गाँजाका झारपातको अद्भूत भूमिमा परिणत हुँदै थाइल्याण्ड
२८ जेष्ठ २०७९
•
५ मिनेट पाठ
गाँजाका झारपातको अद्भूत भूमिमा परिणत हुँदै थाइल्याण्ड
थाइल्याण्ड गाँजालाई वैधानिक मान्यता दिने एशियको पहिलो देश भएको छ। थाइ सरकारले गाँजाखेती गर्न र त्यसलाई आफ्नो स्वामित्वमा राख्न पाउने कानुनी प्रबन्ध गरे पनि धुमपानका रुपमा गाँजाको सेवनलाई निरुत्साहित गरेको छ।




चिलिममा गाँजा सेवन गर्ने अम्मली पुरानो पुस्ताका निम्ति सरकारी घोषणा सपना झै भएको छ। बिहीबारदेखि गाँजा खेतीले वैधानिक मान्यता पाएपछि गाँजाको धुवाँमा रमाउने बुढो पुस्ताले विविधतायुक्त थाई ‘स्टिक’लाई सम्झेका छन्।

देशका जनस्वास्थ्य मन्त्रीको दश लाख गाँजाका विरुवा वितरण गर्ने योजनाले शुक्रबारदेखि थाइल्यान्डलाई झारपातको अद्भूत भूमिमा परिणत भएको ठानिएको छ। खाद्य तथा औषधि प्रशासन विभागले सबै विरुवालाई लागूऔषधको श्रेणीबाट हटाउन गरेको निर्णयले थाइल्यान्डलाई चिकित्सा र औद्योगिक प्रयोगको लागि गाँजालाई वैधानिक बनाउने एसियाको पहिलो राष्ट्र बनाएको छ तर उसले उरुग्वे र क्यानडाको पदचाप पछ्याएको छैन।

उरुग्वे र क्यानडा त्यस्ता देश हुन्  जसले मनोरञ्जनका रूपमा गाँजा सेवलाई राष्ट्रिय वैधानिकता दिएका छन्। गाँजामाथिको प्रतिबन्ध हटेपछि अब थाई नागरिकले निर्वाध गाँजाखती गर्न र त्यसको सेवन गर्न सक्छन्। उनीहरूलाई प्रहरी प्रशासनले कारबाही गर्नेछैन। तर त्यसो गर्नुअघि उनीहरूले दर्ता गर्नुपर्नेछ र गाँजाखेती औषधीय उद्देश्यका निम्ति भएको घोषणा गर्नुपर्नेछ। केही थाई कानुन व्यवसायीहरूले बिहीबार एउटा क्याफेमा गाँजा किनेर उत्सव मनाए।

बुधबारसम्म उनीहरूका निम्ति त्यो वर्जित थियो। खुलेआम खरिद–बिक्रीको कल्पना पनि गर्न सकिन्नथ्यो। दर्जनौंको संख्यामा ब्याङकको हाइल्याण्ड क्याफेमा एकत्रित भएका उनीहरू उखु, बबलगम, पर्पल अफगानी र युएफओ नामका विभिन्न प्रकारका कोपिलाबाट बनेका ‘माल’ चयन गर्न पाएर दङदास थिए।

'म चिच्च्याएर भन्न सक्छु, म एक गँजेडी हुँ। गाँजालाई अवैध लागूऔषधको रूपमा चर्चा गरिँदा मैले त्यसलाई विगतमा गोप्य राख्नु परेको थियो,' हाइल्याण्ड क्याफेका पहिलो २४ वर्षीय ग्राहक रित्तिपोङ बाचकुलले लुकीलुकी गाँजा सेवन गरेको सुनाउँदै भने।

'जहाँसम्म सरकारको सवाल छ, चिकित्सा प्रयोगलाई बढावा दिनु उनीहरूको काम हो। अनि यो एकदम स्पष्ट छ कि हामी धेरै टाढा आएर अन्ततः यसको प्रयोगलाई वैधानिकता दिएका छौँ।' सरकारले गाँजाका फाइदा र बेफाइदा राम्ररी बुझेको बताउँदै क्याफेका सहसञ्चालक एवम् लामो समयदेखि गाँजालाई वैधानिक बनाउने अभियानका कार्यकर्ता रत्तापोन सानराक भन्छन्।

थाइल्याण्ड विविधतायुक्त गाँजा पाइने देशका रूपमा परिचित छ। ‘थाई स्टिक’ले चिनिने कडा गाँजाका फूलहरू सुकाइन्छ र लट्ठीहरूमा बाँधिन्छ। हाल विदेशमा हुर्किरहेका धेरै प्रजातिहरूको उत्पत्तिस्थल थाइल्याण्ड हो। गाँजाको धुँवामा लट्ठिएर मस्तराम हुने चाहनेहरूलाई भने थाइल्याण्डको सरकारले चेतावनी दिएको छ।

सार्वजनिकरूपमा गाँजा सेवनलाई अझै पनि अपराध मानिएको छ। कानुन उल्लङ्घन गरेमा तीन महिना कारबासको सजायसहित २५ हजार भाट जरिवाना तिर्नुपर्नेछ। गाँजाबाट तेल निकाल्न मनाही गरिएको छ भने ०.२ प्रतिशतभन्दा बढी टेट्राहाइड्रोक्यानाबायोनिलको मात्रा भएमा त्यो दण्डनीय हुनेछ।

चियाङ माई विश्वविद्यालयका विरुवा र माटो विज्ञान विभागका प्राध्यापक सरना सोम्मनो गाँजासम्बन्धी नयाँ कानून पारित भएपछि र नियमहरू स्पष्ट नभएसम्म पर्यटकहरूले सावधानीपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिन्छिन्।

'यहाँ अझै जोखिमहरू छन्, गाँजालाई अब लागूऔषध मानिदैन तर यसको प्रयोगलाई नियन्त्रित गर्ने कुनै मन्त्रालयले नियम निकालेको छैन। यसको प्रयोगको सीमाबारे केही उल्लेख गरिएको छैन,' नयाँ प्रावधानबारे स्पष्ट योजना र तिनको व्याख्या नगरी मतदातालाई खुसी पार्न आफ्नो नीति हतारमा परिवर्तन गरिएको टिप्पणी गर्दै उनले भनिन्।

विशेषगरी थाइल्याण्डले औषधीय उपयोगका निम्ति गाँजालाई बजारमा ल्याउन चाहेको छ। आफूसँग पहिलेदेखि नै  राम्रोसँग विकसित ‘मेडिकल’ पर्यटन उद्योग छ भने देशको माटो र जलवायु गाँजाखेतीका निम्ति पनि उत्तिकै उपयुक्त छ।

'हामीले गाँजाको प्रयोगबारे जान्नैपर्छ, गाँजा सुन जस्तै मूल्यवान वस्तु हो, यसको प्रचार गर्नुपर्छ,' गाँजाको प्रवर्द्धनमा लागेका जनस्वास्थ्य मन्त्री अनुटिन चार्नविराकुलले आफूहरूमा सही चेतना हुनुपर्नेमा जोड दिँदै भनेका छन्।

थाई सरकारले गरेको नीतिगत नयाँ निर्णयबाट पुरोना कानुनअन्तर्गत लागूऔषध मुद्दामा पक्राउ परेकाहरू तत्काल लाभान्वित हुनेछन्। अन्तर्राष्ट्रिय औषधि नीति कन्सोर्टियमका एशिया क्षेत्रीय निर्देशक ग्लोरिया लाइले गाँजासम्बन्धी नयाँ कानुनले सकारात्मक परिणाम ल्याएको बताउँदै अब पुरानो कानुनअन्तर्गत अपराधी ठहरिएका चार हजार जनालाई काराकारमुक्त गरिने जनाएकी छन्।

गाँजासम्बन्धी अपराधको आरोप लागेकाहरूबाट जफत गरिएको पैसा र गाँजा तिनीहरूका मालिकहरूलाई फिर्ता गरिने मानव अधिकार, स्वास्थ्य र विकासलाई समावेश तथा औषधि नीतिहरूको वकालत गर्ने विश्वव्यापी नागरिक समूहहरूको सञ्जालकी क्षेत्रीय निर्देशक उनले बताइन्।

गाँजा र गाँजाखेतीसम्बन्धी नयाँ व्यवस्थाले थाइल्याण्डको आर्थिक विकाससँगै राष्ट्रिय आम्दानीदेखि साना किसानहरूको जीविकोपार्जनमा बढाउने अनुमान गरिएको छ तर त्यसबाट प्राप्त हुने लाभ समान रूपमा बाँडफाँट हुन्छ कि हुँदैन भन्ने चिन्ता पनि थपिएको छ।

ठूला कम्पनीहरूले उत्पादनको अनुमति प्रमाणपत्रलगायत प्रक्रियागत कामका साथै व्यावसायिक प्रयोगका लागि चर्को शुल्क समावेश गर्ने प्रस्तावित नियमहरूबाट अनुचित रूपमा फाइदा लिन सक्ने चिन्ता पनि बढाएको छ जसले साना उत्पादकहरूलाई नराम्ररी पिरोल्न सक्नेछ।

विपक्षी मूभ फर्वार्ड पार्टीका सांसद ताओपिपप लिम्जित्रकोर्नले केही प्रस्तावित नियमअन्तर्गत, गाँजा–सम्बन्धित उद्योगलाई केही ठूला कम्पनीहरूले नियन्त्रण गर्न सक्ने बताए। मादक पेय पदार्थ उत्पादक कम्पनीहरूले सानालाई दबाएको सन्दर्भ सुनाउँदै आफ्नो पार्टीले आउनसक्ने समस्या समाधानका लागि कानुन बनाउन चाहेको बताए।

साना उद्यमी–व्यवसायी गाँजा व्यवसाय गर्न उत्सुक छन्। पूर्वी थाइल्याण्डको श्रीराचा जिल्लास्थित  गोल्डेनलिफ हेम्प फार्मका मालिक इतिसुग हान्जिचन हालैको आइतबारको अति गर्मी दिनमा ४० जना उद्यमी, किसान र सेवानिवृत्तहरूलाई गाँजाखेतीसम्बन्धी आफ्नो पाँचौं चरणको प्रशिक्षणमा व्यस्त थिए।

गाँजाखेती गर्न उत्सुक उनीहरूले खेतीका निम्ति आवश्यक ज्ञान हासिल गरी गुणस्तरीय उपज प्राप्तिका निमित जनही एकसय ५० अमेरिकी डलर शुल्क तिरेका थिए। प्रशिक्षणमा सहभागीमध्येका एक चनाडेच सोनबून पनि थिए जसले गोप्य रूपमा गाँजाको विरुवा उब्जाउन खोज्दा  आफ्ना आमाबाबुबाट गाली खानुपरेको थियो।

अठार वर्षीय उनका बाबुआमाको मन अहिले परिवर्तन भएको छ। उनीहरूले गाँजा रोप्ने छोरालाई दुव्र्यवहार गर्नुको सट्टा त्यसलाई औषधीको रूपमा लिएका छन्। चनाडेच परिवारले एउटा सानो होमस्टे र क्याफे चलाउँछ र एक दिन आफ्ना पाहुनाहरूलाई गाँजा पनि उपलब्ध गराउने आशा गरेको छ। 
अर्को समाचार
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
१ मिनेट अघि
•
१ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
काठमाडौं। स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ। डुंगाको इन्जिन बिग्रिएपछि करिब १०० जना तीन दिनसम्म समुद्रमा अलपत्र परेका थिए।




यस अवधिमा डुंगामा रहेको खाना र पानी सकिएपछि धेरैको ज्यान गएको हो। घटनामा ६ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको छ।

डुंगामा सवार अन्य व्यक्तिहरूको पनि उद्धार गरिएको छ। उक्त डुंगाले पश्चिम अफ्रिकी देश गाम्बियाबाट युरोप पुग्ने प्रयास गरिरहेका प्रवासीहरूलाई बोकेको थियो।

७२ किलोमिटर टाढाबाट डुंगा तानेर बन्दरगाह पुर्‍याइयो

स्पेनको समुद्री उद्धार टोलीले क्यानरी टापुको एल हिएरो द्वीपबाट करिब ७२ किलोमिटर दक्षिणमा उक्त डुंगा फेला पारेको थियो। त्यसपछि डुंगालाई तानेर ला एस्टाका बन्दरगाह पुर्‍याइएको थियो।

त्यस्तै, अर्को डुंगाबाट उद्धार गरिएका प्रवासीहरू सुरक्षित रूपमा एल हिएरो द्वीपको ला रेस्टिङ्गा बन्दरगाह पुगेका थिए। त्यहाँ प्रवासीहरूको बसोबास र उपचारका लागि केन्द्र स्थापना गरिएको छ।

युरोप प्रवेशको प्रमुख मार्ग हो क्यानरी टापु

क्यानरी टापु एट्लान्टिक महासागरमा अफ्रिकाको उत्तरपश्चिमी तटनजिकै अवस्थित छ। यो स्पेनको भूभाग हो। पश्चिम अफ्रिकाका विभिन्न देशबाट प्रवासीहरू समुद्री मार्ग हुँदै यहाँ पुग्ने प्रयास गर्छन्। यहाँ पुगेपछि उनीहरू स्पेन तथा युरोपेली संघमा प्रवेश गर्छन्।

सन् २०२४ मा ४६ हजारभन्दा बढी प्रवासी क्यानरी टापु पुगेका थिए। यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या थियो। त्यसपछि समुद्री निगरानी बढाउनुका साथै अन्य देशसँग सहकार्य गरिएपछि प्रवासीको संख्या घटेको थियो।

एकै दिन २१ सय प्रवासी पुगे

अक्टोबरदेखि क्यानरी टापुमा प्रवासी पुग्ने क्रम फेरि बढ्न थालेको छ। यही साता एकै दिन २१ सय जना प्रवासी त्यहाँ पुगेका थिए। तीमध्ये अधिकांश एल हिएरो द्वीपमा ओर्लिएका थिए। उक्त द्वीपको जनसंख्या करिब ११ हजार ४०० छ।

यसै महिनाको सुरुवातमा अधिकारीहरूले त्यहाँ आपत्कालीन अवस्था घोषणा गरेका थिए। नोभेम्बर १४ मा एकै दिन करिब १५ सय प्रवासीको उद्धार गरिएको थियो।

स्पेनको निर्वाचनमा पनि प्रवासीको मुद्दा प्रमुख

प्रवासीहरूको मृत्यु भएको यो घटना स्पेनको आम निर्वाचनभन्दा दुई दिनअघि सार्वजनिक भएको हो। आइतबार त्यहाँ निर्वाचन हुँदैछ। निर्वाचन प्रचारका क्रममा प्रवासी आगमनको विषय प्रमुख मुद्दा बनेको छ।

प्रधानमन्त्री पेड्रो सान्चेजले प्रवासीको आगमनलाई अर्थतन्त्रका लागि लाभदायक बताउँदै आएका छन्। यता दक्षिणपन्थी दलहरूले प्रवासी आगमनमा कडा प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै आएका छन्।

अफ्रिकाबाट निस्किएको अर्को डुंगा पनि बेपत्ता

अफ्रिकी देश सेनेगलबाट स्पेन जाने क्रममा निस्किएको अर्को डुंगा पनि बेपत्ता भएको छ। उक्त डुंगामा युवा माछा मार्ने कामदारसहित करिब १७२ जना सवार थिए।

डुंगा नोभेम्बर ९ वा १० मा सेनेगलको तटीय क्षेत्र यफबाट प्रस्थान गरेको थियो। दुई साताभन्दा बढी समय बितिसक्दा पनि डुंगाको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। स्थानीय बासिन्दाले डुंगाको खोजीका लागि बृहत् अभियान सञ्चालन गर्न माग गरेका छन्।

स्थानीय नेताहरूका अनुसार आर्थिक अभाव र माछा मार्ने काममा अवसर घट्दै गएपछि युवाहरू जोखिम मोलेर युरोप पुग्ने प्रयास गरिरहेका छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस