बर्नह्यामको जितले प्रधानमन्त्री स्टारमरमाथि दबाब
०५ असार २०८३
•
३ मिनेट पाठ
बर्नह्यामको जितले प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतको सत्तारूढ लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामले महत्त्वपूर्ण उपनिर्वाचन जित्दै संसद्मा पुनरागमन गरेका छन्। उनको जितलाई सङ्कटमा परेका प्रधानमन्त्री किर स्टार्मरमाथि थप राजनीतिक दबाब सिर्जना गर्ने घटनाका रूपमा हेरिएको छ।




सन् २०१७ देखि ग्रेटर म्यानचेस्टरका मेयर रहँदै आएका ५६ वर्षीय बर्नह्यामले उत्तरपश्चिम इङ्ग्ल्यान्डको मेकरफिल्ड निर्वाचन क्षेत्रमा दक्षिणपन्थी रिफर्म युकेका उम्मेदवार रोबर्ट केन्यनलाई सहज रूपमा पराजित गरे।

उनले करिब ५५ प्रतिशत मत प्राप्त गर्दै नौ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन्। ऐतिहासिक रूपमा उच्च मानिएको ५९ प्रतिशत मतदान भएको उक्त निर्वाचनलाई लेबर पार्टीको भावी नेतृत्वसँग जोडेर हेरिएको थियो।

विजयपछि बर्नह्यामले आफ्नो पार्टीलाई परिवर्तनको अन्तिम अवसर रहेको सन्देश दिँदै अब सही निर्णय लिनुपर्ने बताए। उनले आफ्नो जित देशको राजनीतिक दिशाका लागि निर्णायक मोड बन्न सक्ने धारणा पनि व्यक्त गरे।

जुलाई २०२४ देखि प्रधानमन्त्री रहेका किर स्टार्मर हाल पार्टीभित्र र बाहिर दुवैतर्फबाट बढ्दो दबाबमा छन्। गत महिना इङ्ग्ल्यान्ड, स्कटल्याण्ड र वेल्समा सम्पन्न निर्वाचनमा लेबरले निराशाजनक नतिजा बेहोरेपछि उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेका हुन्।

विभिन्न नीतिगत यु–टर्न, विवाद तथा वरिष्ठ नेताहरूको असन्तुष्टिले उनको राजनीतिक हैसियत थप कमजोर बनाएको विश्लेषण गरिँदै आएको छ।

दर्जनौँ लेबर सांसदहरूले स्टार्मरलाई पद छोड्न आग्रह गरिसकेका छन् भने केही मन्त्रीहरूले राजीनामा दिएका छन्। यद्यपि स्टार्मरले आफू पद नछोड्ने स्पष्ट गर्दै आमनिर्वाचनमा प्राप्त जनादेशअनुसार पूरा कार्यकाल शासन गर्ने अडान कायम राखेका छन्।

मेकरफिल्ड उपनिर्वाचनलाई सामान्य निर्वाचनभन्दा बढी महत्त्वका साथ हेरिएको थियो। सत्तारूढ दलभित्र बढ्दो असन्तुष्टिका बीच पूर्व लेबर सांसद जोश साइमन्सले आफ्नो स्थान खाली गरेपछि बर्नह्यामलाई संसद्मा फर्कने अवसर मिलेको थियो। यसले करिब ७७ हजार मतदाता रहेको उक्त निर्वाचन क्षेत्रलाई राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनाएको थियो।

लगातार तीन पटक ग्रेटर म्यानचेस्टरको मेयर निर्वाचित हुनुभएका बर्नह्यामलाई ‘उत्तरका राजा’ उपनामले समेत चिनिन्छ। सर्वेक्षणहरूले उनी लेबर पार्टीका सबैभन्दा लोकप्रिय नेतामध्ये एक रहेको र प्रत्यक्ष प्रतिस्पर्धा भए स्टार्मरलाई चुनौती दिन सक्ने सम्भावना देखाएका छन्।

बिहीबार भएको मतदानलाई बर्नह्यामले निगेल फराज नेतृत्वको रिफर्म युकेलाई रोक्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने परीक्षणका रूपमा पनि लिइएको थियो।

मुख्यतः मजदुर वर्ग र श्वेत समुदायको बाहुल्य रहेको क्षेत्र रिफर्म युकेका लागि अनुकूल मानिए पनि उम्मेदवार केन्यनका पुराना विवादास्पद अभिव्यक्तिहरूले पार्टीलाई असर गरेको विश्लेषण गरिएको छ। साथै रिस्टोर ब्रिटेन पार्टीको उपस्थितिले दक्षिणपन्थी मत विभाजित भएको मानिएको छ।

बर्नह्यामको जितसँगै लेबरभित्र नेतृत्व परिवर्तनको चर्चा झन् तीव्र बनेको छ। पार्टी नियमअनुसार नेतृत्वको दाबेदार सांसद हुनुपर्ने भएकाले संसद्मा उनको पुनरागमनलाई निर्णायक मानिएको छ। उनले सोमबार सांसदका रूपमा शपथ लिनेछन् र त्यसपछि नेतृत्व प्रतिस्पर्धामा प्रवेश गर्ने सम्भावना बलियो देखिएको छ।

नेतृत्व चुनौती औपचारिक रूपमा सुरु गर्न आवश्यक सांसदहरूको समर्थन जुटाउन बर्नह्यामलाई कठिन नहुने विश्लेषकहरूको भनाइ छ। लेबरका ४०० भन्दा बढी सांसदहरूमध्ये आवश्यक न्यूनतम ८१ जनाको समर्थन उनले सहजै प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।

यसैबीच, लेबरका दक्षिणपन्थी धारका पूर्व स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्री स्टार्मरलाई आफ्नो भविष्यबारे सोच्न केही समय दिनुपर्ने बताए। उनले नेतृत्व प्रतिस्पर्धामा सहभागी हुने सम्भावना खुला राखे पनि पार्टीभित्र विभाजन बढ्न नदिन सहमतिमै समाधान खोज्नुपर्ने सङ्केत दिए।

यद्यपि मतदान विशेषज्ञ जोन कर्टिसले बर्नह्यामको विजयलाई अत्यधिक अर्थ नलगाउन चेतावनी दिए। उनका अनुसार यो नतिजाले लेबर पार्टीको राष्ट्रिय लोकप्रियतामा तत्काल नाटकीय सुधार ल्याउने निष्कर्ष निकाल्नु हतारो हुनेछ। तर उपनिर्वाचनको परिणामले पार्टीभित्र नेतृत्वको बहसलाई नयाँ गति दिएको र आगामी केही सातामा ब्रिटिश राजनीतिले महत्त्वपूर्ण मोड लिन सक्ने सङ्केत भने स्पष्ट रूपमा दिएको छ।
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
१ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस