महारानी एलिजाबेथकाे पार्थिव शरीर लण्डन ल्याइँदै
२६ भदौ २०७९
•
२ मिनेट पाठ
महारानी एलिजाबेथकाे पार्थिव शरीर लण्डन ल्याइँदै
बिहीबार दिवङ्गत भएकी महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर उनको प्रिय बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज यहाँ ल्याइँदै छ।




महारानीले विश्राम गर्ने ग्रीष्मकालीन दरबारबाट छ जनाले कटुसको काठबाट बनाइएको ‘कफिन’मा उनको अन्तिम यात्रा प्रारम्भ गर्नेछन्। बालमोरल दरबारबाट दुई सय ८० किलोमिटर लामो यात्रापछि महारानीको शव इडिनबरा राजप्रासाद पुर्‍याइने छ। शवयात्राको मार्गमा पुष्पहारसहितका बेलाइतवासीले आफ्नी रानीलाई पङ्तिबद्ध भएर श्रद्धाञ्जलि अर्पण गर्ने अपेक्षा गरिएको छ।

आइतबार बिहान बालमोरल दरबारको मुख्यद्वारमा महारानीको हातले बनाइएको तस्बिर, एउटा सानो भालु खेलौना र फूलको थुप्रोले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो। महारानीका ज्येष्ठ सुपुत्र चाल्र्स तृतीयलाई औपचारिकरूपमा राजा घोषणा गरिएको भोलिपल्ट उनको लण्डनतर्फको शवयात्रा प्रारम्भ हुन लागेको हो।

शुक्रबार नवनरेश चाल्र्सले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता व्यक्त गर्दै राष्ट्रका नाममा गरेको सम्बोधनमा बेलायतको महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगतलाई अवगत भएको र त्यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए।

आज उनलाई संयुक्त अधिराज्यका अन्य राष्ट्र स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको राजा घोषणा गरिँदै छ। मातृवियोगमा रहेका नवनरेश चाल्र्सले शुक्रबारदेखि नै राजकीय कर्तव्यहरू निर्वाह गर्न थालेका छन्। उनले बकिङघम राजाप्रासादमा प्रधानमन्त्री मेरी एलिजाबेथ ट्रस, राष्ट्रमण्डलका महासचिवलगायत राज्य सञ्चालनका सहयोगीहरूसँग भेटवार्ता गरेका छन्।

सोमबार महारानीको पार्थिव शरीर होलिरूड हाउसबाट सेन्ट गिल्स गिर्जाघर पुर्‍याइने छ। मङ्गबारसम्म त्यहीँ राखेपछि विमानबाट उनको शव लण्डन ल्याइनेछ। बुधबार बकिङघम राजप्रासदबाट शव संसद् भवनमा लगिने छ। असोज ३ गते वेस्टमिनिस्टर गिर्जाघरमा समाधिस्थ नगरेसम्म महारानीको पार्थिव शरीर त्यही रहनेछ।

शोकाकुल हासउ अफ विन्डसरमा शनिबार खुशीका केही सङ्केत पनि देखिए। राजकुमार विलियम उनका भाइ ह्यारीको पत्निहरूसहितको संयुक्त उपस्थितिले राजपरिवारबीचको सम्भावित मेलमिलापलाई बेलाइतवासीले हर्ष र आश्चर्यका साथ प्रतीक्षा गरिरहेका छन्। 
अर्को समाचार
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
११ मिनेट अघि
•
१ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
काठमाडौं। अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। त्यस्तै, २ हजार ५०० भन्दा बढी हवाई उडान ढिला भएका छन् भने ४५० भन्दा बढी उडान रद्द गर्नुपरेको छ।




मौसम विभागले समुद्रको जलस्तर पछिल्लो १४ वर्षयताकै उच्च विन्दुमा पुग्न सक्ने चेतावनी दिएको छ। यसले न्यूयोर्क, न्यू जर्सी र फिलाडेल्फियालगायतका तटीय क्षेत्रमा बाढीको जोखिम बढाएको छ।

अमेरिकाको पूर्वी तटतर्फ अघि बढिरहेको यस आँधीलाई ‘नोरइस्टर’ भनिन्छ। यो आँधी तीव्र हावा, भारी वर्षा र समुद्रमा उठ्ने विशाल छालका लागि परिचित छ।

थ्याङ्क्सगिभिङका लागि यात्रा गर्ने यात्रु प्रभावित

खराब मौसमका कारण लाखौँ मानिसको यात्रा प्रभावित भएको छ। थ्याङ्क्सगिभिङ अमेरिकाको प्रमुख चाड हो। यस अवसरमा मानिसहरू परिवार र साथीभाइसँग समय बिताउन विभिन्न सहरमा यात्रा गर्छन्। यस्तो समयमा हवाई उडान ढिला हुँदा यात्रुहरूको सास्ती बढेको छ।

खराब मौसमको असर हवाई यात्रामा मात्रै सीमित छैन, चाडपर्वका कार्यक्रमसमेत प्रभावित भएका छन्। न्यूयोर्कमा आयोजना हुने चर्चित थ्याङ्क्सगिभिङ डे परेड शनिबारसम्मका लागि स्थगित गरिएको छ। परेडको यो १००औँ वर्ष हो। यसको इतिहासमा पहिलोपटक परेड स्थगित गर्नुपरेको हो।

न्यूयोर्कका मेयर जोहरान ममदानीले आँधीको जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेका हुन्। परेड आयोजक कम्पनी म्यासिजले मानिसहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको जनाएको छ।

शक्तिशाली छालले तटीय संरचनामा क्षति

अमेरिकाको पश्चिमी तटमा समुद्रमा उठेका शक्तिशाली छालले किनारमा रहेका विभिन्न संरचनामा क्षति पुर्‍याएका छन्। सान डिएगो आसपास समुद्रको पानीको सतह पुराना रेकर्डभन्दा माथि पुगेको छ। यसले आसपासका होचा भूभागमा पानी पस्ने जोखिम बढाएको छ।

त्यस्तै, पूर्वी तटमा सन् २०१२ मा आएको सुपरस्टर्म स्यान्डीपछि समुद्रको जलस्तर सबैभन्दा उच्च हुने अनुमान गरिएको छ। डेलावेयर र न्यू जर्सीका केही क्षेत्रमा तीव्र हावाका कारण विद्युत् प्रसारण लाइनहरूमा क्षति पुग्ने र विद्युत् आपूर्ति बन्द हुने जोखिम कायम छ।

मध्य अमेरिकामा वर्षा र हिमपातको अनुमान

मौसमको प्रभाव तटीय क्षेत्रमा मात्रै सीमित छैन। अमेरिकाको मध्य भागमा बुधबारदेखि शुक्रबारसम्म वर्षा र हिमपात हुने अनुमान गरिएको छ। यसले विभिन्न क्षेत्रमा चिसो थप बढाउन सक्छ।

त्यस्तै, प्रशान्त उत्तरपश्चिमी क्षेत्रमा बुधबार रातिदेखि वर्षा र तीव्र हावाको अर्को चरण सुरु हुने सम्भावना छ। त्यसैले देशका विभिन्न भागका नागरिकले तत्काल खराब मौसमबाट राहत पाउने सम्भावना कम देखिएको छ।

के हो नोरइस्टर आँधी?

नोरइस्टर अमेरिकाको पूर्वी तटमा आउने शक्तिशाली आँधी हो। यसलाई नोरइस्टर नाम दिनुको कारण यसका क्रममा हावा उत्तरपूर्वी दिशाबाट चल्नु हो।

यस्तो आँधी वर्षको जुनसुकै समयमा आउन सक्छ। तर सेप्टेम्बरदेखि अप्रिलसम्म यसको सम्भावना बढी हुन्छ। यस अवधिमा आँधीको शक्ति पनि बढी हुने गर्छ।

अमेरिकाको पूर्वी तटमा यस्तो आँधी विकसित हुनुको प्रमुख कारण चिसो र तातो हावाको मिश्रण हो। जाडोयाममा आर्कटिक क्षेत्रबाट आउने चिसो हावा क्यानडा हुँदै अमेरिकाबाट एटलान्टिक महासागरतर्फ अघि बढ्छ। अर्कोतर्फ, मेक्सिकोको खाडी र एटलान्टिक महासागरबाट आउने तातो हावा उत्तरतर्फ फैलिन्छ।

गल्फ स्ट्रिम नामक तातो समुद्री धाराका कारण जाडोयाममा पनि समुद्रको पानी न्यानो रहन्छ। यसले समुद्रमाथिको हावालाई समेत न्यानो बनाउँछ। समुद्रबाट आउने तातो हावा र जमिनबाट आउने चिसो हावा एकआपसमा भेटिँदा नोरइस्टर आँधी विकसित हुन्छ र यसले थप शक्ति प्राप्त गर्छ।

मौसमविद् ब्रायन एडवर्ड्सका अनुसार अमेरिकामा हरेक वर्ष औसतमा तीनवटा नोरइस्टर आँधी आउने गर्छन्। यसको प्रभाव विशेषगरी वासिङ्टन डीसी, फिलाडेल्फिया, न्यूयोर्क र बोस्टनजस्ता सहरमा देखिन्छ। यी क्षेत्रमा भारी वर्षा वा हिमपात हुने गर्छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस