्तरवार्ता)
१० मंसिर २०८०
•
५ मिनेट पाठ
देश दलतन्त्रमा गयो, लोकतन्त्रको अर्थ समाप्त हुदैछः सांसद अमरेशकुमार (अन्तरवार्ता)
स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित भएको बताएका छन्। शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उनको भनाइ छ।




‘संसदीय व्यवस्था भनेको उत्कृष्ट व्यवस्था हो। तर यसको गलत प्रयोग भयो। नेताकै गल्तीको कारण अहिले व्यवस्थामाथि प्रश्न उठेको हो’, ‘सांसदसँग रासस संवाद’का क्रममा सांसद सिंहले भने, ‘जनतामा देखिएको वितृष्णालाई व्यवस्थाप्रतिको वितृष्णा भन्न मिल्दैन, यो नेताप्रतिको वितृष्णा हो।’

संसदीय समितिले सार्वभौम तरिकाले काम गर्न सकेनन्
गत प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट स्वतन्त्र सांसदमा निर्वाचित भएका सिंहलाई संसद् र संसदीय समितिहरूले सार्वभौम तरिकाले काम गर्न सकेकोजस्तो लाग्दैन। संसद्लाई ठुला दलले आफू अनुकूल प्रयोग गर्ने गरेको र सत्तापक्ष तथा प्रतिपक्ष दुवैतर्फबाट व्यक्तिगत एवं पार्टीगत अनुकूलता मात्रै खोज्ने गरेको उनको बुझाइ छ।

‘सार्वभौम जनताको प्रतिनिधि रहने संसद् पनि सार्वभौम हुनुपर्ने हो। तर संसद् सञ्चालनमा ठुला दल र तीनका मुख्य नेताको मात्रै भूमिका देखियो’, उनी भन्छन्, ‘सदनमार्फत गर्नुपर्ने निर्णय दलका नेताले गर्छन्। कुनै दलमा जति जना सांसद भए पनि त्यहाँ निर्णय चल्ने भनेको मुख्य नेताको हो। यो आफैँमा गलत परम्परा हो।’

संसद्लाई ठुला दलले आफू अनुकूल प्रयोग गरे
विधेयकलगायत संसद्मा उठेका विषयमाथि संसदीय दलमा पर्याप्त छलफल नहुने र दलका शीर्ष नेताको अनुमतिबिना सांसदहरूले स्वतन्त्ररूपले आफ्ना कुरा संसद्मा राख्नसमेत नपाउने उनको दाबी छ। 

‘कुनै सांसद दलको नेतासँग नजिक छ भने उसलाई बोल्न दिइन्छ। नजिक छैन भने बोल्न पनि दिइँदैन। विगतमा मैले पनि यस्तो भोगेको छु र अहिले पनि यस्तै अवस्था छ’, उनी भन्छन्, ‘यो संसदीय व्यवस्थाभन्दा बढी दलीय व्यवस्था भयो। लोकतन्त्रभन्दा बढी दलतन्त्र भयो। यसले लोकतन्त्रको अर्थलाई समाप्त गर्दै गएको छ।’

शिर्षनेताको अनुमति बेगर सांसदले आफ्ना कुरा राख्न पाएनन्
व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्ने मामिलामा सत्तापक्ष र प्रतिपक्ष दुवै मिल्ने गरेको जिकिर पनि सांसद सिंहले गर्नुभयो । ‘संसदीय व्यवस्थामा सत्तासीन दल र प्रतिपक्ष दल हुन्छन्। तर हामीकहाँ भागबन्डा खोज्ने प्रवृत्तिले सत्तापक्ष र प्रतिपक्ष भन्ने नै देखिएन। संसदीय समितिदेखि नियुक्तिमा भागबन्डा छ। यसले संसदीय व्यवस्थालाई नै अवरुद्ध गरेको छ’, सांसद सिंह भन्छन्, ‘जबसम्म सत्तापक्ष र प्रतिपक्षका बिचमा स्पष्ट रेखा र सीमाङ्कन हुँदैन, तबसम्म संसदीय व्यवस्था बलियो हुन सक्दैन। तर हामीकहाँ को सत्तापक्ष र को प्रतिपक्ष भन्ने नै भएन।’

निर्णय मुख्य नेताको मात्र चल्छ
गत निर्वाचनपछिका दुई अधिवेशनमा निकै कममात्र विधेयक पारित भएपछि पछिल्लो समय सांसदहरूको विधायिका भूमिकामाथि पनि प्रश्न उठ्दै आएको छ। 

निकै कम विधेयक आउनुमा सरकारको पनि कमजोरी रहेको उनको बुझाइ छ। सरकारले संसद्लाई बिजनेस दिन नसक्ने र विधेयकहरू स्वार्थ प्रेरित बढी हुने गरेको सांसद सिंह बताउँछन्। ‘उदाहरणका लागि सरकारले निजामती सेवा विधेयक ल्याउनै सकिरहेको छैन। किनभने यो विधेयक सरकार र विभिन्न दलका ट्रेड युनियनको चेपुवामा परेको छ’, उनी भन्छन्, ‘विधेयकहरू पनि कुनै समूहबाट  प्रभावित हुन्छन्।’

संसदीय समितिदेखि नियुक्तिसम्ममा भागबन्डा छ
राज्यका अङ्गहरूबिच शक्ति सन्तुलन तथा शक्ति पृथकीकरणसमेत हुन नसकेको उनी बताउँछन्। ‘शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिच नियन्त्रण र सन्तुलन हुन्छ । तर शक्ति सन्तुलनको त्यो सिद्धान्तलाई नै लत्त्याइएको छ’, सिंह भन्छन्, ‘सरकार संसद्प्रति उत्तरदायी छैन। सरकार बनाउनसम्मका लागि मात्रै संसद्को प्रयोग हुन्छ। सरकारलाई हेर्ने ९वाचडग०, नियमन, नियन्त्रण गर्ने व्यवस्थापिकामा दलको छाया हाबी हुन्छ।’

राजनीतिमा जबाफदेहिताबिनाको उत्तरदायित्व ‘रेस्पोन्सबिलिटी विथाउट अकाउन्टबिलिटी’ हाबी हुनु पनि अर्को समस्या रहेको सांसद सिंहको बुझाई छ।

स्वार्थ प्रेरित विधेयकहरू  बढी ल्याइन्छ  
‘पैसा बाँडेर चुनाव जित्नेदेखि समानुपातिक सांसदका रूपमा संसद् छिर्नेहरू व्यापारी, व्यवसायी छन्। यसले वास्तविक राजनीतिज्ञलाई मूलधारमा आउनै दिएन’, सांसद सिंह भन्छन्,‘चाँडै धनी हुने पेसाका रूपमा राजनीतिलाई मान्न थालियो। यसमा परिवारका सदस्यलाई राजनीतिमा जसरी भए पनि स्थापित गर्नैपर्ने र नाम÷दाम पनि कमाउने भन्ने बुझाइ हाबी हुँदै गएको छ।’  

राजनीतिमा सदाचार, सादगीपन, देशप्रति निष्ठा र देशलाई अगाडि बढाउने एउटा भिजन तथा प्रतिबद्धता हुनुपर्नेमा नेताहरूले नै ती कुराको तिलाञ्जली दिएको उनको भनाइ छ।  

ट्रेड युनियनको चेपुवामा परेर सरकारले निजामती विधेयक ल्याउन सकेन
राजनीतिक दलहरूले संसद् मात्र नभई संसदीय समिति पनि कमजोर बनाएको सांसद सिंहको आरोप छ।  

‘सरकारलाई जिम्मेवार बनाउने जबाफदेही बनाउने काममा संसद् र संसदीय समितिहरू कमजोर हुँदै गएका छन्। दलहरूले समितिलाई जानाजान कमजोर बनाइरहेका छन्। किनभने समितिमा पनि दलको छाया देखियो’, उनी भन्छन्, ‘संसद्मा उठेका विषयमाथि विषयगत मन्त्रालयको मन्त्रीले जवाफ दिएको देखिँदैन। प्रश्न उठाउने कर्मकाण्डजस्तो मात्रै भयो।’

सांसद सिंहलाई वि.सं. २०१५ को तुलनामा २०४८ साल र २०४८ सालको तुलनामा २०५१ सालको संसद् कमजोर भएकोजस्तो लाग्छ।  

‘संसदीय व्यवस्था परिपक्व र मजबुत हुनुपर्नेमा कमजोर हुँदै गएको छ। यो विश्वव्यापी रूपमै देखिन थाल्यो’, उनी भन्छन्। अघिल्लो कार्यकालमा आफू राज्य व्यवस्था तथा सुशासन समितिमा रहँदा कुनै दल विशेषको स्वार्थका कारण डेढ वर्षसम्म समितिको बैठक चल्न नसकेको स्मरण गर्नुहुँदै सांसद सिंहले यस्तो प्रवृत्ति अहिले पनि कायमै रहेको बताए।  

प्रतिनिधिसभा निर्वाचनको एक वर्ष पूरा भयो। निर्वाचनका क्रममा जनतालाई देखाएका आशा पूरा गर्ने सन्दर्भमा आफू असफल भएको सांसद सिंहको बुझाइ छ। अरू सांसदहरूको तुलनामा आफूले केही बढी काम गरेको हुनसक्ने भए पनि त्यसलाई सन्तोषजनक मान्न नसकिने उनको भनाइ छ।  

‘जनताका आकाङ्क्षा पूरा गर्ने सवालमा म असफल हो। अरू सांसदभन्दा तुलनात्मक रूपमा केही राम्रो काम गरे हुँला, तर समग्रमा जनताले जे–जति पाउनुपर्ने हो, पाइरहेका छैनन्’, उनले भने।  

अहिलेको व्यवस्थामाथि देखिएको नागरिक निराशा कम गर्नका लागि र शासन प्रणालीलाई चुस्त बनाउनका लागि समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने, सांसदको सङ्ख्या कम गर्नुपर्ने, नेताको उमेर र शैक्षिक योग्यता तोक्नेलगायतका कदम आवश्यक रहेको बुझाइ सांसद सिंहको छ। त्यस्तै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई संसद् र सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिनुपर्ने उनको भनाइ छ।

‘नेपालमा संसदीय व्यवस्था र गणतन्त्रलाई उन्नत र राम्रो बनाउनका लागि यसलाई केही सुधार गर्न जरुरी छ । नेताका लागि महँगो गाडी चाहिने तर नागरिकलाई सेवा प्रवाहमा समेत समस्या हुने अवस्था देखियो । 

राजनीतिलाई सेवाभन्दा पेसाका रूपमा अङ्गीकार गर्न थालेपछि समस्या भएको छ । यसमा सुधार आवश्यक छ’, उनले भने।

(सांसदसँग रासस)
अर्को समाचार
डा.अमरेशकुमार सांसदको लोगो फुकालेर एनसेल खरिद बिक्री विरुद्धको मुद्दामा बहस गर्दै
२४ मंसिर २०८०
•
१ मिनेट पाठ
डा.अमरेशकुमार सांसदको लोगो फुकालेर एनसेल खरिद बिक्री विरुद्धको मुद्दामा बहस गर्दै
स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेल खरिद बिक्री विरुद्ध सर्वोच्चमा परेको मुद्दामा आफै बहस गर्ने भएका छन्। उक्त मुद्दाको पेशी आज छ।




उनले सांसदको लोगो फुकालेर ‘प्राक्टिसनर’का रूपमा बहस गर्न लागेको जानकारी दिएका छन्। यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा परेको छ। उनी अहिले आफ्नो पालो कुरेर बसेका छन्।

‘हो, म आफै बहस गर्न थालेको छु। सांसदको लागो फुकालेर’, डा. सिंहले  नागरिकन्यूजसँग भने।

उनले सांसदको रूपमा जनतालाई न्याय गर्न नसकिरहेको उल्लेख गर्दै भने, ‘जनताको पिडा र उनीहरूको आत्मामा लागेको चोट निको पार्न यो गर्न लागेको हुँ।’

डा.सिंहले सांसद भएर देशको रक्षा गर्न चुकिरहेको उल्लेख गर्दै भने, ‘एउटा नागरिकको कर्तव्य आफै पुरा गर्न लागेको हुँ।’ उनले आफूले ऐनसेल–अजिरयता खरिद बिक्रीसम्बन्धी सबै प्रमाणहरू अभिलेख गरिसकेको जानकारी पनि दिएका छन्।

मुलुकको कानुनी व्यवस्थाअनुसार छ वर्षपछि एनसेल स्वतः नेपाल सरकारको स्वामित्वमा जानुपर्ने हो।

तर, त्यसअघि नै शेयर किनबेच भएको छ। किनबेच अत्यन्तै अस्वाभाविक देखिएको छ। कम्पनीको वास्तविक मूल्यभन्दा निकै कम हुने गरी यति बेला किनबेच गर्नुको उद्देश्य प्रस्ट छ– देशलाई थप नोक्सानी गराउने। एनसेलमा यसअघि पटक पटक भएका किनबेचले पनि यस्तै विवाद गराएका छन्। त्यसैका आधारमा पुनः कर निर्धारण गर्ने र तिराउने प्रक्रिया पनि सुरु भएकै हुन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस