चीन सरकारद्वारा अलिबाबामाथि झण्डै तीन अर्ब डलर जरिवाना
२८ चैत्र २०७७
•
२ मिनेट पाठ
चीन सरकारद्वारा अलिबाबामाथि झण्डै तीन अर्ब डलर जरिवाना
चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ। एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो।  




चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)” ले गत डिसेम्बरमा अलिबाबामाथि सुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नु परेको निष्कर्ष सार्वजनिक गरेको छ।  

अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाई छ।  

एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ।  

कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको छ एवं व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लङ्घन गरिदिएको नियामक निकायले जनाएको छ।

ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो। सन् २०१५ मा क्वालकममाथि झण्डै एक अर्ब डलरको जरिवाना गरिएको थियो।  

अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत हो। सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो।  

अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न बुझाउन राजी भएको जनाएको छ। साथै कम्पनीले सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ।  

अलिबाबा र अन्य अग्रणी चिनियाँ प्रविधि कम्पनीहरुमाथि पछिल्ला केही समयदेखि चीन सरकारले छानबिन सुरु गरेको थियो। खासगरी चीनका ठूला कम्पनीले चीन सरकारका नीति नियममाथि दबाब बढाउन थालेपछि अनुसन्धान थालिएको हो।

आजभोलि चीनका करोडौं नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन्। ग्राहकहरुले एकआपसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन्।

तर अलिबाबामाथि चीन सरकार निकै बढी क्रुद्ध भएको थियो। गत अक्टोबरमा अलिबाबाका सहसंस्थापक ज्याक मा ले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलिबाबामाथिको छानबिनलाई तीव्र बनाइएको थियो।  

अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट ग्रुपको शेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अबरुद्ध गरिदिएपछि ज्याक मा बढी नै आक्रोशित भएका थिए।  

ई–कमर्श क्षेत्रका विशाल कम्पनीहरु अलिबाबा र जेडी डट कम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव सिर्जना गरिसकेका छन्। अमेरिकी प्रतिस्पर्धी कम्पनीलाई चीनले आफ्नो बजारमा प्रवेश नदिएपछि अलिबाबा समेतका चिनियाँ कम्पनीले देशभित्रको ठूलो बजारबाट राम्रै फाइदा लिइरहेका छन्।

चिनियाँ कम्पनीहरुले उपभोक्ताका निजी विवरण सङ्ग्रह गरेको भनेर विवाद उत्पन्न भइरहेका समयमा अमेरिकी ठूला प्रविधि कम्पनीहरु फेसबुक, गूगल माथि पनि देश भित्र र बाहिर छानबिन र अनुसन्धान जारी छन्।
अर्को समाचार
त्रिविबाहेकलाई चिन्दैन सरकार
२३ पौष २०८०
•
४ मिनेट पाठ
त्रिविबाहेकलाई चिन्दैन सरकार
सरकारले कानुनद्वारा आफैंले स्थापना गरेको विश्वविद्यालयलाई अर्घेल्याइँ गरेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयबाहेक अन्य विश्वविद्यालयको अस्तित्व सरकारले स्वीकार गर्न नसकेको देखिएको हो।




हालै चीन सरकारले सन् २०२४-२५ का लागि इन्जिनियरिङ र कृषि विषयमा स्नातक र स्नातकोत्तर तह अध्ययनका लागि २३ नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ।

यसको सूचना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरी आफ्नो वेबसाइटमा राखेको छ। तर, सूचनामा चीन सरकारले नेपाली विद्यार्थीका लागि उपलब्ध गराएको छात्रवृत्तिका लागि दरखास्त दिन पाउने शैक्षिक योग्यतामा त्रिभुवन विश्वविद्यालयको सम्बन्धित विषयको प्रवेश परीक्षा पास हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

यसले मुलुकभित्र अन्य विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विदेशी छात्रवृत्ति पाउने अवसरबाट वञ्चित पारेको स्पष्ट भएको छ। चीन सरकारले यति धेरै संख्यामा उपलब्ध गराएको छात्रवृत्तिका लागि त्रिविबाहेक अन्य विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थी सहभागी हुन नपाउने व्यवस्थाले देशभित्रै अन्य विश्वविद्यालयका विद्यार्थीमाथि अन्याय भएको शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइ छ।

उनले सरकारले आफैंले कानुन बनाएर स्थापना गरेका अन्य विश्वविद्यालयलाई चिन्न नसक्नु विडम्बना नै बनेको बताए। मन्त्रालयले सूचनामा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीले साधारण तथा आरक्षित सिटमा मन्त्रालयले पुस १८ गते को निर्णयले आवश्यक योग्यता पुगेका व्यक्तिले आवेदन गर्न आह्वान गरेको छ। 

योग्यतामा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ विषयको स्नातक तह र स्नातकोत्तर तहका लागि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र कृषि विषयका लागि स्नातक र स्नातोत्तर तहमा त्रिभुवन विश्वविद्यालयकै कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कीर्तिपुरले पछिलोपटक सञ्चालन गरेको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ।

स्नातक तहका लागि २५ वर्ष उमेर पूरा नभएका र स्नातकोत्तर तहका लागि ३५ वर्ष पूरा नभएका उम्मेदवार योग्य हुने व्यवस्था गरेको छ।  

‘२०६२-६३ पछि हामीकहाँ सरकारले कृषि तथा वन विश्वविद्यालय नै स्थापना गरेको छ। काठमाडौं विश्वविद्यालय स्थापना भएको २५ वर्ष भइसक्यो,’ कोइरालाले भने, ‘हाल हामीसँग १३ विश्वविद्यालय भइसके।

अब पनि त्रिविलाई मात्र किन किन सरकारले समातेर बस्नुप¥यो ?’ उनका अनुसार चीन वा अन्य विदेशी सरकारले नेपाली विद्यार्थीलाई दिएको छात्रवृत्तिमा सबै नेपाली योग्य विद्यार्थीको अधिकार हुनुपर्छ। एउटा विश्वविद्यालयभित्र मात्र सीमित गर्नु हुँदैन। सरकार आफंैले कानुन बनाएर स्थापना गरेको अन्य विश्वविद्यालयलाई नचिन्ने र त्रिविलाई मात्र चिन्ने दुईखाले व्यवहारको अन्त्य हुनुपर्छ।

विदेशबाट प्राप्त छात्रवृत्तिमा त्रिविलाई मात्र मेरिट मान्नु अन्याय हुने उनको ठहर छ। ‘सरकारले गरेको यस्तो व्यवस्थाका कारण अब छात्रवृत्ति पाउनको लागि मेरिटमा बस्न विद्यार्थी अनिवार्य त्रिविमा भर्ना हुनैपर्ने देखियो,’ शिक्षाविद् कोइराला भन्छन्, ‘अब सरकारले सबै विद्यार्थी समेट्नेगरी ऐन नियम संशोधन गरी समयानुकूल बनाएर जानुपर्छ।’ उनका अनुसार सबैलाई समेट्ने गरी एउटा सक्षमता परीक्षा लिने व्यवस्था गर्नुपर्छ।’  

शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख एवं सहसचिव श्रीप्रसाद भट्टराईले मन्त्रालयले छात्रवृत्ति नियमावली २०६० अनुसार चीन सरकारको छात्रवृत्तिका लागि सूचना सार्वजनिक गरेको भए पनि विभेदपूर्ण भएको भन्दै आवाज उठिरहेको बताए।

उनले नियमावलीमै छात्रवृत्ति कोटाका लागि त्रिवि प्रवेश परीक्षा पास हुने व्यवस्थाले अन्य विद्यार्थी अन्यायमा परेको मन्त्रालयले समेत महसुस गरेको बताए। भट्टराई भन्छन्, ‘शिक्षा मन्त्रालय समयनुकूल नियमावली परिवर्तन गर्नुपर्ने छलफलमा छ। कानुनबाट स्थापना भएका विश्वविद्यालय नचिन्ने भन्ने हुँदैन।’ उनका अनुसार विदेशीले उपलब्ध गराउने छात्रवृत्तिमा सबैको पहुँचका लागि मन्त्रालयले नियमावली परिवर्तन गर्ने तयारी गरिरहेको छ।

यसपटक चीन सरकारले स्नातक तर्फ कृषि, पशु, सिभिल एभिएसन अपरेसन एन्ड इन्जिनियरिङ र जेनेटिक इन्जिनिरिङमा एकएक विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराएको छ भने स्नातकोत्तरतर्फ सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन, मेकानिकल, एरोस्पेस, एग्रिकल्चर र आर्किटेक्चर इन्जिनियरिङमा एक÷एक कोटा उपलब्ध गराएको छ। यसैगरी, कृषितर्फ इन्जिनियरिङका विभिन्न विषयका नौवटा कोटा उपलब्ध गराएको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस