अफगानिस्तानलाई तालिवानकै जिम्मा लगाएर बाहिरियो अमेरिका
१६ भदौ २०७८
•
३ मिनेट पाठ
अफगानिस्तानलाई तालिवानकै जिम्मा लगाएर बाहिरियो अमेरिका
सोमबार राति अमेरिकी सेनाको अन्तिम कार्गाे विमानले कावुलस्थित हमिद कारजई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेसँगै तालिवान विरुद्ध अमेरिकाले दुई दशकअघि सुरु गरेको सैन्य मिसनको अन्त्य भएको छ। संयोग कस्तो भने सन २००१ सेम्टेम्बर ११ मा ट्वीन टावरमा आतंकवादी हमला भएपछि अमेरिकाले अफगानिस्तानमा अलकायदा र तालिवानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो। सोमबार राति अमेरिकी सेनाको अन्तिम टोलीले अफगानिस्तान छोड्दै गर्दा सम्पूर्ण अफगानिस्तानसहित अमेरिकी सेनाको नियन्त्रणमा रहेको विमानस्थल समेत तालिवानी लडाकुको पहुँचमा पुगिसकेको थियो।अर्थात् तालिवानविरुद्धको लडाइँमा ठूलो जनधनको क्षति व्योहोरेको अमेरिकाले अन्ततः दुई दशकपछि अफगानिस्तानलाई अन्योलतामा छोड्दै विद्रोही समूह तालिवानकै जिम्मा लगाएको छ। 




तालिवानले अफगानिस्तानमा कब्जा गरेसँगै ठूलो संख्यामा अफगानीहरूले मुलुक छाडेपनि अझै दशौं हजार मुलुक छोड्न चाहने त्यहाँका नागरिक, सुरक्षा निकायका पूर्वसदस्यहरू तथा अमेरिका प्रवेश आज्ञापत्र रहेकाहरूलाई बीचमै छाडेर अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको छ। तालिवान नियन्त्रित अफगानिस्तानमा उनीहरूको अवस्था के हुन्छ र लानिवानको शासनकालमा समग्र अफगानिस्तान कसरी अघी बढ्छ भन्ने अन्यौलता कायमै रहेको छ।

अमेरिकाले दुई दशक लामो सैन्य मिसनलाई अन्त्य गर्दै अफगानिस्तान छाडेसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लीङकेनले अफगानिस्तानसँगको सम्बन्धमा नयाँ अध्याय सुरु भएको बताए। ‘अब हामी कुटनीतिक हिसाबले अघि बढ्छौं, सैन्य मिसन अन्त्य भएको छ,’ उनले भनेका छन्। अमेरिकी सेनाले अफगानिस्तान विमानस्थल छाडेसँगै तालिवानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले मुलुकले पूर्ण स्वतन्त्रता प्राप्त गरेको बताए। ‘अमेरिकी सैनिकहरू कावुल विमास्थलबाट प्रस्थान गरेका छन्। हाम्रो मुलुकले पूर्ण स्वतन्त्रता प्राप्त गरेको छ,’ उनले ट्वीटर मार्फत भनेका छन्।  

तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै नयाँ सरकार गठनका लागि काम गरिरहेको जनाएको छ। अमेरिकी सैनिकले २० वर्ष पछि अफगानिस्तान छाडेसँगै तालिवान प्रवक्ता मुजाहिदले राष्ट्रिय एकताका लागि आग्रह गरेका छन्। उनले आपसमा भएका मत भिन्नतालाई छोडेर एकै ठाउँ आउन अफगान नागरिकहरूलाई निर्देशन दिएका छन्। यदी देशका जनताकाबीचमा एकता नभएमा अन्तर्राष्ट्रिय समुदायले सहयोग नगर्ने उनको भनाइ छ। नयाँ गठन हुन लागेको सरकारमा सबै अफगानिको प्रतिनिधित्व हुने पनि उनले जानकारी गराएका छन्।

अफगानिस्तानमा अमेरिकाले सैन्य कारबाही सुरु गरेपछि दुई दशकको अवधिमा चार जना राष्ट्रपतिले जिम्मेवारी सम्हालेका छन्। तत्कालीन राष्ट्रपति जज डब्ल्यु बुसको कार्यकालमा सुरु भएको अफगानि युद्ध बाराक ओबामा, डोनाल्ड ट्रम्प हुँदै जो वाइडेनको कार्यकालसम्म आइपुग्दा अन्त्य भएको छ। यस अवधिमा अमेरिकाले अफगानिस्तानमा दुई दशमलव २६ ट्रिलियन अमेरिकी डलर सैन्य खर्च गरेको छ। उक्त सैन्य कारबाहीमा अमेरिका नेतृत्वको गठबन्धनका तीन हजार पाँच सय सैनिकले ज्यान गुमाएका छन्।

त्यसमध्ये दुई हजार तीन सय अमेरिकी सैनिक रहेका छन्। अमेरिकाले अफगानिस्तान छोड्दै गर्दा विहीबार भएको आतंकवादी हमलामा परि १३ जना अमेरिकी सैनिकले ज्यान गुमाएका थिए। उक्त युद्धमा २० हजार ६ सय ६० अमेरिकी सैनिक घाइते भएका छन्। त्यस्तै चार सय ५० बेलायती सैनिकले पनि ज्यान गुमाएका छन्। ब्राउन विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार सन २०१९ सम्ममा ६४ हजार एक सय अफगान सैनिक तथा प्रहरीले उक्त युद्धमा ज्यान गुमाएका थिए। त्यस्तै सन २००९ यता ज्यान गुमाउने तथा घाइते अफगान नागरिकको संख्या एक लाख ११ हजार रहेको संयुक्त राष्ट्र संघले जनाएको छ।
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
६ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस