चिनियाँ डाक्टर ली वेनलियाङको मृत्यु भएको एक वर्ष बितिसकेको छ। जसले सबैभन्दा पहिला विश्वलाई कोरोना भाइरसको चेतावनी दिएका थिए। डा. वेनलियाङ एक नायकको रूपमा विश्वव्यापी रूपमा छलफल गरिएको थियो। तर डा. वेनलियाङको मृत्यु पनि कोरोना भाइरसको कारण भएको थियो। उनको बारेमा चीनको आधिकारिक मिडियामा केही विरोधाभासी खबरहरू समेत आएका थिए। यसको तीन दिनपछि प्रहरी उनको घरमा गएर उनलाई यस्तो जानकारी दिने काम रोक्न चेतावनी दिएको थियो।
तर वुहान अस्पताल जहाँ डा.वेनलियाङ काम गर्थे र उनको उपचार त्यहीँ गरिएको थियो। गत महिना मात्र अस्पतालले वेनलियाङ मृत्युको कारण संक्रमण भएको खुलासा गरेको थियो। वेनलियाङले सन् २०१९ को डिसेम्बरको अन्तिम दिनमा आफ्ना साथी डाक्टरलाई संक्रमण फैलिएको विषयमा जानकारी दिएका थिए। यो विश्वास गरिन्छ कि उनीपनि बिरामीद्वारा संक्रमित थिए। उनी कोरोना भाइरससँग संघर्ष गर्दै मृत्यु अघि तीन हप्तासम्म अस्पतालमा रहेका थिए।
वेनलियाङलेले गत वर्ष जनवरीमा अस्पतालको ओछ्यानबाट चिनियाँ सोशल मिडिया साइट वीबोमा मा आफ्नो कथा पोष्ट गरेका थिए। आफ्नो कुरा लेख्दै उनले लेखे, सबैलाई नमस्कार म डा. ली वेनलियाङले एक नेत्र रोग विशेषज्ञ हुँ र वुहान केन्द्रीय अस्पतालमा काम गर्छु। डा.वेनलियाङलेको कथाले देखायो कि कसरी वुहानका सरकारी संगठनहरूले कोरोना भाइरस संक्रमणको प्रकोपको प्रारम्भिक चरणमा गैरजिम्मेवारपूर्ण कार्य गरेका थिए।
डिसेम्बरमा डा.वेनलियाङले भाइरस संक्रमणको सात घटनाहरू देखे जुन उनलाई सार्स जस्तै लाग्यो। सार्स यो भाइरस हो जसले २००३ मा विश्वव्यापी महामारीको सिर्जना गर्यो र विश्वभर कहर मच्चायो। यी केसहरू वुहानको ह्वानान सी फूड मार्केटसँग सम्बन्धित थिए र सबै बिरामीहरूलाई डा.वेनलियाङको अस्पतालमा राखीएको थियो।
३ डिसेम्बरमा उनले एक ग्रुप च्याटमा आफ्ना साथी चिकित्सकहरूलाई सन्देश पठाए। यसमा उनले संक्रमणलाई फैलाउन नदिन चेतावनी दिए र संक्रमणबाट जोगिन सबैले सुरक्षात्मक लुगा लगाउनु पर्छ भनेर भने।
त्यसको चारदिनपछि उनलाई पब्लिक सेक्युरिटी ब्युरोमा बोलाइयो। जहाँ उनलाई एक पत्रमा हस्ताक्षर गर्न लगाइयो। उक्त पत्रमा उनलाई ‘गलत बयान दिएको’ आरोप लगाइएको थियो, जसको कारण ‘सामाजिक शान्ति नराम्रोसँग बिग्रिएको’ आरोप लगाइएको थियो। तर, प्रहरीसँग भेटेपछिको एक सातामा नै वेनलियाङ एक महिलाको उपचार गरिरहेका थिए। तर, उनलाई ती महिला कोरोना संक्रमित हुन् भन्ने थाहा थिएन।
त्यतिखेर डा.वेनलियाङलाई यो थाहा थिएन कि रोग बाहिर आएको छ र यो बिल्कुलै नयाँ रोग हो। एक नयाँ कोरोना भाइरस हो जुन विश्वमा विनाशकारी बनेर फैलिँदै छ। प्रहरीले अफवाह फैलाउने मामलामा अनुसन्धान गरिरहेका आठ व्यक्तिमध्ये वेनलियाङ पनि थिए। पत्रमा लेखिएको थियो, ‘हामी तपाईंलाई चेतावनी दिन्छौं कि यदि तपाईं अझै पनि जिद्दी गर्नुहुन्छ र यो गैरकानुनी गतिविधि जारी राख्नुहुन्छ भने तपाईंमाथि कानुनी कारबाही हुनेछ। तपाईंले बुझ्नुभयो ?’ त्यसको मुनि वेनलियाङको हस्ताक्षरमा लेखिएको थियो ‘अँ, मैले बुझेँ।’
जनवरी २०२० को अन्तमा, डा.वेनलियाङले यस पत्रको एक प्रति सोशल मीडिया वेबसाइट वीबोमा पोष्ट गरे र उनलाई के भयो भनेर वर्णन गरे। जनवरीको शुरुवाती हप्ताहरूमा वुहानका अधिकारीहरूले भने कि जनावरहरूको सम्पर्कमा आएका व्यक्तिहरू मात्र भाइरसको सिकार हुन सक्छन्। र मानवबाट मानवमा कुनै संक्रमण छैन। यो कति गलत थियो। यसको कारणले गर्दा, डाक्टरहरूलाई संक्रमण रोक्न कुनै दिशानिर्देश दिइएन।
वेनलियाङले आफूलाई जनवरी १० मा खोकी लाग्न थालेको उल्लेख गरेका छन्। त्यसको अर्को दिन उनलाई ज्वरो आयो र दुईदिनपछि अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आयो। उनका मातापिता पनि बिरामी परे र अस्पतालमा भर्ना भए यसको १० दिनपछि २० जनवरीमा चीनमा स्वास्थ्य आपतकाल घोषणा गरियो र यसको दुई महिनापछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यसलाई विश्वव्यापी महामारी घोषणा गर्यो।
जनवरी ३० डा.वेनलियाङले एक पटक वीबोमा पोस्ट गरे। यस पोष्टमा उनले भने आज न्यूक्लिक एसिड परीक्षणको नतीजा आएको छ र परिणाम सकारात्मक छ। उनले आफ्नो पोष्टको साथ कुकुरको इमोजी राखे जसको आँखा फर्किएको र जिब्रो बाहिरतिर थियो। यस पोष्टमा डा.वेनलियाङको समर्थनमा १० लाखभन्दा धेरै कमेन्ट आएका छन्।
एक प्रयोगकर्ताले आफ्नो देशको बारेमा चिन्ता व्यक्त गर्दै लेखे डा.वेनलियाङ नायक हो, भविष्यमा जब डाक्टरहरूले संक्रामक रोगहरूको संकेत देख्दछन्, आगामी चेतावनी जारी गर्नु अघि उनीहरू बढी डराउनेछन्। सार्वजनिक स्वास्थ्यको लागि सुरक्षित वातावरण सुनिश्चित गर्न लाखौं डा.वेनलियाङ चाहिन्छ। यसको केही दिनमै डा.वेनलियाङ फेब्रुअरी २०२० मा मृत्यु भयो। उनी ३४ वर्षको मात्र थिए।
सोशल मिडिया साइट वीबोमा डा.वेनलियाङको मृत्युको खबर फैलिएपछि शोक र क्रोधको लहर छायो। वीबोमा दुई ट्रेन्डिंग ह्रयास्ट्यागहरू थिए जसमा भनिएकाे थियो वुहान सरकारले वेनलियाङसँग माफी माग्नु पर्छ र हामीलाई बोल्न स्वतन्त्रता चाहिन्छ।
चिनियाँ सरकारले यस रिस र आक्रोशको सामना गर्न धेरै टिप्पणीहरू सेन्सर गरेको छ। तर भविष्यमा चिनियाँ सरकारले बुझे कि चिनियाँ जनता यस व्यक्तिको लागि दुखी हुनु आवश्यक छ। तर उनको मृत्युको एक बर्ष पछि चीन भाइरस नियन्त्रण गर्न सफल भइरहेको छ। त्यस पछि धेरै टिप्पणीहरूमा आशाको किरण बनेका छन् वुहानमा जीवन सामान्य देखिन्छ। तर उनीहरूले सोच्दैनन कि कसरी यो भाइरसले संसारलाई बदलेको छ। बीबीसी हिन्दीबाट