संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले म्यानमारको सैनिक कुटनीति देशका सर्वोच्च नेता आङ सान सुकी र राष्ट्रपति विन म्यान्टलगायत धेरै वरिष्ठ नेताहरुलाई हिरासतमा लिएको कदमको निन्दा गरेका छन्। उनले अमेरिकाले यस परिस्थितिको अनुगमन गरिरहेको बताउँदै म्यानमारले देशमाा प्रजातन्त्र पुनर्स्थापनाका लागि सही कदम चालेन भने पुन: प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। अमेरिका सधैं प्रजातन्त्रमाथि हुने आक्रमणको विरुद्धमा उभिने बाइडेनको भनाइ छ।
म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको थियो। आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिएको छ। रिपोर्टका अनुसार राजधानीमा सञ्चारका सबै साधनहरूमा प्रतिबन्ध लगाइएको छ। साथै म्यानमारबाट विदेश जाने सबै उडानहरू समेत प्रतिबन्धित गरिएको छ।
अमेरिकी विदेश मंत्री टोनी ब्लिंकनले सेनालाई तुरुन्तै 'कू' कार्य रोक्न माग गरेका छन्। उनले सुकी र अन्य नेताहरुलाई तुरुन्त रिहाइ गर्न अपील समेत गरेका छन्। उनले यदि यी कदमहरु फिर्ता लिइएन भने कारबाही गर्ने चेतवानी दिएका छन्। यद्यपि उनले के गर्न सकिने भनेर स्पष्ट पारेका छैनन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि म्यानमार विरुद्ध नयाँ प्रतिबन्ध लगाउनेबारे तुरून्त समीक्षा गर्ने संकेत गरेका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेस, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका विदेश मंत्री मारिज पेनेले पनि उक्त विद्रोहको निन्दा गरेका छन्।