अमेरिका–इरानबीचको शान्ति प्रक्रियासम्बन्धी वार्ता स्थगित
०५ असार २०८३
•
३ मिनेट पाठ
अमेरिका–इरानबीचको शान्ति प्रक्रियासम्बन्धी वार्ता स्थगित
अमेरिका–इरान शान्ति प्रक्रियासम्बन्धी उच्चस्तरीय वार्ता पुनः अनिश्चित बनेको छ। मध्यपूर्वमा जारी तनाव व्यवस्थापन गर्ने उद्देश्यले तय गरिएको स्विट्जरल्यान्डको बैठक स्थगित भएको स्विस सरकारले जनाएको छ।




अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्यान्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगनको औपचारिक घोषणा गरिएको हो।

स्विस विदेश मन्त्रालयले एएफपीलाई पठाएको सूचनामा अमेरिका, इरान, कतार र पाकिस्तानबीच हुने भनिएको वार्ता हाललाई रोकिएको स्पष्ट गरिएको छ।

मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी कार्य जारी रहे पनि नयाँ मिति तय गरिएको छैन। स्विट्जरल्यान्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ।

यो वार्ता हालै सम्पन्न भनिएको सम्झौतापछि अगाडि बढ्ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द्व अन्त्य गर्ने, हर्मुज जलघाँटी पुनः सञ्चालनमा ल्याउने तथा तेहरानको आणविक कार्यक्रमलगायत विषयमा ६० दिनभित्र ठोस सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो।

ह्वाइट हाउसले भान्सको यात्रा रद्द गर्दै वार्ता स्थगन गरिएको पुष्टि गरेको छ। अमेरिकी प्रशासनका अनुसार कूटनीतिक प्रक्रिया जटिल र अस्थिर भएकाले समयतालिका बारम्बार परिवर्तन भइरहेका छन्। तर प्राविधिक तहका छलफल छिट्टै सुरु गर्ने तयारी भइरहेको छ।

इरानतर्फ तस्निम समाचार एजेन्सीले इरानी प्रतिनिधिमण्डलको स्विट्जरल्यान्ड भ्रमणबारे कुनै आधिकारिक पुष्टि नभएको जनाएको छ। यसले दुवै पक्षबीच औपचारिक संवाद अघि बढे पनि कार्यान्वयन चरण अझै अनिश्चित रहेको देखाएको छ।

समाचार अनुसार उक्त सम्झौतामा अमेरिका र इरानका शीर्ष नेतृत्वबीच छुट्टाछुट्टै हस्ताक्षर भएको दाबी गरिएको छ। जसलाई लिएर विभिन्न राजनीतिक प्रतिक्रिया आएका छन्।

इरानका सर्वोच्च नेताका रूपमा उल्लेख गरिएका अयातुल्ला मोजताबा खमेनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रहितका कारण सम्झौतालाई अनुमोदन गरेको बताए। यद्यपि ती दाबीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।

इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले सम्झौताको उल्लङ्घन भए ‘निर्णायक जवाफ’ दिने चेतावनी दिए। यता अमेरिकी सेनाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाएको बताइएको छ भने आफ्ना युद्धपोतहरू क्षेत्रमै रहने जनाएको छ।

ऊर्जा तथा रणनीतिक दृष्टिले महत्त्वपूर्ण हर्मुज जलघाँटीमा गतिविधि पुनः सुरु हुन थालेको सङ्केत देखिएको छ। केही तेल ट्याङ्कर र तरल प्राकृतिक ग्यास बोकेका जहाजहरूले जलमार्ग प्रयोग गरेको रिपोर्ट आएको छ। इरानले भने जहाज आवागमनका लागि नयाँ अनुमति प्रणाली लागू गरेको छ, जसअनुसार ६० दिनसम्म शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार इरानमाथिका तेल प्रतिबन्ध हटाइने र आणविक कार्यक्रमसम्बन्धी अन्तिम सहमतिपछि पुनर्निर्माणका लागि ठूलो आर्थिक सहायता परिचालन हुने उल्लेख गरिएको छ। तर ती प्रावधानहरूको कार्यान्वयन र राजनीतिक सहमतिबारे अझै स्पष्टता आएको छैन।

यसैबीच, लेबनानमा इजरायल र हिजबुल्लाहबीच तनाव पुनः बढेको छ । हिजबुल्लाहले आफ्ना लडाकूहरूले इजरायली ट्याङ्कमा आक्रमण गरेको दाबी गरे पनि इजरायलले त्यसको पुष्टि गरेको छैन। दुवै पक्षबीच सीमावर्ती क्षेत्रमा आक्रमण–प्रत्याक्रमण जारी रहेको बताइएको छ।
अर्को समाचार
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
१६ मिनेट अघि
•
१ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
काठमाडौं। अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।




स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ५ः१० बजे उक्त घटना भएको हो। त्यसबेला दुवै विमान उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेका थिए। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले घटनाबारे जानकारी दिएको हो।

अमेरिकन एयरलाइन्सका अनुसार एउटा विमानको पखेटा अर्को विमानसँग ठोक्किएको थियो। घटनामा कोही पनि घाइते भएको खबर छैन।

एफएएले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ।

एयरलाइन्सका अनुसार ठक्करपछि दुवै विमानलाई पुनः गेटमा फर्काइएको थियो। प्राविधिक टोलीबाट जाँच गराउन दुवै विमानलाई तत्कालका लागि सेवाबाट हटाइएको छ।

एफएएका अनुसार उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेको अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ को पखेटा फ्लाइट २१५२ को पखेटासँग ठोक्किएको थियो।

यो घटना त्यही विमानस्थलमा भएको हो, जहाँ सन् २०२५ को जनवरीमा यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकोप्टर आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा ६७ जनाको मृत्यु भएको थियो।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस