डेनमार्कमा अझै तीन हप्ता अस्ट्राजेनिका खोप नलगाइने
१३ चैत्र २०७७
•
१ मिनेट पाठ
डेनमार्कमा अझै तीन हप्ता अस्ट्राजेनिका खोप नलगाइने
डेनमार्कमा कोरोनाभाइरसविरुद्ध लगाईंदै आएको अस्ट्राजेनिका खोप अझै तीन हप्ता नलगाइने भएको छ। रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का उत्पन्न भएपछि डेनमार्कमा खोप लगाउने अभियान स्थगित गरिएको थियो। स्थगनको समयावधि अझै तीन हप्ता लम्बिने भएको छ।




खोप लगाउने अभियान थप तीन हप्ता स्थगन गर्ने निर्णय बिहीबार भएको अधिकारीहरूले जानकारी दिएका छन्। खोपको गुणस्तर, प्रभावकारिता र उपयोगिता माथि शङ्का गर्दै खोप लगाउने अभियान स्थगन गर्ने डेनमार्क नै पहिलो मुलुक हो। डेनमार्कले मध्य मार्चमा स्थगत गरेपछि अरु धेरै देशहरूले पनि खोप लगाउने अभियान स्थगन गरेका थिए। 

कतिपय देशहरूले अहिले पनि खोप लगाउन फेरि सुरु गरेका छैनन् भने कतिपय देशहरूले पहिला स्थगन गरेपनि अहिले फेरि खोप लगाउन थालेका छन्। खोपको गुणस्तर र उपयोगिता माथि प्रश्न उठेपनि धेरै देशहरूले भने खोप लगाउने अभियान स्थगित गरेका थिएनन ।  

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका धेरै अन्तर्राष्ट्रिय निकाय र पछिल्ला विभिन्न अध्ययनहरुले समेत खोपप्रति शङ्का गर्नु आवश्यक नरहेको बताउदै आएका छन्। डेनमार्कका उच्च स्वास्थ्य अधिकारी सोरेन ब्रोस्टर्मले पत्रकार सम्मेलनमा भने, 'हामीले आगमी तीन हप्ता अर्थात अप्रिल १८ सम्म खोप अभियानलाई स्थगित नै राख्ने निर्णय गरेका छौँ।' 

आफ्ना घरेलु विज्ञहरूको सुझावका आधारमा सरकारले स्थगनलाई निरन्तरता दिने निर्णय गरेको पनि उहाँले स्पष्ट पारे झण्डै ५८ लाख जनसङ्ख्या रहेको मुलुक डेनमार्कमा अहिलेसम्म दुई लाख २७ हजार ८९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४०५ जनाको कारोनाका कारण मृत्यु भएको छ। 
अर्को समाचार
रोकियो अन्ततः सपनासरहको यात्रा
२५ असार २०७८
•
२ मिनेट पाठ
रोकियो अन्ततः  सपनासरहको यात्रा
प्रतियोगितामा दुखद सुरुआत गरेको डेनमार्कले युरो कप २०२० को समूहचरण पार गर्ने सायदै कसैले कल्पना गरेका थिए होलान्। समूहचरण पार नै सपनासरह रहेको डेनमार्कको यात्रा अन्ततः सेमिफाइनलमा गएर टुङ्गिएको छ।




समूह ‘बी’ मा रहेको डेनमार्क आफ्नो घरेलु मैदानमा फिनल्यान्डविरुद्धको खेलका लागि उत्रियो। खेलको ४३ औँ मिनेटमा मिडफिल्डर क्रिस्टियन इरिक्सन हृदयाघातका कारण मैदानमा ढले। मैदानमा प्राथमिक उपचारपछि जीवन जित्न सफल इरिक्सनको खेलजीवन भने दुबिधामा पर्‍यो। इरिक्सन विगत एक दशकमा डेनमार्कले पाएका सर्वोत्कृष्ट खेलाडी थिए। उनको दुखद बहिर्गमनले डेनिस टोली आत्तिएन। बरु युरो कप २०२० को सबै खेलमा प्राप्त गरेको सफलता इरिक्सनप्रति समर्पण गरिरह्यो।  

सो घटना घटेको तीन साताबीच डेनमार्कले सन् १९९२ को युरो कपमा जस्तै यस पटक पनि युरो कप विजेताको ताज पहिरिने संकेत गरेको थियो। तर बुधबार वेम्बलीमा डेनमार्कको युरो कप २०२० को यात्रामा पूर्णविराम लाग्यो। इङ्ल्यान्डले वेम्बलीमा उपस्थित ६५ हजार समर्थकमाझ डेनमार्कलाई २–१ ले हराउँदै पहिलो पटक युरो कप फाइनलको टिकट पक्का गर्‍यो। १–१ को बराबरीपछि अतिरिक्त समयमा धकेलिएको खेलमा डेनमार्कका योहकिम महेलले रहिम स्टर्लिङलाई लडाएपछि  

इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। डेनमार्कका लागि मैदानभित्र र बाहिर नायक साबित गोलकिपर कास्पर स्माइकलले इङ्ल्यान्डका कप्तान ह्यारी केनको पेनाल्टी रोकेका थिए। तर, रिबाउन्डमा प्राप्त बललाई केनले जाली चुमाउँदै इङ्ल्यान्डको फाइनल यात्रा पक्का गरे। ‘हामीले खेल हार्नु एउटा पक्ष होला तर यसरी हार्नु निकै दुखद हो। किनभने यी खेलाडीले अन्तिमसम्म लडाइँ जारी राखेका थिए,’ डेनमार्कका प्रशिक्षक कास्पर हिजुलम्यान्डले भने, ‘प्रतियोगितामा हाम्रो दुखद अन्त्य भयो।’

पहिलो खेलमा फिनल्यान्डसँग निराश बनेको डेनमार्क दोस्रो खेलमा बेल्जियमसँग हारेको थियो। आफ्नो प्रमुख खेलाडीको बहिर्गमनले अत्तालिएको डेनमार्क लगातार दुई हारले थप निराश बन्यो। तर अन्तिम खेलमा रूसविरुद्ध डेनिस टोलीले देखाएको उच्च मनोबल नै टोलीको सेमिफाइनलसम्मको यात्राको मुख्य कारक बन्यो। रूसविरुद्धको जितले तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा बस्दै अन्तिम १६ मा प्रवेश गरेको डेनमार्कले त्यहाँ वेल्सको चुनौती समाप्त पारेको थियो। क्वार्टरफाइनलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ ले हराएको थियो। मिकेल डम्सगार्डको फ्रिकिकमा अग्रता लिएको डेनमार्क काजरको आत्मघाती गोलले निर्धारित समयमा जितबाट टाढिएको थियो। ‘हामी उच्च आत्मबलले नै यहाँसम्म आइपुगेका हौं,’ हिजुलम्यान्डले भने, ‘म यहाँसम्मको यात्रा दौरान व्यवस्थापन टोलीले दिएको साथ बारे शब्दमा वर्णन गर्न सक्दिनँ। मेरा दुई खेलाडीले अर्को एक उत्कृष्ट खेलाडीको जीवन बचाए। साथै इरिक्सनको स्वास्थ्य उपचारमा संलग्न टोलीको भूमिका अहम् रह्यो। म समग्र राष्ट्रलाई धन्यवाद दिन चाहन्छु।’
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस