बाइडेनलाई विश्वका नेताहरुबाट बधाई
०८ माघ २०७७
•
४ मिनेट पाठ
बाइडेनलाई विश्वका नेताहरुबाट बधाई
संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिएका छन्। विगत चार वर्ष डोनाल्ड ट्रम्प प्रशासनका उतारचढाब झेलेका देशका नेताहरुले डेमोक्रेटिक पार्टीबाट निर्वाचित बाइडेनले सुझबुझपूर्ण व्यवहार गर्ने विश्वास लिएका छन्।




युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई ट्वीट मार्फत बधाई दिँदै भनेका छन्, 'युरोपेली युनियन र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुनेछ।' युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले भनेकी छन्, 'नयाँ बिहानी,नयाँ शुरुआतका लागि युरोप तयार छ।'

इरानका राष्ट्रपति हस्सन रौहानीले पनि ट्रम्पको पलायनबाट आफूहरु खुशी भएको बताएका छन्। उनले आणविक विषयलाई लिएर इरानमाथि ट्रम्पको कार्यकालमा लगाइएका आर्थिक नाकाबन्दीहरु फुकुवा हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, 'बाइडेन प्रशासनले गत चार वर्षमा इरानमाथि गरिएका अपराधलाई हटाउन मद्दत गर्ने विश्वास लिएका छौं। इरानसँग भएको आणविक सम्झौतामा अमेरिका पुनः फर्किने हामीले आशा गरेका छौं।'

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दुई देशबीच लामो समयदेखि जारी मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति बाइडेनसमक्ष आग्रह गरेका छन्। उनले भिडियो सन्देशमार्फत भनेका छन्, 'अमेरिका–इजरायल सम्बन्धलाई थप गति प्रदान गर्न आफ्नो मुलुक तयार छ। इजरायल र अरब मुलुकहरुबीच शान्ति कायम गर्ने प्रयास थप विस्तार हुने तथा इरानका तर्फबाट उत्पन्न त्रासलाई साम्य बनाउने चुनौतीलाई मिलेर सामना गर्न इजरायल प्रतिक्षारत छ।'

नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गले उत्तर अमेरिका र युरोपबीचको मित्रता हाम्रो सुरक्षाको आधार हो, र बलियो नेटो युरोप र अमेरिका दुबैका लागि हितकर रहेको छ भनेका छन्। उनले नेटोका गठबन्धन मुलुकहरुले चीनको तिब्र विकास, अफगानिस्तान र इराक समेतमा आतंकवादको चुनौती तथा रसियाका गतिविधिमाथि विचार गर्न मिलेर जानुको विकल्प नरहेको बताए। पोप फ्रान्सिसले राष्ट्रपति बाइडेनलाई विश्वभर 'भाइचारा र शान्ति' लाई प्रवर्धन गर्न आग्रह गरेका छन्।

रसियाली राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले संयुक्तराज्य अमेरिकासँग साँचो अर्थमा मित्रवत सम्बन्ध स्थापना गर्न रसिया तयार रहेको बताएका छन्। रसियाली विदेश मन्त्रालयले जारी गरेको अर्को विज्ञप्तिमा हतियार नियन्त्रण सम्बन्धी आगामी वार्तामा बढी नै रचनात्मक पहल अमेरिकी नेतृत्वबाट प्रस्तुत हुने जनाएको छ। जर्मनीकी चान्सलर एन्जेला मर्केलले जर्मन–अमेरिकी मित्रता र सहयोगमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको भन्दै बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेका छन्।  

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले ट्वीट गर्दै भनेका छन्, 'अमेरिकी जनताका लागि यो विशेष अवसरका लागि बधाई र उत्तरोत्तर प्रगतिको कामना।' उनले भने, 'हामी सँगै, साथमा छौं। हाम्रो समयका चुनौतीको सामना गर्न हामी अझ बलियो हुनेछौं। हाम्रो पृथ्वीको रक्षा गर्न अझ बलियो हुनु पर्नेछ। पेरिस सम्झौतामा पुनः स्वागत छ।'

डोनाल्ड ट्रम्पसँग निकै हिमचिम रहेको भनी आलोचित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि बाइडेनसँग निकट सम्बन्ध राखेर कार्य गर्न चाहेको बताएका छन्। उनले भनेका छन्, 'कोभिड विरुद्धको संघर्ष, जलवायू, प्रतिरक्षा, सुरक्षा हाम्रा साझा मुद्दा हुन्। विश्वमा प्रजातन्त्रको प्रवर्धन र रक्षा गर्नु हामी दुबै मुलुकको लक्ष्य नै हो।' क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि कोरोनाभाइरस, जलवायू परिवर्तन र आर्थिक पुनरुत्थानजस्ता मुद्दामा राष्ट्रपति बाइडेनसँग मिलेर कार्य गर्न आफू तयार रहेको बताएका छन्।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन् 'संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिको शपथ लिनु भएकामा आफ्ना तर्फबाट बाइडेनलाई न्यानो बधाई। भारत–अमेरिका रणनीतिक सम्बन्धलाई थप बलियो बनाउन म तयार छु।' जापानका प्रधानमन्त्री योशिहिदे सुगा र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले पनि राष्ट्रपति बाइडेनलाई कार्यकाल सफलताको बधाई दिँदै आ–आफ्ना मुलुकसँग अमेरिकाले पुरानो मित्रता यथावत रहने र थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

कुवेत, कतार, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरुले पनि बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई सन्देशहरु पठाएका छन्। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि बाइडेनसँग मिलेर कार्य गर्न आफू अधैर्यपूर्वक प्रतिक्षा गरिरहेको बताएका छन्।
अर्को समाचार
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
२३ मिनेट अघि
•
१ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
काठमाडौं। भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ। उनको घोषणाले बंगलादेशको अन्तरिम सरकारलाई चुनौती थपेको छ भने भारतलाई समेत कूटनीतिक दबाबमा पारेको छ।




सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनबाट १५ वर्ष लामो शासन अन्त्य भएपछि देश छाडेर नयाँदिल्ली पुगेकी ७९ वर्षीया हसिनाले अबको १९ दिनमा बंगलादेश फर्किने बताएकी हुन्। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको सम्झनामा मनाइने विजय दिवसकै दिन फर्किने घोषणा गर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

हसिनाका निकट सहयोगीका अनुसार उनी दिल्लीबाट विमानमार्फत फर्किने योजनामा छिन्। त्यसका लागि बंगलादेश सरकारसँगै विमानको व्यवस्था गर्न आग्रह गरिएको छ। सरकारले व्यवस्था नगरे व्यावसायिक उडान वा स्थलमार्ग हुँदै सीमा पार गरेर भए पनि फर्किने उनको योजना रहेको सहयोगी अबु ओबैदा अरिनले बताएका छन्।

‘उनी त हिँडेरै बंगलादेश प्रवेश गर्न पनि तयार छिन्,’ अरिनले बीबीसीसँग भनेका छन्। तर हसिनाको स्वदेश फिर्ती सहज छैन। मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै बंगलादेशको अदालतले उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२४ को आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाहीबाट करिब १४ सय जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको अनुमान छ। बंगलादेश सरकारले फर्किएलगत्तै पक्राउ गरी सजाय कार्यान्वयन गर्ने बताउँदै आएको छ।

हसिनाको घोषणाप्रति ढाकाले कडा प्रतिक्रिया जनाएको छ। बंगलादेशले भारतसँग उनको सुपुर्दगी माग दोहो¥याएको छ। विदेश राज्यमन्त्री हुमायुन कबिरले उनी सामान्य यात्रुका रूपमा फर्किन नसक्ने भन्दै हत्कडी लगाएर मात्रै ल्याउन सकिने बताएका छन्। भारतको विदेश मन्त्रालयले सुपुर्दगीसम्बन्धी अनुरोध स्थापित प्रक्रियाअनुसार विचाराधीन रहेको जनाएको छ।

राजनीतिक प्रभाव फर्काउने रणनीति
हसिनाको फिर्ती घोषणालाई बंगलादेशमा केवल स्वदेश फर्किने इच्छाका रूपमा मात्र हेरिएको छैन। यसलाई सरकारको नियन्त्रण क्षमता परीक्षण गर्ने, राजनीतिक बहसको केन्द्रमा पुनः आउने र आन्दोलनबाट बनेको राजनीतिक एकतामा देखिएको विभाजनको फाइदा उठाउने रणनीतिका रूपमा विश्लेषण गरिएको छ।

निर्वासनमा रहे पनि हसिनाले आफ्नो पार्टी अवामी लिगलाई सक्रिय राख्ने प्रयास गरिरहेकी छन्। सहयोगी अरिनका अनुसार उनले टेलिग्राममार्फत पार्टीका नेता तथा कार्यकर्तासँग नियमित संवाद गर्दै आएकी छन्। पछिल्लो १८ महिनामा तीन सयभन्दा बढी अडियो बैठक गरेको र ती बैठक ६४ जिल्ला तथा तीन सय निर्वाचन क्षेत्रका समर्थकसम्म पुगेको उनको दाबी छ।

हसिना फर्किने क्रममा सीमादेखि ढाकासम्म पाँच लाख मानिस परिचालन गरेर मानव साङ्लो बनाउने तयारी रहेको पनि सहयोगीको दाबी छ। तर अवामी लिग प्रतिबन्धित अवस्थामा छ। पार्टीका धेरै नेता विदेशमा, जेलमा वा भूमिगत छन्। कार्यकर्ताविरुद्ध हजारौं मुद्दा दर्ता भएका छन्। द्वन्द्व अनुगमन गर्ने संस्था एसिएलइडीका अनुसार यसै महिना अवामी लिग समर्थकले ४० प्रदर्शन र १४० भन्दा बढी दंगा गरेका छन्। राजनीतिक हिंसामा कम्तीमा ११ जनाको मृत्यु भएको छ। हसिनाको गृहजिल्ला गोपालगन्जसहित विभिन्न स्थानमा प्रहरी कार्यालय, सवारीसाधन र राजनीतिक नेताका घर तथा कार्यालयमा आक्रमणका घटना भएका छन्।

भारतलाई कूटनीतिक अप्ठ्यारो
हसिनाको घोषणाले भारतलाई पनि अप्ठ्यारोमा पारेको छ। भारतले उनलाई शरण दिएको छ भने उनले भारतीय भूमिबाट दिएका राजनीतिक अभिव्यक्तिले ढाकाको असन्तुष्टि बढाएको छ। बंगलादेशले सुपुर्दगी माग गरिरहे पनि भारतले यस विषयमा ठोस निर्णय गरेको छैन। व्यापार, सीमा सुरक्षा र पारवहनलगायत विषयमा सम्बन्ध सुधारको प्रयास भए पनि दुई देशबिच अविश्वास कायम छ।

लन्डनस्थित एसओएएस विश्वविद्यालयका प्राध्यापक अविनाश पालीवालका अनुसार हसिनाको घोषणाले निर्णय गर्ने दबाब दिल्लीबाट ढाकातर्फ सारेको छ। भारतले बंगलादेशको नयाँ सरकारसँग सम्बन्ध सुधारका लागि प्रयास गरे पनि अपेक्षित परिणाम नआएपछि निराश भएको उनको विश्लेषण छ।

अवामी लिगलाई बंगलादेशको राजनीतिबाट स्थायी रूपमा बाहिर राख्नु भारतको हितमा नहुने पालीवालको तर्क छ। पार्टीको सामाजिक र राजनीतिक प्रभाव अझै कायम रहेकाले नयाँ नेतृत्वमार्फत राजनीतिक प्रक्रियामा समेट्नु दीर्घकालीन समाधान हुन सक्ने उनको धारणा छ। तर बंगलादेशमा भारतले अवामी लिगलाई पुनः स्थापित गर्न खोजेको आशंका बढिरहेको छ। हसिनाको सुपुर्दगी टुंगोमा नपुग्नु, पारवहन सुविधासम्बन्धी विषय र गंगा नदीको जल बाँडफाँट सन्धिमा प्रगति नहुनुले पनि भारतप्रतिको अविश्वास बढाएको छ।

विश्लेषकहरूका अनुसार हसिना तत्काल फर्किने सम्भावना कम भए पनि उनको घोषणाले अवामी लिगका कार्यकर्तालाई उत्साहित बनाएको छ। उनी फर्किएमा राजनीतिक मेलमिलापभन्दा द्वन्द्व थप चर्किन सक्ने जोखिम पनि छ। यसले भारत र बंगलादेशबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिन्छ। (बिबिसीमा आधारित)
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस