युक्रेनमाथि रुसी आक्रमणले विश्वव्यापी असर
१३ फागुन २०७८
•
५ मिनेट पाठ
युक्रेनमाथि रुसी आक्रमणले विश्वव्यापी असर
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैनिक कारबाहीको घोषणा गरेपछि राजधानी किएभ छोड्न मेट्रो स्टेसन पुगेका युक्रेनी सर्वसाधारण। तस्बिरः एएफपी
रुसले युक्रेनमाथि आक्रमण गरेकोे छ। त्यसको प्रभाव विश्वव्यापी रूपमा देखा परेको छ। रुसले युक्रेनका सहर र सैनिक आधार शिविरमा हवाई आक्रमण गरेपछि देश छाड्न ठूलो संख्यामा सर्वसाधारण रेल तथा कारमा लामबद्ध देखिएका छन्। युक्रेन सरकारका अनुसार पूर्ण स्तरको आक्रमणका लागि रुसी ट्यांक र सैनिक सीमाक्षेत्रमा तैनाथ छन्।




विश्वव्यापी विरोध र प्रतिबन्धको अवज्ञा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैनिक अपरेसनको घोषणा गरेका छन्। उनले कुनै विदेशी शक्ति राष्ट्रले हस्तक्षेप गरेमा रुससँग भएका आणविक हतियारको समेत प्रयोग गर्ने संकेत गरेका छन्। त्यसो गरिएमा कसैले कल्पना नगरेको परिणाम निम्तिने चेतावनी उनले दिएका छन्।

रुसी आक्रमणले भूराजनीतिक व्यवस्था र समग्र विश्वमा प्रभाव पार्ने देखिएको छ। रुसी आक्रमणको निन्दा गर्दै नेटोका प्रमुखले युद्धले युरोपको शान्ति खलबलिएको बताएका छन्। उता अमेरिकाको नेतृत्वमा रहेको एलायन्सले पूर्वी युरोपमा थप सैनिक परिचालन थालेको छ। नेटोले रुसको सीमासँग जोडिएको युक्रेनको पूर्वी क्षेत्रमा हवाई, स्थल तथा समुद्री सेना तैनाथ गरेको छ।

पूर्व, उत्तर र दक्षिण दिशाबाट रुसले आक्रमण सुरु गरेपछि युक्रेनको राजधानीमा साइरन बजाइएको थियो। हजारौं सर्वसाधारणले रेल तथा सडक मार्ग हुँदै देश छाड्न तछामछाड गरेका थिए। रुसी आक्रमणका कारण ४० सैनिकको मृत्यु भएको र दर्जनौं मानिस घाइते भएको युक्रेनी सरकारले जनाएको छ।

‘युरोपमा एक पूर्ण स्तरको युद्ध सुरु भएको छ,’ युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले भनेका छन्, ‘रुसले युक्रेनलाई मात्र होइन, आधुनिक विश्वका समान्य जीवनको नियमविरुद्ध आक्रमण गरेको छ।’ विश्वका नेताले रुसी आक्रमणको आलोचना गरेका छन्। यसले ठूलो मानवीय क्षति हुन सक्ने, युक्रेनमा निर्वाचित प्रजातान्त्रिक सरकार बर्खास्त हुन सक्ने, शीतयुद्धपछि कायम भएको सुरक्षा व्यवस्था खलबलिन सक्ने र खाद्यवस्तुको मूल्य अकासिएर विश्व अर्थव्यवस्थामा प्रभाव पर्ने उनीहरूको टिप्पणी छ।

‘हामी बिहान उठ्दा फरक विश्वमा ब्युँझेको पायौं,’ जर्मनीका विदेशमन्त्रीले भनेका छन्। आक्रमण सुरु भएपछि विश्वको वित्तीय बजार नराम्ररी प्रभावित भएको छ भने तेलको मूल्य अकासिएको छ। कच्चा तेलको मूल्य प्रतिब्यारेल ६ अमेरिकी डलरले बढेको छ। विश्वको स्टक बजारमा पनि ह्रास आएको छ। युद्ध रोक्न कैयन हप्तासम्मको कूटनीतिक प्रयास असफल भएको छ।

अमेरिका, एसिया तथा युरोपका विभिन्न देशले युक्रेनविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन्। तर उनीहरूले युक्रेनको रक्षाका लागि सैनिक कारबाही भने नगरिने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँग कूटनीतिक सम्बन्ध विच्छेद गरिएको बताएका छन्। युक्रेनमा मार्सल कानुन लागु गरिएको छ।

युक्रेनका सरकारी अधिकारीले रुसी सेना युक्रेनमा प्रवेश गरे पनि सर्वसाधारणलाई घरमै बस्न र नआत्तिन भनेका छन्। राजधानी कियभ, पूर्वी सहर खारकिभ तथा पश्चिमी सहर ओडेसमा विस्फोट भएको सुनिएको छ।

‘हामीले लडाइँ र क्रास दुवै खेप्नुपरेको छ। योभन्दा नराम्रो अरू के हुन सक्छ,’ राजधानी किएभकी ६४ वर्षीय लियडमिला गिरयेभाले भनिन्। उनी पश्चिमी सहर लभिभ हुँदै पोल्यान्ड जाने तयारीमा छिन्।

आक्रमण नगर्ने आफ्नो हप्तौंदेखिको रटान तोड्दै रुसी राष्ट्रपति पुटिनले एक टेलिभिजन सन्देशमा आक्रमणको आवश्यकता पुष्टि गर्ने प्रयास गरेका छन्। उनले पूर्वी युक्रेनका सर्वसाधारणको सुरक्षाका लागि आक्रमण आवश्यक रहेको बताएका छन्। उनले अमेरिका तथा उसका सहयोगीले नेटोमा आबद्ध हुने रुसी मागलाई अवज्ञा गरेको आरोप लगाएका छन्।

पुटिनका प्रवक्ताले युक्रेन कब्जा गर्ने उद्देश्य नभएर युक्रेनमा ‘असैनिकीकरण’ गर्ने उद्देश्यले आक्रमण गरिएको बताए। नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले इतिहासको पुनर्लेखन गर्न रुसले बल प्रयोग गरेको र आक्रमण पूर्वतयारीका साथ गरिएको बताएका छन्।

सुरुमा युक्रेनमाथि हवाई आक्रमण गरिएको थियो भने त्यसपछि विभिन्न क्षेत्रमा स्थल आक्रमण भएको थियो। रुसका सैनिक गाडी युक्रेनको स्वामित्वमा रहेका क्षेत्रमा प्रवेश गरेको सीमाक्षेत्रमा जडित सुरक्षा क्यामरामा देखिएको युक्रेनका अधिकारीले बताएका छन्। युक्रेनको समग्र हवाई सुरक्षालाई केही घण्टामै तहसनहस पारेको दाबी रुसी सैनिकले गरेको छ।

तर यो दाबीको पुष्टि भएको छैन। उता युक्रेनले केही रुसी जहाजलाई खसालेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई थप प्रतिबन्ध लगाएर सजाय दिइने र ग्रुप अफ सेभेन राष्ट्रसँगको छलफलपछि थप योजनाको घोषणा गरिने बताएका छन्।  

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले प्रतिरक्षाका लागि सहयोग गर्न विश्वका नेतालाई आह्वान गरेका छन्। उनले युक्रेनको हवाईक्षेत्रको सुरक्षाका लागि सहयोग मागेका छन्। युक्रेनका विदेशमन्त्री डिम्ट्रो कुलेबाले विश्वले पुटिनलाई रोक्नुपर्ने बताएका छन्।

युक्रेनका गृहमन्त्रीका सल्लाहकार एन्टोन जेराससेहेन्कोले रुसले किएभ, खारकिभ तथा निप्रो सहरमा रहेका सैनिक शिविर, हवाई शिविर तथा सैनिक डिपोमा आक्रमण गरेको फेसबुकमा लेखेका छन्। उता रुसको रक्षा मन्त्रालयले सहरलाई लक्षित नगरिएको दाबी गरेकोे छ।

आक्रमणको विश्वव्यापी स्तरमा आलोचना हुन सक्ने भएकाले रुसी राष्ट्रपतिले अन्य राष्ट्रलाई हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। आफ्नो आणविक हतियारतर्फ इंगित गर्दै उनले भनेका छन्, ‘हामीलाई प्रत्यक्ष आक्रमण भयो भने सम्भावित आक्रमणकारीको विनाश हुनेछ र उसले भयंकर परिणाम खेप्नुपर्नेेछ,’ उनले भनेका छन्।

रुसी आक्रमण रोक्न संयुक्त राष्ट्रसंघीय सुुरक्षा परिषद्को आपत्कालीन बैठक आयोजना गरेको थियो। बैठकको सुरुमा राष्ट्रसंघका महासचिव एन्टिनिओ गुठेरेसले पुटिनलाई शान्तिका लागि अवसर दिन अनुरोध गरेका थिए। उता युरोपियन काउन्सिलका अध्यक्ष चाल्र्स मिसेल तथा युरोपियन कमिसनका अध्यक्ष उरसुला भोन डेर लेयेनले आक्रमणप्रति क्रेमलिनलाई उत्तरदायी बनाइने बताएका छन्। ‘यो कठिन घडीमा हामी युक्रेन, युक्रेनका महिला, पुरुष तथा बालबालिकाको साथमा छौं,’ दुवै अध्यक्षले ट्विटरमा उल्लेख गरेका छन्।                             
अर्को समाचार
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
२ मिनेट अघि
•
१ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
काठमाडौं। अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।




स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ५ः१० बजे उक्त घटना भएको हो। त्यसबेला दुवै विमान उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेका थिए। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले घटनाबारे जानकारी दिएको हो।

अमेरिकन एयरलाइन्सका अनुसार एउटा विमानको पखेटा अर्को विमानसँग ठोक्किएको थियो। घटनामा कोही पनि घाइते भएको खबर छैन।

एफएएले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ।

एयरलाइन्सका अनुसार ठक्करपछि दुवै विमानलाई पुनः गेटमा फर्काइएको थियो। प्राविधिक टोलीबाट जाँच गराउन दुवै विमानलाई तत्कालका लागि सेवाबाट हटाइएको छ।

एफएएका अनुसार उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेको अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ को पखेटा फ्लाइट २१५२ को पखेटासँग ठोक्किएको थियो।

यो घटना त्यही विमानस्थलमा भएको हो, जहाँ सन् २०२५ को जनवरीमा यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकोप्टर आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा ६७ जनाको मृत्यु भएको थियो।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस