रुस र युक्रेनबीच शान्तिवार्ता सुरु
१७ फागुन २०७८
•
३ मिनेट पाठ
रुस र युक्रेनबीच शान्तिवार्ता सुरु
रुसले युक्रेनमा आक्रमण सुरु गरेको पाँचौं दिनमा दुई मुलुकबीच शान्तिवार्ता सुरु भएको छ। युक्रेन र बेलारुसको सीमाक्षेत्रमा वार्ता सुरु भएको हो। आइतबार रुसले बेलारुसमा वार्ता गर्ने बताए पनि युक्रेनले रुस समर्थक बेलारुसमा वार्ता नगर्ने बताएको थियो।




युक्रेनका राष्ट्रपतिको कार्यालयले तत्काल युद्धविराम चाहेको बताएको छ। कार्यालयले रुसी सैनिकलाई युक्रेनबाट बाहिर निकाल्न पनि आग्रह गरेको छ। रुसी मध्यस्थकर्ता भ्लादिमिर मेदिन्स्कीले भने मस्कोले दुवै पक्षको हितलाई सम्बोधन गर्ने सहमतिमा पुग्न चाहेको बताएका छन्।

वार्ता सुरु हुनुभन्दा पहिले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्किीले रुसी सेनालाई हतियार छोड्न आग्रह गरेका छन्। भिडियो सन्देशमार्फत उनले रुसी सेनालाई भनेका छन्, ‘आफ्ना हतियार त्यागिदेऊ, यहाँबाट बाहिर जाऊ, तिम्रा कमान्डरहरूलाई विश्वास नगर, गलत प्रचार गर्नेका पछि नलाग, आफ्नो जीवन बचाऊ।’

उनले युरोपियन युनियनसँग युक्रेनलाई तत्काल सदस्यता दिन पनि माग गरेका थिए। ‘हाम्रो लक्ष्य भनेको युरोपियन मुलुक सँगसँगै हुने हो। अझ महत्वपूर्ण कुरा हामी समान धरातलमा उभिन चाहन्छौं र यो जायज छ भन्ने मलाई लाग्छ। यो सम्भव पनि छ,’ उनले भनेका छन्।  

संयुक्त राष्ट्रसंघका अनुसार युद्ध सुरु भएदेखि हालसम्म चार लाख २२ हजार मानिस युक्रेन छोडेर छिमेकी मुलुकहरूमा गएका छन्। राष्ट्रसंघका अनुसार युक्रेनबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

युक्रेनले युद्ध अनुभव र मुलुकको रक्षा गर्न मद्दत गर्ने कैदीहरूलाई जेलबाट रिहा गर्ने निर्णय गरेको छ। रुससँग लड्नका लागि यस्तो निर्णय गरिएको युक्रेनले जनाएको छ। यो निर्णय नैतिक हिसाबले सहज नभए पनि मुलुकको रक्षाका लागि यस्तो निर्णय गरिएको युक्रेनका सरकारी अधिकारीहरूले जनाएका छन्।

रुसी हमलाको पाँचौं दिन युक्रेनको उत्तर पूर्वी सहर चेरनिभमा आइतबार रातभरि भारी गोलाबारी भएको छ। तथापि उक्त सहरलाई युक्रेनी सैनिकले आफ्नो नियन्त्रणमै राखेको बिबिसीले जनाएको छ। रुसले युक्रेनका लगभग सबै जस्तो मुख्य सहरमा आक्रमण जारी राखेको छ। आक्रमणमा परी ६४ जना गैरसैनिकले ज्यान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।  

राजधानी किएभमा कफ्र्यु हट्यो

रुसले आक्रमण सुरु गरेपछि राजधानीमा लगाइएको कफ्र्यु सोमबार हटेको छ। स्थानीय समयअनुसार बिहान ८ बजेदेखि कफ्र्यु हटाइएको थियो। यसले मानिसलाई भूमिगत सेल्टरबाट बाहिर निस्कन बाटो खुलेको थियो। त्यस्तै अब अत्यावश्यक सामग्रीका पसल खुल्ने र सार्वजनिक सवारीसाधन पनि सञ्चालन हुने जनाइएको छ।

सबवे रेल भने कम नै चल्ने जनाइएको छ। युक्रेनी अधिकारीहरूले युद्ध अझै जारी रहेकाले नागरिकहरूलाई सचेत हुन आग्रह गरेका छन्। त्यहाँ रातिको समयमा कफ्र्यु लगाइने र बिहानसम्म जारी रहने अधिकारीले बताएका छन्। रुसको निरन्तरको हमलापछि पनि राजधानी किएभ युक्रेनकै नियन्त्रणमा छ ।

रुसमा पश्चिमा प्रतिवन्धको असर

रुसले युक्रेनमा हमला गरेपछि रुसका बैंकमा युरोपेली मुलुकले लगाएको प्रतिबन्धको असर देखिन थालेको छ। बैंकहरूमा प्रतिबन्धको असर देखिन थालेपछि रुसको केन्द्रीय बैंकले आफ्नो ब्याजदर दोब्बर बनाएको छ। बैंकले नौ दलमलब ५ प्रतिशत ब्याजदरलाई बढाएर २० प्रतिशत पुर्‍याएको छ। पश्चिमा मुलुकहरूले लगाएको आर्थिक प्रतिबन्धका कारण रुसको मुद्रा कमजोर हुन नदिन र बढ्दो मूल्यवृद्धि नियन्त्रणका लागि बैंकले यस्तो निर्णय गरेको बताइएको छ।
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
२ मिनेट अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २८ सेकेन्ड अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस