अगस्तमा अमेरिकी सेना स्वदेश फिर्ता भएसँगै अफगानिस्थानमा तालिबानले सत्ता नियन्त्रणमा लियो। यसको केही दिनमा नै आफ्नो सरकार घोषणागरी सत्ता सञ्चालन गर्दै आएको छ।
तालिबान सत्तामा आएपछि अमेरिकासहित अन्तर्राष्ट्रीय समुदायले अफगानिस्तान सरकारलाई अहिलेसम्म मान्यता दिएको छैन। तर पछिल्ला दिनमा तालिबान र अमेरिकाबीच वार्ता भएको समाचार बाहिरिएका छन्। अफगानिस्तान तालिबानको नियन्त्रणमा आएपछि अमेरिकी अधिकारी र तालिबानका प्रतिनिधिबीच पहिलो पटक भेटवार्ता भएको हो।
अमेरिकी गुप्तचर एजेन्सी सीआईएका उप–निर्देशकको अध्यक्षता रहेको एक उच्च स्तरीय प्रतिनिधि मण्डलले कतारको राजधानी दोहामा तालिबानका अधिकारीसँग शनिबार वार्ता गरेको बिबिसीले जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी समाचारपत्र वाशिंटन पोष्टका अनुसार वार्तामा विदेशी नागरिको सुरक्षित फिर्ता, तालिबानको सरकारको समावेशी बनाउने र महिला अधिकारको सम्मान जस्ता मुद्दामा वार्ता भएको छ। यही वार्ता आइतबार पनि जारी रहनेछ।
वाशिंटन पोष्टलाई अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले नाम नखुलाउने शर्तमा भने, ‘यो बैठक तालिबान सरकारलाई मान्यता दिने विषयमा केन्द्रित छैन।’ उनले भने, ‘तालिबानलाई मान्यता उसले गरेका कामका आधारमा दिन्छौ तर अहिले नै उसले केही त्यस्तो कुनै काम गरेको छैन।’
तालिबान प्रतिनिधि मण्डलको अध्यक्षता विदेशमन्त्री अमिर खान मुत्ताकीले गरिरहेका छन्।
टीआरटी वर्ल्डको खबर अनुसार, बैठकमा तालिबानले अफगानिस्तानको अहिलेको सरकारलाई अस्थिर गर्ने कोशिश नगर्न भनेको छ।