‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार हुँदैन: राष्ट्रपति सी
१७ असार २०७९
•
३ मिनेट पाठ
‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार हुँदैन: राष्ट्रपति सी
अमेरिका, बेलायतलगायत पश्चिमा राष्ट्रले ५० वर्षसम्म हङकङको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने चिनियाँ प्रतिबद्धता पूरा नभएको भन्दै तीक्ष्ण आलोचना गरिरहेका बेला राष्ट्रपति सी चिनफिङले ‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार नहुने स्पष्ट पारेका छन्।




विश्वको आर्थिक केन्द्रको चिनारी बनाएको हङकङ पच्चीस वर्षअघि आजकै दिन बेलायतबाट चीनलाई हन्तान्तरण गरिँदा तत्कालीन चिनियाँ शासकले सन् २०४७ सम्म हङकङको शासन ‘एक देश, दुई प्रणाली’ ढाँचामा हुने र उसको स्वतन्त्रता एवम् स्वायत्तता, व्यक्तिगत अधिकार, न्यायिक स्वतन्त्रता सुनिश्चित गर्ने बाचा गरेका थिए।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हङकङ हस्तान्तरणका प्रतिबद्धताहरू पूरा गर्न चीन असफल भएको आरोप लगाएका थिए। ती आरोप अस्वीकार गर्दै  हङकङ र बेइजिङले अराजकताबाट सुव्यवस्था पुनःस्थापना गर्न राष्ट्रिय सुरक्षा कानुन उपयोगी भएको दाबी गरेका थिए।

हङकङ अर्धस्वायत्त चिनियाँ क्षेत्र बनेको २५ वर्ष पुगेको अवसरमा शुक्रबार यहाँ भएको विशेष समारोहमा राष्ट्रपति सीले पश्चिमाहरूका आरोपको खण्डन गर्दै एक देश, दुई प्रणाली अन्तर्गत सञ्चालित हङकङलाई आफ्नै कानुन र सरकार बनाउने अधिकार रहेको बताए। खरानीबाट उठेको हङकङको विकास र समृद्धि आफ्नो  प्राथमिकता भएको पनि उनले दोहोर्‍याए।

एक वर्षअघि प्रजातन्त्र समर्थकहरूले व्यापक विरोध प्रदर्शन गरेपछि त्यसलाई दबाउन राष्ट्रिय सुरक्षा कानुन लगाएर बेइजिङले स्थिति नियन्त्रणमा लिएको थियो। त्यसैतर्फ सङ्केत गर्दै सीले हङकङ खरानीबाट उठेको बताएका हुन्।

'यति राम्रो प्रणाली परिवर्तनको कुनै कारण छैन, यसलाई लामो समयसम्म कायम राख्नुपर्छ,' हङकङले ५० वर्षपछि पनि आफ्नो सापेक्ष स्वतन्त्रता कायम राख्न सक्ने बताउँदै उनले भने। उनको यो अभिव्यक्तिले हङकङका बासिन्दालाई उनीहरूको स्वतन्त्रतामा आघात पार्न नखोजिएकोतर्फ सङ्केत गरेको छ।  

राष्ट्रपति सीले हङकङमाथि बेइजिङको व्यापक अधिकारक्षेत्र रहेको, हङकङ र मकाउजस्ता क्षेत्रहरूलाई आफ्नो पूँजीवादी प्रणाली र स्वायत्तता कायम राख्न अनुमति दिए पनि चिनियाँ नेतृत्वलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।उनले हङकङको मामिलामा विदेशी हस्तक्षेप वा देशद्रोह सह्य नहुने चेतावनी दिँदै राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा, विकास र हितको रक्षा आफ्नो सर्वोच्च प्राथमिकतामा भएको स्पष्ट गरे।  

राष्ट्रपति सी हङकङका नयाँ नेता जोन लीको शपथ ग्रहण समारोहमा पनि सहभागी भए। पूर्वसुरक्षा अधिकारी जोनले हङकङप्रति वफादार रहँदै बेइजिङको केन्द्र सरकारप्रति जवाफदेही बन्ने वाचा पनि गरे। समारोह अवधिभर कुनै पनि नेताले मास्क फुकालेनन् भने कसैले हात पनि मिलाएनन्। दैनिक दुई हजार कोरोना भाइरस सङ्क्रमित बढिरहेका बेला यस्तो स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको हो। उनीहरूको मास्कमा हङकङ हस्तान्तरण भएको २५औँ वार्षिकोत्सव झल्काउने अङ्क ‘२५’ स्पष्ट देखिन्थ्यो।  

कोभिड–१९ को महामारी फैलिएपछि सीको योे भ्रमण मुख्यभूमि चीनबाहिरको पहिलो हो। आजसम्म उनी यहाँ रहने भएकाले शहरको सुरक्षा व्यवस्था कडा पारिएको छ। आकाशमा उडान निषेध गरिएको छ भने समारोहस्थल आसपासका सडक बन्द गरिएका छन्। हज्जारौँ सुरक्षाकर्मी परिचालन गरिएका छन्। हवाईगस्ती जारी छ। समारोहमा सहभागी हुने पाहुनाहरूले कोभिड–१९ विरूद्धको खोप अनिवार्यरूपमा लगाउनाका साथै एकान्तबास बस्नुपरेको थियो।  

पच्चीस वर्षअघि आजको दिन रमणीय भिक्टोरिया हार्बरमा झमझम पानी परिरहेको थियो। हङकङ हस्तान्तरण समारोह हुने हार्बर वरवरको क्षेत्रलाई विशाल सुरक्षाबलले आफ्नो घेरामा समेटेको थियो भने हवाई क्षेत्र पनि निषेध गरिएको थियो। अन्तिम औपनिवेशिक गभर्नर क्रिस प्याटेनले धुरूधुरू रूँदै हङकङलाई चीनसमक्ष सुम्पेका थिए। 
अर्को समाचार
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
२१ मिनेट अघि
•
१ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
लिमा। पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्। पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।




अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ।'

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो। ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो। एएफपी
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस