तपाईंले इतिहासका थुप्रै रानीहरूका कथाहरू सुन्नुभएको होला। केही शाही फेसनका लागि प्रख्यात थिए त केही राजनीतिक विचारका लागि, तर संसारमा एक यस्ती बहादुर रानी पनि थिइन् जसको कथाले आजपनि धेरैलाई आफूतिर तान्ने गर्छ। एक यस्ती रानी जो अरु रानीहरू भन्दा बिलकुलै फरक थिइन्। उनी हुन् अफ्रिकाकी रानी अमीना, जसले आफ्नो कौशलताका साथ विश्वको सोच परिवर्तन गर्न सफल भएकी थिइन्। योसँगै, रानी र उनका श्रीमानहरुसंग सम्बन्धित रहस्य र रानीबारे यहाँ उल्लेख गरिएको छ।
अफ्रिकाकी खातुनको जन्म ई.१५३३ को प्रारम्भमा आधुनिक नाइजेरियाको कदुना प्रान्तको जाजु क्षेत्रमा भएको थियो जुन अहिले जारिया भनेर चिनिन्छ।
अमीना रानी बक्वा होबको गर्भबाट जन्मिएकी हुन्। ससुरा र श्रीमानको मृत्युपछि रानी बकवाले जाजाउमा साम्राज्य शासन गरिरहेकी थिइन्। आमीना १६ वर्षकी हुँदा उनकी आमा राज्यकी रानी बनेकी थिइन्। अमीनाले एक कुशल शासकको गुण आफ्नी आमाबाट पनि पाएकी थिइन्। उनी आफ्नी आमाबाट रानीको हैसियतमा उनको जिम्मेवारी सम्बन्धी सबै कुरा सिकेकी थिइन् र हजुरबुबा हजाजजा नोहिरसँग राज्यको बैठकहरूमा जाने गर्थिन् जहाँबाट उनले राजनीतिक र कूटनीतिक गुणहरू सिक्न थालिन्। आमिनाले बाल्यकालदेखि नै योद्धाको प्रशिक्षण लिन र युद्धको अभ्यासहरु सिक्न थालेकि थिइन्।
आमाको मृत्युपछि, अमीनाको भाइ कर्माले शासनको अधिकार लिए र अमीना भाइको शासनमा जाजाउ कलवरी र सेनामा एक महान योद्धाको रूपमा देखा परिन्। अमीनाले आफैंमा धन र शक्ति आर्जन गरिने उनको भाइ कर्माको शासन राम्रो रहेको थियो, तर उनको १५७६ मा मृत्यु भयो। उनको मृत्युपछि अमीना एक मात्र थिइन् जसले राज्य सम्हाल्न सक्ने नारी। जब अमीना जाजाउ साम्राज्यको नयाँ रक्षकको रूपमा नियुक्त भएकी थिइन्। उनले जाजाउसँग जोडिएका सबै व्यापार मार्गहरू विस्तार गर्ने ठूलो लक्ष्य राखिन्। अमीना जाजाऊको २४ औं रक्षक हबे थिइन् र उनको कार्यकालमा अमीनाले आफ्नो साम्राज्यलाई नयाँ उचाइमा पुर्याइन्।
अमीनासँग २० हजार सेनाको ठूलो फौज थियो। उनले आफ्नो व्यापार मार्गको विस्तारमा आउने शत्रुहरूको विरोध गरिन्। तिनीहरूलाई युद्धमा पराजित गर्नुका साथै थुप्रै विजय प्राप्त शहरहरूलाई आफ्नो राज्यमा सामेल गरिन्। यसपछि, अमीनाले धेरै ठाँउमा आफ्नो नामको विजय झण्डा फरफरहाईन्। सबैभन्दा बिशेष कुरा त उनको सामर्थ्यको अघि र शक्तिपछि कोही पनि टिक्न सक्दैनथे।
अमीनाले जहिले पनि पराजित राज्यका एक सिपाहीलाई उनको पतिको रूपमा रोज्ने गर्थिन्। र उनीसँग एक रात बिताएर भोलिपल्ट बिहान उनलाई मार्न लगाउँथिइन्। ताकि उसले अमीनाको कथा कसैलाई बताऊन नसकोस्। त्यसपपछि अमीनाले आफ्नो शक्ति गुमाउने डरले पनि कहिले बिहे गरेनन्।
अमीनाले जाजाउ साम्राज्यमा करिब ३४ वर्ष शासन गरिन्। उनी इतिहासमा उत्कृष्ट कमान्डरहरू मध्ये एक मानिन्छीन्। एक महिला भएकै कारण उनले आफूलाई चार पर्खालमा कैद गरिनन्। धेरै कलाहरू सिकिन्। यही कारणले गर्दा मानिसहरूले आमीनालाई उनकी आमापछि राज्यको नयाँ रानीको रूपमा चिन्थे।
अमीनालाई वाल्स अफ अमीना को रूपमा पनि चिनिन्छ। वास्तवमा उनले कब्जा गरेको प्रान्तहरूलाई पर्खालले घेरेर उनीहरूलाई क्यान्टोनमेन्टमा परिणत गरि अमीनाको आफ्नै राज्यको रक्षा गरिएाके थियो। अमीनाद्वारा निर्मित पर्खालहरू अझै पनि नाइजेरियामा देख्न सकिन्छ। १६१० ई मा रानी अमीनाको मृत्यु भयो। नाइजेरियाको बिदामा लड्दा लड्दै उनले वीर गति प्राप्त गरेकी थिइन्। आज पनि, रानी अमीनालाई उनको बीरताको लागि सधैं सम्झने गरिन्छ। रानी अमीनाले आफ्नो बहादुरी र कौशलताका कारण पुरुष प्रधान समाजको सोच परिवर्तन गर्न सफल भएकी थिइन्।
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।
रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।
बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।
‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको,कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।
बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।
यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...