केन्याको अवैध बजारमा बालबालिकाको व्यापार
०२ मंसिर २०७७
•
५ मिनेट पाठ
केन्याको अवैध बजारमा बालबालिकाको व्यापार
रेबेकाको छोरालाई राति थुतेर लगियो। उनी अझै पनि आफ्नो छोरो फर्काउने आशामा छिन्। रेबेकाको छोरो १० वर्षको भइसकेको छ। उनीसँग नरहेको उनको छोरा उनी बसोबास गर्ने नैरोबीमा नै पनि हुनसक्छ वा अन्यत्र कतै।




उनलाई थाहा छ कि छोरो मारिइसकेको पनि हुनसक्छ। रेबेकाले आफ्नो पहिलो सन्तान लरेन्स जोजायलाई अन्तिमपटक एक वर्षको हुँदा देखेको थिइन।

त्यसबेला उनी मात्र १६ वर्षकी थिइन्। यो मार्च २०११ को कुरा हो।

रेबेका १५ वर्षकी हुँदा उनकी आमाले विद्यालयको शुल्क तिर्न सकिनन्। उनले पढाइ छाड्नुपर्‍यो।

गरिबीले सडकमा पुगेकी उनले एउटा बूढो मानिस भेटिन्। त्यसले उनीसँग बिहे गर्ने वाचा गर्‍यो तर गर्भवती बनाएर छाडेर हिँड्यो। अर्को वर्ष लरेन्स जोजाय जन्मियो। रेबेकाले उसलाई एक वर्षसम्म पालनपोषण गरिन्।

छोरो गुमाउँदा...

लरेन्स एक वर्ष र केही महिनाको मात्र भएको थियो। एकरात निद्राले उनका आँखा बन्द भए, लरेन्स त्यसै रात हरायो।

भावुक बन्दै उनी भन्छिन्, 'मसँग अन्य सन्तान भए पनि उ मेरो पहिलो बच्चा थियो। उसैले मलाई आमा बनाएको हो। मैले कियाम्बु र क्ययोलेका सबै बालबालिका केन्द्रहरूमा खोजे तर मैले कहिल्यै उसलाई भेट्न सकिन।'

रेबेका अहिले पनि नैरोबीको सोही सडकमा बस्छिन्। उनका हाल आठ, छ र चार वर्षका तीन छोरीहरू छन्। रेबेका र उनकी कान्छी छोरी। उनी भन्छिन्स् 'हामी सतर्क हुनुपर्छ नत्र धनी मानिसले हाम्रो सन्तार चोर्छन्'

उनकी सबैभन्दा सानी छोरीलाई पनि एकपटक त्यस क्षेत्रमा घुमिरहेको एउटा मानिसले समातिसकेको थियो।

करिब एक वर्षकी उनकी छोरीले पेय पदार्थ किनिदिन आग्रह गरेको उसले दाबी गरेको थियो। उनले उक्त मानिसलाई पछ्याइन्। त्यो मानिस एउटा कारमा चढ्यो जहाँ एउटी महिला उसलाई पर्खिरहेकी थिइन्। अर्को दिन पनि त्यो व्यक्ति फेरि त्यस क्षेत्रमा आएको थियो।

समान कथा

रेबेका बसोबास गर्ने सडक वरपरका साथसाथै घरबारविहीन नैरोबीवासीमाझ यस्ता कथा थाहा पाउन तपाईँले धेरै मेहनत गर्नुपर्दैन।

एस्थरको तीन वर्षे छोरो अगस्ट २०१८ देखि बेपत्ता छ। उनी भन्छिन्, 'मैले मेरो छोरा हराएदेखि शान्तिको सास फेर्न पाएकी छैन। मैले उसलाई मोम्बासासम्म खोजेँ।'

क्यारोलको दुई वर्षे छोरालाई आधा रातमा तानेर लगिएको पाँच वर्ष भयो। उनी भन्छिन्, 'म उसलाई धेरै माया गर्छु। यदि उनीहरूले मेरो छोरा मात्र फिर्ता गरिदिए उनीहरूलाई म माफ गर्थेँ।'

नैरोबीमा फस्टाउँदो अवैध बजारमा बालबालिका उपलब्ध गराउन कमजोर आमाहरूलाई सिकार बनाइँदैछ।

करिब एक वर्ष लामो अनुसन्धानबाट अफ्रिका आईले त्यस्तो बजारमा घरबारविहीन आमाहरूबाट बालबालिका खोसेर उच्च नाफाका साथ महँगोमा बिक्री गर्ने गरेको प्रमाणहरू पत्ता लगाएको छ।

हामीले सडकहरूमा रहेका क्लिनिकहरूमा बालबालिकाको अवैध तस्करी हुने गरेको र बिक्रीका लागि सरकारी अस्पतालबाट बच्चाहरू चोरिने गरेको पत्ता लगाएका छौँ।

हामीले बालक किन्यौँ

हामीले सरकारी अधिकारीको संलग्नतालाई प्रमाणित गर्न अस्पताल अधिकारीसँग एक बेवारिसे बालकलाई किन्यौँ।उनले हामीलाई बेच्नुअघि उक्त दुई साताको शिशुलाई वैधानिक कागजात बनाएर आफ्नो नियन्त्रणमा ल्याएका थिए।

बच्चा चोरहरूमा अवसरवादीदेखि सङ्गठिन अपराधीहरू समेत रहेका छन्। यी दुवैले साथसाथै काम गर्ने गर्छन्।

कमजोर अवसरवादीहरूमा अनिताजस्ता महिलाहरू पर्छन्। दुर्व्यसनी अनिता आफैँ सडकमा बस्छिन् र पैसाका लागि रेबेकाजस्ता महिलाका बच्चालाई चोरेर बेच्ने काम गर्छन्।

उनीहरूको तारोमा तीन वर्ष मुनिका शिशु भएका आमाहरू पर्छन्।

अफ्रिका आईले अनिताकी एकजना नाम खुलाउन नचाहने साथीमार्फत् उनको बारेमा पत्ता लगाएको हो। ती साथीका अनुसार अनिताले फरक-फरक विधि अपनाएर बच्चा चोर्ने गर्छिन्।

हामीले सम्भावित खरिदकर्ताको भेष बनाएर अनितासँग नैरोबीको एउटा पबमा भेटघाट गर्‍यौँ। उनले आफूलाई आफ्नो 'बोस'ले धेरै बच्चाहरू चोर्न दबाव दिइरहेको र हालै उनले गरेको चोरीबारे हामीलाई बताइन्।

संलग्नहरू

अनिताका अनुसार एकजना स्थानीय व्यापारी उनको बोस हुन्। उनका अनुसार ती व्यापारीले अनिताजस्तै चोरहरूबाट बच्चा किनेर ठूलो नाफासहित बच्चा बिक्री गर्ने गर्छन्।

अनिताले भनिन्, 'खरिदकर्तामा केही महिला हुन्छन् जसले बच्चा जन्माउन सक्दैनन्। उनीहरू पाल्नका लागि बच्चा खोज्छन्। कतिले चाहिँ बली दिनका लागि पनि बच्चालाई प्रयोग गर्छन्।'

अनिताकी साथीले हामीलाई पहिले नै भनेको कुराले एउटा कालो सच्चाइको सङ्केत गर्‍यो। अनितका अनुसार केहीले परम्परागत अनुष्ठानका लागि पनि बच्चा किन्ने गर्छन्।

वास्तवमा अनिताले एकपटक बिक्री गरिसकेपछि ती बच्चाको भविष्यबारे थोरै मात्र जानकारी पाउँछिन्।

उनी आफ्नो बोसलाई ५०,००० सिलिङमा (३५० पाउन्ड) बालिका र ८०,००० सिलिङमा (५५० पाउन्ड) बालक बिक्री गर्छिन्।

यो नैरोबीको अवैध बजारमा चोरीलगत्तै पहिलो क्रेताका लागि बिक्री गरिने औसत मूल्य हो। यो भेटलगत्तै अनिताले हामीलाई भेट्ने प्रस्ताव राखिन्। उनले पाँच महिनाकी बालिका साथमा लिएर आएकी थिइन्।

आमाको मन जितेर ती बालिकालाई चोरेको बताएकी उनले ५०,००० सिलिङमा बालिका किन्ने खरिदकर्ताहरू रहेको बताइन्। उनीसम्म हामीलाई पुर्‍याउने साथीले ८०,००० सिलिङ दिने ग्राहक रहेको बताएर भोलिपल्ट साँझ समय मिलाएको थियो।

हामीले प्रहरीलाई खबर गरेर अनितालाई पक्राउ गरी बालिकालाई बचाउने प्रयास गर्‍यौँ तर अनिता देखा परिनन्।

ती बालिका बिक्री भइन्। केही दिनपछि मात्र उनकी साथीले अनिताको खबर पाइन्।

उनका अनुसार अनिताले महँगो मूल्यमा ती बालिकाको बिक्री गरिन् र नैरोबीको एउटा सुकुम्बासी बस्तीमा टिनको छानो भएको दुईकोठे घर बनाउन उक्त रकम खर्चिने बताइन्।

न तथ्याङ्क न विवरण

केन्यामा बाल तस्करीको यकिन तथ्याङ्क पाइँदैन। न सरकारी प्रतिवेदन छन् न त राष्ट्रिय सर्वेक्षण नै छ। हराएका बालबालिका खोज्ने निकायहरू पनि स्रोतसाधन र जनशक्ति अभावमा रहेका छन्।

मिसिङ चाइल्ड केन्या नामक गैर सरकारी संस्थाले भने चार वर्षदेखि हराएका बालबालिकाबारे काम गरिरहेको छ।

उक्त संस्थाका अनुसार बालबालिका तस्करी केन्यामा कम चर्चा भएको तर ठूलो समस्या हो। कति घटनाहरू रिपोर्ट नै नहुने गरेको उक्त संस्थाकी सञ्चालिका बताउँछिन्।

अफ्रिकी विवाहमा महिलामा बाँझोपन देखियो भने त्यसलाई निकै नराम्रोसँग हेरिने भएकाले पनि यो अवैध बजार फस्टाएको उनको तर्क छ।

अफ्रिका आईको अनुसन्धानले बालबालिका तस्करीको अपराधमा कतिपय ठूला सरकारी अस्पतालहरूको संलग्नता पनि रहेको देखाएको छ।

तर हामीले अनुसन्धानमा खरिदकर्ता बनेर भेटेका अधिकारीहरूले पछि बीबीसीले प्रतिक्रिया लिँन खोज्दा उनीहरूले प्रतिक्रिया दिएनन्।

सडकका क्लिनिकले पनि त्यसबारे जवाफ फर्काएको छैन। अनितालाई उनको धारणा राख्न खोजी गर्दा उनी पनि उपलब्ध भइनन्।

नैरोबीमा चलेको अवैध बालबालिका तस्करीले आफ्ना बालबालिका चोरिएका आमाहरू भने उनीहरूको बेपत्ता अवस्थाबारे दोधारमा बाँचिरहेका छन्। बीबीसी
अर्को समाचार
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
१ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
नयाँ दिल्ली। भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 




मन्त्रिपरिषद्ले सबै राज्यहरूको सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने यो विधेयक पारित गरेको छ। 

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको छ। 

सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ मा महिला आरक्षणका लागि विशेष प्रावधान थपिएको छ। धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशलाई लोकसभामा व्यवस्था गरिएको सीट सङ्ख्या र प्रत्येक राज्यको विधानसभाको कुल सीट सङ्ख्यामा पचास प्रतिशत वृद्धि हुनेछ।

यो विधेयकले प्रस्तावित ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी सीमाङ्कन अभ्यास गर्न खोजेको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सीटमा प्रस्तावित ५० प्रतिशत वृद्धिको पुष्टि गर्दै यसमा आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताए। 

उनले जनसङ्ख्यामा आधारित सीमाङ्कनका कारण आफ्नो संसदीय प्रतिनिधित्वको हिस्सा गुमाउने डर राखेका दक्षिणी राज्यहरूलाई राहत दिने बताए।  संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनका अङ्कहरू सन् २०५१ सम्म स्थिर राखिनेछ। 

अप्रिल १७ मा लोकसभामा दुई–तिहाइ बहुमत जुटाउन असफल भएपछि एनडीएले यो विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो। कुल ५४३ सदस्यीय सदनमा हाल पाँच रिक्त स्थानलाई ध्यानमा राख्दा प्रभावकारी सङ्ख्या ५३८ छ, जसअनुसार दुई–तिहाइ सीमा लगभग ३५९ मत रहन्छ। संसदीय पर्यवेक्षकहरूले ट्र्याक गरिरहेको सम्भावित परिदृश्यअनुसार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनअन्तर्गत हाल करिब ३२० सदस्य (२० टीएमसी विद्रोहीसहित) रहेका सत्तारूढ पक्षले आवश्यक सङ्ख्या पुर्‍याउन व्यापक दलीय समर्थन खोज्न सक्नेछन्। 

इन्डिया गठबन्धनको हिस्सा रहेको र लोकसभामा आठ सीट रहेको राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) संसद्मा प्रस्तुत हुने यो विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ। 

जितेन्द्र अव्हाडले पार्टीका प्रमुख शरद पवारसँग छलफलपछि संसद् सदस्यका लागि सीमाङ्कन अभ्यासलाई संवैधानिक दायित्व बताउँदै समर्थन गर्ने बताए। 

छलफलको प्रकृति स्पष्ट पार्दै अव्हाडले पत्रकारहरूलाई भने, 'छलफल हाम्रो पार्टीको आधिकारिक अडानबारे थिएन। सामान्य बिन्दु यो थियो कि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता हो। सीमाङ्कन प्रक्रियालाई समर्थन गर्ने निर्णय भएको छ, र हामी यसलाई समर्थन गर्नेछौँ।'

'हामी सीमाङ्कनलाई समर्थन गर्नेछौँ,' पूर्व तमिलनाडु मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले लोकसभामा राज्यको प्रतिनिधित्वको हिस्सा जोगाउन सुरक्षा उपायको माग दोहोर्‍याउँदै राज्यको हितमा कुनै पनि सम्झौताको प्रश्न नभएको दाबी गरे। 

डीएमके सांसद पी. विल्सनले शुक्रबार भने, 'हाम्रो पार्टीसँग प्रस्तावित सीमाङ्कन अभ्याससम्बन्धी सर्तमा सन् १९७१ को जनगणनामा आधारित तमिलनाडुको विद्यमान ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्ने दुई गैर–वार्तायोग्य माग छन्।

यसैबीच, वाईएसआरसीपीले प्रस्तावित सीमाङ्कन विधेयकलाई समर्थन गर्ने झुकाव देखाएको छ, तर विधेयकले क्षेत्रीय सन्तुलन सुनिश्चित गरी राज्यहरू, विशेषगरी दक्षिणी भारतका राज्यहरूको हित र राजनीतिक प्रतिनिधित्व जोगाउनुपर्ने सर्तसहित, पार्टी स्रोतहरूले बताए। काङ्ग्रेस र इन्डिया गठबन्धनका धेरै सहयोगी दलहरूले विधेयकको विरोध गर्ने अडान कायम राखेका छन्। नोभेम्बर ३० मा लोकसभा र डिसेम्बर २ मा राज्यसभाको पुनः बैठक बस्नेछ। एएनआई
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस