अहमदाबाद विमान दुर्घटना : दुवै इन्जिन बन्द भएको खुलासा, १५ पृष्ठको प्रतिवेदनमा के छ?
२८ असार २०८२
•
२ मिनेट पाठ
अहमदाबाद विमान दुर्घटना : दुवै इन्जिन बन्द भएको खुलासा, १५ पृष्ठको प्रतिवेदनमा के छ?
गत जुन १२ मा भएको अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले चकित पार्ने तथ्य बाहिर ल्याएको छ। विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले जुलाई १२ मा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गर्दै दुर्घटनाको मुख्य कारण विमानको दुवै इन्जिन बन्द हुनु रहेको खुलासा गरेको छ। 




जुन १२ मा एयर इन्डियाको उडान एआई १७१ अहमदाबादबाट लन्डनका लागि उडेको केही सेकेन्डमै मेडिकल होस्टेल भवनमा ठोक्किएको थियो। यो दुर्घटनामा २७० जनाको मृत्यु भएको थियो। विमानमा यात्रु र चालक दलका सदस्यसहित २४२ जना सवार थिए। एकजना बेलायती नागरिक विश्वास कुमार रमेश मात्र जीवित बाँचे। विमान मेघानी नगर नामक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा जमिनमा रहेका १९ जनाको पनि मृत्यु भएको थियो। 

प्रतिवेदनअनुसार विमान उडान भरेको ३२ सेकेन्डमै दुवै इन्जिन बन्द भए। इन्धन कटअफ स्विचहरू एक सेकेन्डको अन्तरमा ‘रन’ बाट ‘कटअफ’ स्थितिमा पुगे, जसले इन्जिनमा इन्धन आपूर्ति बन्द गरायो। ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कोलाई सोधेको सुनिन्छ, ‘तिमीले इन्जिन किन बन्द गर्यौ?’ जवाफमा अर्को पाइलटले भन्छन्, ‘मैले गरिन।’ 

पाइलटले इन्जिन पुनः सुरु गर्ने प्रयास गरे। इन्जिन १ केही हदसम्म चालु भए पनि इन्जिन २ सुरु हुन सकेन। विमानले १९० मिटर (६२५ फिट) को उचाइमा अन्तिम संकेत पठायो र पाइलटले ‘मेडे’ सन्देश पठाए, त्यसपछि सम्पर्क टुट्यो। 

अनुसन्धानले इन्धनमा कुनै समस्या नभएको पुष्टि गरेको छ। मौसम सफा थियो, दृश्यता राम्रो थियो, र चरा ठोक्किने कुनै घटना पनि भएन। दुवै पाइलट स्वस्थ थिए, जसमा क्याप्टेनसँग ८ हजार २०० घण्टा र सह-पाइलटसँग १ हजार १०० घण्टा उडान अनुभव थियो। 

इन्जिन बन्द भएपछि विमानको र्‍याम एयर टर्बाइन (आरएटी) स्वचालित रूपमा सक्रिय भयो। यो उपकरणले आपतकालीन बिजुली र हाइड्रोलिक पावर प्रदान गर्छ। तर विमानलाई दुर्घटनाबाट जोगाउन पर्याप्त भएन। 

एयर इन्डियाले दुर्घटनामा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ। कम्पनीले प्रतिवेदनको विवरणमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

प्रतिवेदनले प्राविधिक गडबडी वा मानवीय त्रुटिको सम्भावनालाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन। इन्धन कटअफ स्विच कसरी ‘कटअफ’ स्थितिमा पुग्यो भन्ने रहस्य बाँकी छ। बोइङ ड्रीमलाइनर ७८७ वा यसको जीई जिनएक्स-१बी इन्जिनका सञ्चालकलाई हालसम्म कुनै सल्लाह जारी गरिएको छैन। 

यो प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको कारणबारे केही स्पष्ट पारे पनि तर धेरै प्रश्नहरू अझै बाँकी छन्। के यो प्राविधिक गडबडी थियो? के यो सफ्टवेयर समस्या थियो? के यो मानवीय त्रुटि थियो? एजेन्सी
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस