अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ
१६ जेष्ठ २०७९
•
१ मिनेट पाठ
अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ
अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ। नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’का अनुसार गिरफ्तार शनिबार रात मध्यराततिर दुई वटा अभियोगमा उनलाई पक्राउ गरिएको थियो।




उनको रगतमा अल्कोहलको मात्रा ०.०८ प्रतिशत वा त्योभन्दा बढी रहेको र नशामा भएको समय गाडी चलाएको आरोप उनीविरूद्ध लगाइएको छ। रिपोर्टअनुसार पल पेलोसीलाई पाँच हजार अमेरिकी डलर जमानतमा उनलाई आइतबार बिहानै रिहा गरिएका अमेरिकी टेलीभिजन सिएनएनले जनाएको छ।

‘सभामुखले पूर्वी क्षेत्रमा रहेका समय भएको उक्त घटनालाई निजी भन्दै यस विषयमा आफूले केही प्रतिक्रिया नदिने बताएको’ सभामुख पेलोसीका प्रवक्ता ड्रु हम्मिलले बताएका छन्। सान फ्रान्सिस्कोका ८२ वर्षीय पल पेलोसी सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेका थिए भने उनीहरूका पाँच सन्तान रहेका छन्। 
अर्को समाचार
सभामुख पेलोसी मलेसियामा, ताइवान भ्रमणलाई लिएर एशिया–प्रशान्त क्षेत्रमा तनाव
१७ साउन २०७९
•
५ मिनेट पाठ
सभामुख पेलोसी मलेसियामा, ताइवान भ्रमणलाई लिएर एशिया–प्रशान्त क्षेत्रमा तनाव
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणको दोस्रो चरणका क्रममा यहाँ आइपुगेको छ। उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका– बेइजिङ तनाव बढाएको छ।  




सभामुख पेलोसी र उनको प्रतिनिधिमण्डल सवार विमान कडा सुरक्षाका बीच वायुसेनाको आधार शिविरमा अवतरण गरेसँगै उनलाई संसदमा तल्लो सदनका सभामुख अजहर अजिजान हारुनले स्वागत गरे। साथै सभामुखद्वयबीच भेटवार्ता पनि भयो। सभामुख पेलोसीले  प्रधानमन्त्री इस्माइल साबरी याकोबसँगको दिवाभोजसहितको बैठक  स्थगन गरेको छ।  

सभामुख पेलोसीको ताइवान भ्रमणको औपचारिक घोषणा भएको छैन तर ताइवानका स्थानीय सञ्चार माध्यमले  उनी आज राति ताइपेइ पुग्ने समाचार सार्वजनिक गरेका छन्। सभामुख पेलोसी ताइपेइ पुगेमा २५ वर्षभन्दा बढी समयपछि  त्यहाँको भ्रमण गर्ने उनी उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुनेछ।

अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ताइवानका तीन ठूला राष्ट्रिय समाचारपत्र युनाइटेड डेली न्यूज, लिबर्टी टाइम्स र चाइना टाइम्सले उनी मलेसियाको भ्रमणपछि ताइपेइ पुग्ने र रात त्यही बिताउने कार्यक्रम रहेको खबर प्रकाशन गरेका छन्।

चीनले विद्रोही प्रान्तको रूपमा लिएको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर कब्जामा लिन सकिने बताउँदै आएको छ।  बेइजिङले  सभामुख पेलोसी ताइवान भ्रमणमा निस्किएमा आफ्नो सेना ‘चुप लागेर नबस्ने’ चेतावनी दिएको छ। चीनको बदलाको धम्कीले ताइवानमा नयाँ सङ्कट निम्त्याउने छ जसले जसले विश्वव्यापी बजार र आपूर्ति शृङ्खलाहरू ध्वस्त पार्न सक्नेछ।  

अमेरिकी राष्ट्रपतिको कार्यालयले बेइजिङको उक्त प्रतिक्रियाको निन्दा गर्दै  चीनसँगको तनावलाई चर्काउने अमेरिकाको कुनै चाहना नभएको र द्वन्द्वमा संल्गन हुन नचाहेको स्पष्ट गरेको छ। राष्ट्रपतिको कार्यालयले राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले स्वशासित टापु ताइवानको भ्रमण गर्ने वा नगर्ने निर्णय स्वयम् सभामुख पेलोसीको भएको बताएको छ।

उनले अमेरिकी सांसदले वर्षौंदेखि नियमित रूपमा ताइवान भ्रमण गरेको स्मरण पनि गराइेको छ। सभामुख पेलोसीको भ्रमणलाई बहानाको रूपमा प्रयोग गरेर बेइजिङले ताइवान वा ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गर्ने वा टापुको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना सञ्चालन तथा अभ्यासलगायत सैन्य कारबाहीसहित उत्तेजक प्रतिकारात्मक कदम चाल्नसक्ने चिन्ताले अमेरिकी प्रशासनका अधिकारीहरू चिन्तित भएका बताएको छ।  

लामो समयदेखि अभ्यासमा रहेको तथा अमेरिकी नीतिअनुरूप सभामुखको सम्भावित भ्रमणलाई बहाना बनाएर बेइजिङले कुनै प्रकारको सङ्कट खडा गर्ने वा ताइवान वा त्यसको वरपर आक्रामक सैन्य गतिविधि नबढाउने रूपमा विश्वास उनले व्यक्त गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि सभामुख पेलोसीको भ्रमण अगाडि बढेको अवस्थामा चीनलाई जिम्मेवार ढङ्गले काम गर्न आग्रह गरेको  छ।

यदि उनले भ्रमण गर्ने निर्णय गरेमा चीनले कुनै प्रकारको सङ्कट सृजना गर्ने वा अन्यथा तनाव बढाउने प्रयास गरेमा त्यो पूर्ण रूपमा बेइजिङको जिम्मेवारी हुने बताएको छ। उनले न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै सभामुख पेलोसीलले ताइवान भ्रमण गर्ने निर्णय गरेमा जिम्मेवार भएर प्रस्तुत हुन र द्वद्व चर्काउने गतिविधि नबढाउन बेइजिङलाई अनुरोध गरिन्।  

अमेरिकी अधिकारीहरूले भने सभामुख पेलोसीले ताइवानको भ्रमण गरेमा अमेरिकी सेनाले एशिया–प्रशान्त क्षेत्रमा आफ्नो सेनाको गतिविधि बढाउने बताएका छन्। सैनिक कारबाही तथा सञ्चालनबारे जानकारी दिँदै एकजना अमेरिकी अधिकारीले नौसेनाको विमान वाहक युएसएस रोनाल्ड रेगन र त्यसबाट प्रहार गर्ने दस्ता सोमबार फिलिपिन्स सागरमा तैनाथ गरिएका बताएका छन्।

रडार प्रणाली, लडाकु जेट, हेलिकप्टर र अन्य अत्याधुनिक हातहतियारसहितका रेगन, क्रूजर यूएसएस एन्टिएटम र यूएसएस हिगिन्स सिङ्गापुरको बन्दरगाहबाट आफ्नो स्थायी शिविर जापानतर्फ लागेका उनले बताए। सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेर ताइवान र चीन छुट्टिएका हुन्। बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता दिए पनि अमेरिकाले ताइवानसँग अनौपचारिक  रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ।

बेइजिङले ताइवानसँगको अमेरिकीसम्पर्कलाई द्वीपको दशकौं पुरानो  स्वतन्त्रतालाई स्थायी बनाउन प्रोत्साहन गरेको मानेको छ भने अमेरिकी नेताहरूले त्यसलाई समर्थन नगरेको बताएका छन्। सभामुख पेलोसीले सोमबार सिङ्गापुरबाट एसियाली राष्ट्रको भ्रमण सुरु गरेकाे भएपनि उनको सम्भावित ताइवान भ्रमणले यस क्षेत्रमा सनसनी मच्चाएको छ।

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले पेलोसीसँगको वार्तामा क्षेत्रीय शान्ति र सुरक्षाका लागि स्थिर अमेरिका–चीन सम्बन्धमा जोड दिएको थियो। जापानका विदेशमन्त्री योशिमासा हयाशीले पनि सिङ्गापुरका प्रधानमन्त्रीको अभिव्यक्तिको समर्थन गर्दै दुई प्रतिद्वन्द्वी शक्तिबीचको स्थिर सम्बन्ध अन्तर्राष्ट्रिय समुदायका लागि अति महत्वपूर्ण हुने बताएको छ।  

फिलिपिन्सले अमेरिका र चीनलाई यस क्षेत्रमा ‘जिम्मेवार नायक’ हुन आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता टेरेसिटा डाजाले थप तनावबाट जोगिन अमेरिका र चीनले निरन्तर सञ्चार सम्पर्क सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। चीनले ताइवानमाथि लगातार कूटनीतिक र सैन्य दबाब बढाउँदै आएको छ।

बेइजिङमा कम्युनिस्ट शासन एकमात्र वैधानिक सरकार भएकोले टापु र मुख्य भूमि मिलेर एउटै चिनियाँ राष्ट्र बन्ने दाबीलाई राष्ट्रपति साइ इङ्ग–वेनले समर्थन गर्न अस्वीकार गरेपछि चीनले सन् २०१६ मा ताइवानको सरकारसँगका सबै सम्पर्क विच्छेद गरेको हो।

आगामी बिहीबार सभामुख पेलोसीले दक्षिण कोरियाली राष्ट्रियसभाका सभामुख किम जिन प्योसँग एशिया–प्रशान्त क्षेत्रको सुरक्षा, आर्थिक सहयोग र जलवायु सङ्कटबारे सोलमा वार्ता गर्ने सभामुख किमको कार्यालयले जनाएको छ। सभामुख पेलोसी जापान भ्रमणमा पनि जानुहुनेछ यद्यपि उहाँ कहिले त्यहाँ पुग्नुहुन्छ भन्ने स्पष्ट खुलाइएको छैन।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस