बेबी पाउडर विवाद : जोनसनले ५.५ अर्ब डलर तिर्ने
१२ साउन २०८३
•
२ मिनेट पाठ
बेबी पाउडर विवाद : जोनसनले ५.५ अर्ब डलर तिर्ने
जोनसन एण्ड जोनसन (जे एण्ड जे) ले अमेरिकामा आफ्नो बेबी पाउडर र ट्याल्कम युक्त अन्य उत्पादनहरूले पाठेघरको क्यान्सर निम्त्याउँछ भन्ने आरोप लगाइएको मुद्दाहरू समाधान गर्न ५.५ अर्ब डलर  तिर्न प्रस्ताव गरेको छ।




प्रस्तावित सम्झौताले वर्षौंदेखि न्यु जर्सीमा रहेको स्वास्थ्य सेवा दिग्गजमाथि भार पारेको लामो समयदेखि चलिरहेको कानुनी लडाईंलाई अन्त्य गर्ने लक्ष्य राखेको छ।

जे एण्ड जेले आफ्नो ट्याल्क–आधारित उत्पादनहरूले क्यान्सर निम्त्याउने कुरा अस्वीकार गरेको छ र यसको व्यापक रूपमा प्रयोग हुने बेबी पाउडरको सूत्र परिवर्तन गरेको छ।

फर्मका मुद्दा हेर्ने उपाध्यक्ष एरिक हासले सोमबार आरोपहरू ‘निरर्थक’ छन् र अन्ततः मुद्दा समाधान गर्न सम्झौता गर्न कम्पनी इच्छुक रहेको बताए।

जे एण्ड जेले यो सम्झौताले लगभग ७६,००० मुद्दाहरूलाई समेट्ने बताएको छ। जसमध्ये धेरैजसो बाँकी ट्याल्क सम्बन्धित दावीहरू रहेका छन्। फर्मले अर्को वर्ष ३ अर्ब डलरसम्म प्रस्ताव गर्ने र २०२८ अघि कुनै अतिरिक्त भुक्तानी बाँकी नराख्ने बताएको छ।

यो प्रस्तावलाई अन्तिम रूप दिनु अघि राज्य र संघीय अदालतहरूमा ९५ प्रतिशत डिम्बग्रंथि क्यान्सर दावीहरूको प्रतिनिधित्व गर्ने कानुनी फर्महरूले स्वीकार गर्नुपर्ने बताएको छ।

हासले एक विज्ञप्ति जारी गर्दै कम्पनी यो ‘अन्ततः थप मुद्दामा विजयी’ हुनेछ विश्वस्त व्यक्त गरे। उनले भने, ‘प्रस्तावित प्रस्तावले ‘कम्पनीलाई यो विषयलाई पछाडि राख्न अनुमति दिन्छ’ र जे एण्ड जेलाई ‘जीवन बचाउने औषधि र उपकरणहरू विकास गर्ने आफ्नो लक्ष्यमा केन्द्रित रहन’ सक्षम बनाउँछ।’

यसैबीच, जे एण्ड जेबाट २०२२ मा अलग भएको उपभोक्ता स्वास्थ्य कम्पनी केन्भ्यूले उत्तर अमेरिका बाहिर बिक्री भएका जोनसनको बेबी पाउडरसँग सम्बन्धित दायित्व सम्हाल्नेछ। केन्भ्यूसँग ब्यान्ड–एड, लिस्टरिन र क्याल्पोल जस्ता चर्चित ब्रान्डहरू रहेका छन्।

जोनसन एण्ड जोनसनविरुद्ध ट्याल्कयुक्त बेबी पाउडरका कारण क्यान्सर भएको भन्दै २००९ देखि मुद्दा दायर हुन थालेका थिए। वादीहरूले ट्याल्क उत्पादनहरू एस्बेस्टोसबाट दूषित भएकाले क्यान्सर भएको दाबी गर्दै आएका छन्।

ट्याल्क प्राकृतिक रूपमा पाइने खनिज हो, तर यो कहिलेकाहीँ एस्बेस्टोस नजिकैको तहबाट निकालिने भएकाले दूषित हुने जोखिम रहने बताइएको छ। एस्बेस्टोसलाई क्यान्सर निम्त्याउने पदार्थका रूपमा चिनिन्छ।

यद्यपि, जे एण्ड जेले आफ्ना उत्पादनमा एस्बेस्टोस नभएको र वैज्ञानिक अध्ययनहरूले ट्याल्क सुरक्षित रहेको देखाएको दाबी दोहोर्याएको छ।

कम्पनीले २०२२ मा विश्वभर ट्याल्कयुक्त बेबी पाउडर उत्पादन र बिक्री बन्द गरी कर्नस्टार्च–आधारित बेबी पाउडर मात्र उत्पादन गर्ने व्यावसायिक निर्णय गरेको थियो।
अर्को समाचार
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
३८ मिनेट अघि
•
१ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
लिमा। पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्। पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।




अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ।'

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो। ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो। एएफपी
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस