भेनेजुएला भूकम्प : १६४ जनाको मृत्यु, ७०० बढि घाइते
११ असार २०८३
•
१ मिनेट पाठ
भेनेजुएला भूकम्प : १६४ जनाको मृत्यु, ७०० बढि घाइते
भेनेजुएलामा लगातार गएको भूकम्पमा परी कम्तीमा १६४ जनाको मृत्यु भएको छ।




भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पमा परी १६४ जनाको मृत्यु भएको जानकारी दिएकी हुन्।

स्थानीय प्रशासनका अनुसार भग्नावशेषमा अझै केही मानिस फसेको आशंका गरिएको छ। त्यसैले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भूकम्पको केन्द्रविन्दु आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। विशेषगरी राजधानी काराकास र ला ग्वाइरा राज्यमा धेरै भवनहरू भत्किएका छन्।

काराकसमा भग्नावशेषमा पुरिएका मानिसहरुको उद्दार भइरहेको छ। अहिलेसम्म ७०० भन्दा बढि घाइतेको उद्दार गरिएको छ। घाइतेकोे संख्या बढ्न सक्ने आँकलन गरिएको छ।

भूकम्पले सडक, पुल, व्यापारिक भवन र आवासीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ।

राष्ट्रपति कार्यालयले नागरिकलाई शान्त रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै, थप परकम्प आउन सक्ने चेतावनी दिइएको छ।
अर्को समाचार
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु
११ असार २०८३
•
१ मिनेट पाठ
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु
दक्षिण अमेरिकी देश भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।




अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भूकम्पको केन्द्रविन्दु आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। विशेषगरी राजधानी काराकास र ला ग्वाइरा राज्यमा धेरै भवनहरू भत्किएका छन्।

भूकम्पको तीव्र कम्पनपछि मानिसहरू घरबाट बाहिर निस्किएका थिए भने धेरै स्थानमा विद्युत् सेवा र सञ्चार प्रणाली प्रभावित भएको जनाइएको छ। उद्धार टोलीहरू अहिले प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्।

स्थानीय प्रशासनका अनुसार भग्नावशेषमा अझै केही मानिस फसेको आशंका गरिएको छ। त्यसैले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

सरकारले प्रभावित क्षेत्रमा आपतकालीन उद्धार अभियान सुरु गरेको छ। अस्पतालहरूमा घाइतेहरूको उपचार भइरहेको छ भने अस्थायी शिविरहरू स्थापना गरेर विस्थापित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ।

भूकम्पले सडक, पुल, व्यापारिक भवन र आवासीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ।

राष्ट्रपति कार्यालयले नागरिकलाई शान्त रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै थप परकम्प आउन सक्ने चेतावनी दिइएको छ।

यस घटनापछि सम्पूर्ण भेनेजुएलाभर त्रासको अवस्था सिर्जना भएको छ भने अन्तर्राष्ट्रिय समुदायले समेत घटनाप्रति चासो व्यक्त गर्न थालेका छन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस