भारतमा टेस्लाको पहिलो शोरूम मुम्बईको बान्द्रा-कुर्ला कम्प्लेक्समा खुलेको छ। हाल भारतमा मोडेल वाई कार मात्र बिक्री हुने जनाइएको छ।
त्यसको मूल्य ६० लाख भारतीय रुपैयाँबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ। यो अमेरिकाको भन्दा २८ लाख रुपैयाँ बढी भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। टेस्ला शोरूम को उद्घाटन समारोहमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस पुगेका थिए।
यो स्टोरले आम मानिसका लागि अनुभव केन्द्रको रूपमा काम गर्नेछ। त्यहाँ सवारी साधन बिक्रीसँगै टेस्लाको प्रविधि र सुविधालाई नजिकबाट हेर्न मौका पाउने छन्। हाल भारतमा मोडेल वाई मात्र सुरु गरिएको छ।
यो गाडी चीनबाट आयात गरिएको हो। भारतमा आयात शुल्क पछिको मूल्य ६० लाख भारतीय रुपैयाँ छ। कम्पनीले स्थानीय उत्पादन थालेमा भारतमा टेस्लाले मूल्य घटाउन सक्छ। यद्यपि टेस्लाले अझै आफ्नो उत्पादन योजनाबारे कुनै जानकारी दिएको छैन।
टेस्लाले आज (१५ जुलाई) बाट मोडेल वाई अर्डर गर्न सकिने जानकारी गराएको छ। यो दुई भेरियन्टमा लन्च गरिएको छ। यसको सुरुवाती मूल्य ६० लाख रुपैयाँ छ। दोस्रो भेरियन्टको मूल्य ६७ लाख ८९ हजार रुपैयाँ छ। कारको डेलिभरी अक्टोबरबाट सुरु हुने जनाइएको छ।