इराकी प्रधानमन्त्रीको हत्या प्रयास
२१ कार्तिक २०७८
•
१ मिनेट पाठ
इराकी प्रधानमन्त्रीको हत्या प्रयास
इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको हत्या प्रयास भएको छ। प्रधानमन्त्री निवासमै रहेका बेला उनको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल भएको सैन्य अधिकारीहरुले जनाएका छन्।




इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उनीमाथि अज्ञात व्यक्तिहरुले आइतबार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ।

घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उनलाई कुनै असर नपरेको र उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन्।घटनालगत्तै उनलाई अस्पताल लागिएको थियो।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गरेका छन्। उनले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन पनि आह्वान गरेका छन्।

अधिकारीहरुका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो। धेरै सरकारी कार्यालय र विदेशी कुटनीतिक नियोगहरुको कार्यालय रहेको क्षेत्रमा भएको आक्रमणमा परी प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

अमेरिकालगायत विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरुले घटनाको भत्सर्ना गर्दै आक्रमणकारीहरुबाट अक्ष्यम्य अपराधको प्रयास भएकाले घटनाका बारेमा पर्याप्त अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ। रासस
अर्को समाचार
सामाजिक सञ्जाल पछ्याउँदै जाँदा यौन दुर्व्यवहार गर्ने बालक पक्राउ
०५ चैत्र २०७९
•
२ मिनेट पाठ
सामाजिक सञ्जाल पछ्याउँदै जाँदा यौन दुर्व्यवहार गर्ने बालक पक्राउ
१४ वर्षिया बालिकामाथि भएको यौन दुर्व्यवहारबारे सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोलाई पछ्याउँदै जाँदा प्रहरीले एकजना १६ वर्षिय बालकलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका ती बालकलाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।




कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार कास्कीमा बसोबास गर्दै आएकी ती बालिकामाथि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सञ्जाल टिकटकमा भिडियो भाइरल भएको थियो। धेरैजनाले त्यो भिडियो सेयर समेत गरेको प्रहरीले बताएको छ। त्यसपछि प्रहरीले त्यो भिडियोलाई पछ्याउँदै अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा पीडितसमक्ष प्रहरी पुगेपछि बल्ल दुर्व्यवहार गरेको भनेर आरोप लागेका बालकबारे थाहा भएको डिएसपी विकले बताए।  

‘शनिबारदेखि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। १४ वर्षकी बालिकामाथि यौन दुर्व्यवहार भएको भनेर टिकटकमा पनि धेरैले सेयर गरेपछि प्रहरीको ध्यानाकर्षण भएको हो,’ उनले भने, ‘अनुसन्धानमा खटिएको प्रहरी पीडित बालिकाको परिवारको सम्पर्कमा पुगेपछि बल्ल घटनाबारे धेरै कुरा थाहा पायौं।’

प्रहरीले घटना कहिले भएको भन्ने खुलाएको छैन। तर पीडित पक्षले बाल यौन दुरुपयोग शीर्षकमा आइतबार मात्र कास्की प्रहरीमा जाहेरी दिएको डिएसपी विकले जानकारी दिए। आफन्तको जाहेरी पछि यौन दूव्र्यवहार गरेको भनि विवादमा परेका बालकलाई नियन्त्रणमा लिएको डिएसपी विकले बताए। प्रहरीका अनुसार ती बालक पनि कास्कीमा बसोबास गर्छन। प्रहरीको नियन्त्रणमा रहेका ती बालक १६ वर्षका हुन्।

‘धेरै कुरा अनुसन्धान भईरहेको छ। सामाजिक सञ्जालमा भाइरल भएकै कारण हामीलाई पीडितसम्म पुग्न सहज भयो। घटना लुक्न पाएन,’ उनले भने, ‘सामाजिक सञ्जालमा भाइरल नभएको भए यो उजुरी तत्काल नपर्न पनि सक्थ्यो। जबकी प्रहरी आफैले पीडितबारे बनेको भिडियोलाई पछ्याउँदै परिवारसम्म पुगेको थियो। परिवारको सम्पर्कमा प्रहरी पुगेपछि उजुरी गर्न झनै सहज भएको छ।’ प्रहरीको नियन्त्रणमा रहेका ती बालकलाई बाल यौन दूरुपयोग सम्बन्धि मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको डिएसपी विकले बताए।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस