ट्रम्पको ८०औँ जन्मदिनमा हुन लागेको ‘केज फाइट’ विवादमा
२९ जेष्ठ २०८३
•
३ मिनेट पाठ
ट्रम्पको ८०औँ जन्मदिनमा हुन लागेको ‘केज फाइट’ विवादमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ८०औँ जन्मदिनलाई केन्द्रमा राखेर ह्वाइट हाउसको साउथ लनमा आयोजना गरिएको विशाल युएफसी केज फाइट कार्यक्रमले अमेरिकी राजनीति र सार्वजनिक खर्चबारे तीव्र बहस जन्माएको छ।




‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यो कार्यक्रमलाई समर्थकहरूले उत्सव र स्वतन्त्रताको प्रदर्शनका रूपमा व्याख्या गरे पनि आलोचकहरूले यसलाई असंवेदनशील र विवादास्पद कदम भनेका छन्।

आइतबार हुने भनिएको उक्त कार्यक्रमका लागि ह्वाइट हाउसको साउथ लनमा ‘द क्लाउ’ नामक विशाल पिँजडा अखाडा निर्माण गरिएको छ र त्यहाँ १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) खेलाडीहरूबीच केज फाइट प्रतिस्पर्धा हुनेछ।

रक्तपातपूर्ण शैलीका लडाइँलाई केन्द्रमा राखिएको यो प्रतियोगिता अमेरिकी राष्ट्रपति कार्यालयको इतिहासमै असाधारण मानिएको छ।

करिब छ करोड अमेरिकी डलर लागत अनुमान गरिएको कार्यक्रमलाई लिएर सार्वजनिक आलोचना चर्किएको छ।

आलोचकहरूले युद्ध तथा आर्थिक चुनौतीका बीच यस्तो खर्चिलो र माचो शैलीको कार्यक्रम उपयुक्त नभएको टिप्पणी गरेका छन्।

तर राष्ट्रपति ट्रम्पले यसलाई अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव सुरु गर्ने अवसरका रूपमा व्याख्या गरेका छन् र कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले व्यहोर्ने दाबी गरेका छन्।

राष्ट्रपति ट्रम्पले न्युयोर्क पोस्टसँगको कुराकानीमा लडाकू खेलाडीहरूको प्रशंसा गर्दै उनीहरूलाई ‘सबैभन्दा कठोर व्यक्तिहरू’ का रूपमा वर्णन गरे। उनका अनुसार यस्तो कार्यक्रमले अमेरिकी खेल र शक्ति प्रदर्शनको नयाँ रूप देखाउनेछ।

कार्यक्रममा इन्टरनेसनल मिक्स्ड मार्सल आर्ट (एमएमए) को प्रभावशाली उपस्थिति रहने अपेक्षा गरिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि युएफसीसँगको सहकार्यलाई स्वागत गर्दै यसलाई ‘अमेरिकी जनताका लागि उपहार’ भनेका छन्। उनका अनुसार यो कार्यक्रम विश्वभर करिब एक अर्ब दर्शकले हेर्न सक्ने सम्भावना छ।

कार्यक्रमका आयोजक डाना ह्वाइटका अनुसार करिब चार हजार दर्शकले प्रत्यक्ष रूपमा ह्वाइट हाउस परिसरभित्र खेल हेर्नेछन्। तीमध्ये आधाभन्दा बढी अमेरिकी सेनाका सदस्य हुनेछन्।

थप एक लाख २५ हजार दर्शकले ह्वाइट हाउस बाहिरको एलिप्स क्षेत्रमा राखिने विशाल स्क्रिनमार्फत खेल अवलोकन गर्ने अनुमान गरिएको छ।

निर्माण गरिएको ‘द क्लाउ’ संरचना ६०० टनभन्दा बढी तौल र करिब १५४ फिट चौडाइ तथा ९२ फिट उचाइको रहेको बताइएको छ। यो ह्वाइट हाउस भवनभन्दा पनि अग्लो संरचना हो।

ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिने साउथ लनमा यस्तो संरचना निर्माण हुनु पनि विवादको अर्को कारण बनेको छ।

यो कार्यक्रमले ह्वाइट हाउसको दुई शताब्दीभन्दा लामो इतिहासमा नयाँ र असामान्य अध्याय थप्ने देखिएको छ। विश्लेषकहरूका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक शैलीअनुसार मनोरञ्जन, शक्ति प्रदर्शन र लोकप्रियतामूलक कार्यक्रमलाई राज्य संयन्त्रसँग जोड्दै अघि बढाइरहेका छन्।

तर कार्यक्रमविरुद्ध कानूनी चुनौती पनि दायर भएको छ। सार्वजनिक भूमिको दुरुपयोग गरी राष्ट्रपतिको निकट सहयोगीहरूलाई फाइदा पुर्याउने प्रयास भएको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ। ह्वाइट हाउसले भने सबै आरोप अस्वीकार गरेको छ।

ट्रम्पले यस कार्यक्रमलाई अमेरिकाको स्वतन्त्रता दिवसको २५०औँ वार्षिकोत्सवको सुरुवातका रूपमा प्रस्तुत गर्दै यसलाई ऐतिहासिक क्षणको रूपमा व्याख्या गरेका छन्। कार्यक्रमपछि संरचना हटाइने योजना रहेको पनि अधिकारीहरूले स्पष्ट पारेका छन्।
अर्को समाचार
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
१३ मिनेट अघि
•
१ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
लिमा। पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्। पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।




अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ।'

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो। ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो। एएफपी
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
यो पनि पढौँ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस