इरान–अमेरिका सम्झौता अन्योलमा
२९ जेष्ठ २०८३
•
२ मिनेट पाठ
इरान–अमेरिका सम्झौता अन्योलमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन सक्ने दाबी गर्दै सैन्य आक्रमणको धम्की स्थगित गरिएको बताए पनि तेहरानले भने कुनै अन्तिम निर्णयमा नपुगेको स्पष्ट पारेको छ।




मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने भनिएको सम्भावित सम्झौताबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्।

तेहरानस्थित विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले शुक्रबार वार्ता जारी रहे पनि सम्झौतामा अन्तिम निष्कर्षमा नपुगेको बताए।

उनका अनुसार अधिकांश विषयमा सहमति नजिक पुगे पनि अमेरिकी पक्षले नयाँ माग राखेपछि प्रक्रिया अवरुद्ध भएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता ‘उच्च राजनीतिक तहमा स्वीकृत’ भइसकेको दाबी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बमबारी रोकिएको घोषणा गरे।

उनले हस्ताक्षरको समय र स्थान चाँडै सार्वजनिक गरिने बताउँदै वार्ता सकारात्मक दिशामा अघि बढिरहेको सङ्केत गरे। ट्रम्पका अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा तत्काल प्रभाव देखिएको छ, जसअनुसार सेयर बजारमा वृद्धि र तेलको मूल्यमा गिरावट आएको छ।

सम्भावित सम्झौतामा अमेरिका र क्षेत्रीय सहयोगीहरू, विशेषगरी इजरायल समेत सहभागी रहेको ट्रम्पको दाबी छ। उनका अनुसार वार्ताका मुख्य बुँदा र विस्तृत रूपरेखा सबै पक्षबाट स्वीकृत भइसकेका छन्।

तर इरानले उक्त दाबी अस्वीकार गर्दै सम्झौता अझै टुङ्गोमा नपुगेको स्पष्ट पारेको छ। तेहरानले अमेरिकी पक्षले बारम्बार अडान परिवर्तन गर्ने गरेको आरोप लगाउँदै वार्ता जटिल बन्दै गएको जनाएको छ।

इरानी सञ्चारमाध्यमले ट्रम्पले पछिल्ला महिनामा दर्जनौँ पटक सम्झौता नजिक पुगेको दाबी दोहोर्याएको उल्लेख गर्दै त्यसप्रति शङ्का व्यक्त गरेका छन्।

यसैबीच राष्ट्रपति ट्रम्पले इरानी सर्वोच्च नेतृत्वले सम्झौता स्वीकार गरेको जस्तो आफूले बुझ्ने बताए। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छलफल भएको उल्लेख गर्दै सम्झौतामा इरानको समृद्ध आणविक सामग्री हटाउने र मिसाइल पूर्वाधार निष्क्रिय गर्ने विषय समावेश हुने बताए।

क्षेत्रीय कूटनीतिक प्रयास पनि तीव्र बनेको छ। पाकिस्तान र कतारको मध्यस्थतामा ब्याक–च्यानल वार्ता अघि बढिरहेको बताइएको छ भने इजिप्टले पनि दुवै पक्षलाई उपलब्ध अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।

फेब्रुअरी २८ मा इरानमाथि भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि सुरु भएको भनिएको युद्ध अप्रिलको युद्धविरामपछि रोकिएको भए पनि स्थायी समाधान अझै नदेखिएको अवस्थामा पछिल्लो कूटनीतिक पहल आएको हो।

तेहरानमा भने नागरिकहरू युद्ध र आर्थिक दबाबले निराश बनेका छन्। एक स्थानीय ३५ वर्षीय फार्मासिस्ट माजिदले दुई देशबीचको दूरी अझै ठूलो भएकाले तत्काल सम्झौतामा विश्वास गर्न नसकिने बताए।

यता इरानी सैन्य नेतृत्वले अमेरिकाले पुनः आक्रमण गरे कडा प्रतिकार हुने चेतावनी दिएको छ। साथै इरानले हर्मुज जलमार्गमा निगरानी कडा बनाउँदै तेल तथा ग्यास ढुवानी मार्ग ‘अर्को सूचना नआउन्जेल’ सीमित गरिएको जनाएको छ, जसले विश्व ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ।

ट्रम्पको आशावादी दाबी र तेहरानको अस्वीकारबीच मध्यपूर्वको कूटनीतिक वातावरण अझै अनिश्चित बनेको छ।
अर्को समाचार
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
१३ मिनेट अघि
•
१ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
लिमा। पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्। पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।




अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ।'

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो। ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो। एएफपी
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस