अझै तालिबानको कब्जाबाहिर पन्जसिर उपत्यका
०८ भदौ २०७८
•
२ मिनेट पाठ
अझै तालिबानको कब्जाबाहिर पन्जसिर उपत्यका
अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिएपछि गस्ती गर्दै तालिबान लडाकु । फाइल तस्बिर
अमेरिका नेतृत्वको नेटो फौजले झन्डै दुई दशकपछि अफगानिस्तान छाड्यो। त्यसको एक सातामै विद्रोही समूह तालिबानले राजधानी काबुलसहित अफगानिस्तानलाई नियन्त्रणमा लिएको घोषणा गर्‍यो। अमेरिकी सेनाको तालिम र हतियारले सुसज्जित अफगानी सेनाले घेरिएको राजधानी काबुल पनि संघर्षबिनै तालिबानले कब्जामा लियो। राष्ट्रपति असरफ गनी देशै छाडेर भाग्नुपर्‍यो। तर, काबुलबाट करिब डेढ सय किलोमिटर दक्षिण पूर्वमा अवस्थित पन्जसिर उपत्यकालाई भने तालिबानले अझै नियन्त्रणमा लिन सकेको छैन। तालिबानविरुद्धको गढ मानिने सो क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ ।




तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्ना लडाकुहरूले पन्जसिर उपत्यकालाई तीनतर्फबाट घेरेको तर शान्तिपूर्ण ढंगले समस्या समाधान खोजिरहेको बताएका छन्। तालिबानविरोधी शक्ति मानिने पूर्वसरकारका उपराष्ट्रपति अमरुल्ला सलेहले पनि तालिबानले पन्जसिर उपत्यकालाई घेर्न लडाकुहरूलाई एकीकृत गरिरहेको दाबी गरेका छन्। साथै उनले पन्जसिर र आसपासका क्षेत्रमा तालिबानी लडाकुलाई बचेर हिँड्न पनि सुझाएका छन्। 

समाचार एजेन्सी एएफपीले अफगानिस्तानका पूर्वसरकारी सेनाका प्रवक्तालाई उद्धृत गर्दै पन्जसिर तालिबानसँग लामो संर्घषका लागि तयार रहेको जनाएको छ। तालिबानले बगलान प्रान्तमा बानुसहित तीन जिल्लामा कब्जा गरेको दाबी गरिरहँदा विरोधी समूहले भने ३ सय तालिबान लडाकु मारेको दाबी गरेको छ। तालिबानले भने त्यसलाई अस्वीकार गरेको छ । तालिबानका लागि पन्जसिर उपत्यका अन्तिम चुनौती बनेर खडा भएको छ। यस क्षेत्रलाई तालिबानसहित बाँकी विश्वले पनि चासोका साथ हेरिरहेको छ। हिन्दुकुश पहाडले घेरिएको यो क्षेत्र तालिबानविरोधी शक्तिकेन्द्रका रूपमा चिनिएको छ। यो क्षेत्रलाई अहमद मसुदको गढ मानिन्छ। उनी सोभियत संघ तथा तालिबानविरोधी नेता अहमद साह मसुदका छोरा हुन्।  

२००१ सेप्टेम्बरमा आतंकवादी समूह अलकायदा तथा तालिबानी विद्रोही समूहद्वारा उनका बाबुको हत्या भएको थियो। त्यतिबेलासम्म आफ्नो बलियो प्रभाव बनाएकाले उनलाई पन्जसिरका सिंहको उपनाम दिइएको थियो। बाबुको हत्यापछि अहमद मसुदले सो क्षेत्रमा नेतृत्व लिए। बाबुको पथलाई पछ्याउँदै उनले त्यहाँ आफ्नो प्रभाव जमाइरहेका छन्। अहमद साह मसुदले पनि सन् १९८० मा भएको सोभियत–अफगान युद्ध तथा सन् १९९० मा भएको तालिबान गृहयुद्धका बेला पनि त्यस क्षेत्रलाई हस्तक्षेपबाट बचाएका थिए ।

अहिले आफ्ना बाबुले जस्तै अहमद मसुदले पनि अफगानिस्तान कब्जा गरिसकेको तालिबानको पहुँच आफ्नो क्षेत्रमा पुग्न दिएका छैनन्। उनले तालिबानसँग लड्न आफू तयार रहेको बताएका छन्। उनले आफ्ना बाबुको पदचाप पछ्याउने भन्दै त्यसका लागि हतियार उपलब्ध गराउन अमेरिकासँग आग्रह गरेका छन्। उनले गत बुधबार अमेरिकी अखबार दी वासिङ्टन पोस्टमा एक लेख प्रकाशित गर्दै अमेरिकाले आफ्ना सैनिकलाई सहयोग गरेर लोकतन्त्रका पक्षमा उदाहरण पेस गर्न सक्ने बताएका छन्। उनले तालिबानसँग लड्न आफ्ना लडाकुहरू तयार रहेको तर त्यसका लागि अमेरिकी सहयोग आवश्यक रहेको बताएका छन् ।
अर्को समाचार
काबुल विमानस्थलबाहिरविस्फोट, कम्तीमा ११ को मृत्यु
११ भदौ २०७८
•
१ मिनेट पाठ
काबुल विमानस्थलबाहिरविस्फोट, कम्तीमा ११ को मृत्यु
अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा बम विस्फोट हुँदा अमेरिकी नागरिकसहित कम्तीमा ११ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य कयौं घाइते भएका छन्।अफगानिस्तानलाई तालिबानले कब्जा गरेसँगै विमानस्थलबाहिरदेश छोड्न चाहने अफगानीको भिड दैनिक रूपमा बढिरहेका बेला शक्तिशाली बम विस्फोट भएको हो।  




पेन्टागनका प्रवक्ता जोन किर्बीले काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाहिरभएको विस्फोटमा अमेरिकी नागरिकको मृत्यु भएको ट्विटरमार्फत जानकारी गराएका छन्। उनले विमानस्थलबाहिरको एबी द्वारमा भएको विस्फोट एक जटिल किसिमको हमलाको परिणाम भएको रत्यसमा परी कयौं अमेरिकी तथा आम नागरिकको मृत्यु भएको उल्लेख गरेका छन्। उनले एबी द्वारको नजिकै रहेको बारन होटलमा पनि विस्फोट भएको बताएका छन्। बिबिसीले विमानस्थलबाहिरदुईवटा विस्फोट भएको रत्यसपछि गोली चलेको जनाएको छ।  

विस्फोट भएका ठाउँमा विगत केही दिनदेखि मुलुक छोड्न चाहने अफगानीको भिड हुने गरेको बिबिसीले जनाएको छ। तालिबानी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले विस्फोटमा परी ११ जनाको मृत्यु भएको उल्लेख गरेको छ। मृत्यु हुनेमा महिला तथा बालबालिका रहेको जनाइएको छ। घटनामा परी कयौं घाइते भएको रतिनमा तालिबानी लडाकुसमेत रहेको बिबिसीले जनाएको छ। प्रत्यक्षदर्शीले विस्फोट निकै शक्तिशाली रहेको बताएका छन्। उक्त विस्फोटमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।

अमेरिकी अधिकारीहरूले केही दिनअघि विमानस्थल आसपासका क्षेत्रमा आक्रमण हुनसक्ने भन्दै आफ्ना नागरिकलाई सचेत गराएका थिए। अफगानिस्तानका लागि फ्रान्सका राजदूत डेविड मार्टिनले पनि मानिसलाई विमानस्थल गेटबाट टाढा जान आग्रह गरेका छन्। उनले थप विस्फोटको सम्भावनालाई ध्यान दिई यस्तो आग्रह गरेका छन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस