गर्भ जाँचे जसरी नै कोभिड-१९ पत्ता लगाउने 'सस्तो र विश्वसनीय' विधि
२० असोज २०७७
•
४ मिनेट पाठ
गर्भ जाँचे जसरी नै कोभिड-१९ पत्ता लगाउने 'सस्तो र विश्वसनीय' विधि
भारतमा वैज्ञानिकहरूको एउटा समूहले कोरोनाभाइरस परीक्षणका लागि गर्भ जाँच्न प्रयोग गरिने विधिले जस्तै तत्काल परिणाम दिन सक्ने सस्तो प्रविधिको विकास गरेका छन्। तर त्यसले कसरी काम गर्छ त?




परीक्षण उपकरणलाई एउटा चर्चित भारतीय काल्पनिक अनुसन्धानकर्ताको नाम दिइएको छ जुन क्रिस्पर भनिने जीन सम्पादन प्रविधिमा आधारित छ।

वैज्ञानिकहरूले 'फेलुदा' नामको उक्त उपकरणले एक घण्टाभित्र परिणाम दिने र खर्च ५०० भारतीय रुपैयाँ पर्ने अनुमान गरेका छन्। फेलुदाको उत्पादन भारतको अगुवा कम्पनी टाटाले गर्नेछ र कोभिड-१९ को परीक्षणको निम्ति कागजमा आधारित विश्वकै पहिलो परीक्षण विधि बजारमा उपलब्ध हुनेछ।

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक के विजय राघवनले बीबीसीसँग भने, 'यो सजिलो, विश्वसनीय, पहुँचयुक्त र मितव्ययी परीक्षण हो।'

फेलुदाको विकास गरिएको दिल्लीस्थित सीएसआईआरअन्तर्गत रहेको इन्स्टिट्यूट अफ जीनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी) अनुसन्धानकर्ताहरू र निजी प्रयोगशालाहरूले करिब २,००० बिरामीबाट सङ्कलित नमुना परीक्षण गरेका छन्।

तीमध्ये पहिला कोरोनाभाइरस सङ्क्रमण देखिएका व्यक्तिहरू पनि छन्। उनीहरूले नयाँ परीक्षणमा ९६ प्रतिशत संवदेनशीलता (सेन्सटिभिटी) र ९८ प्रतिशत विशेषता (स्पेसफसटी) फेला पारेका छन्।

परीक्षणको सुनिश्चितता यही दुईवटा आधारित हुन्छ। कुनै परीक्षणमा संवेदनशीलता धेरै छ भने त्यसले करिब सबैजसोको रोग पत्ता लगाउँछ।

धेरै विशेषता भेटिएमा लगभग सबै नमुनामा रोग नभएको ठिक ढङ्गले पत्ता लगाउँछ। पहिलोले धेरै गलत नेगेटिभ परिणाम नआओस् भन्ने सुनिश्चित गर्छ भने दोस्रोले धेरै गलत पोजटिभ नदेओस् भन्ने निश्चित गर्छ।

भारतको औषधिसम्बन्धी नियामक निकायले व्यावसायिक प्रयोगको निम्ति उक्त उपकरणलाई अनुमति दिइसकेको छ।

विश्वमै दोस्रो बढी सङ्क्रमित भएको देशको रूपमा भारतमा ६० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ। अहिलेसम्म एक लाखभन्दा धेरै सङ्क्रमितको मृत्यु भइसकेको छ।

सुरुमा परीक्षणको गति सुस्त रहेको भएको पनि अहिले देशभरि रहेका १,२०० भन्दा बढी प्रयोगशालामा दैनिक १० लाख नमुना जाँच्छन्।

त्यहाँ दुईथरी परीक्षण गरिन्छ। पीसीआर परीक्षणमा रसायनको प्रयोग गरिन्छ। त्यो सामान्यतया भरपर्दो छ र त्यसको निम्ति करिब २,४०० भारु शुल्क लाग्छ। त्यसले गलत परिणाम दिने सम्भावना कम हुन्छ।

दोस्रो परीक्षण एन्टिजनमा आधारित छ। त्यो केही सस्तो छ। तर पोजटिभ पत्ता लगाउने त्यो परीक्षणले नेगटिभ नतिजा पीसीआरभन्दा धेरै मात्रामा गलत दिन्छ।

ग्लोबल हेल्थ एन्ड हेल्थ पोलिसीका अनुसन्धानकर्ता डा. अनन्त भानका भनाइमा भारतमा परीक्षण बढाउन अहिले पनि सजिलो छैन।

उनले बीबीसीसँग भने, 'अहिले पनि लामो समय कुर्नुपर्छ र उपकरण कम उपलब्ध छन्। हामीले व्यापक रूपमा एन्टिजन परीक्षण गरिरहेका छौँ। त्यसले लगत नेगटिभ नतिजा दिने समस्या छ।'

फेलुदा तुलनात्मक रूपमा सस्तो र थप विश्वसनीय रहेकाले त्यसले एन्टिजेन परीक्षणलाई विस्थापपित गर्नसक्ने उनको विश्वास छ।

आईजीआईबीका निर्देशक डा. अनुराग अग्रवालले बीबीसीसँग भने, 'नयाँ परीक्षण पीसीआर जस्तै विश्वासनीय छ, यो छिटो र सुविधासम्पन्न मिशिन नभएका प्रयोगशालामा पनि गर्न सकिन्छ।'

फेलुदा परीक्षणको निम्ति नमुना सङ्कलन गर्ने विधि पनि पीसीआरको जस्तै छ। नाकको भित्री भागबाट स्वाब प्रयोग गरेर नमुना निकालिन्छ। भारतमा थुकको नमुनाको परीक्षण गरिँदैन।

अनुसन्धानकर्ताहरूका अनुसार जीन-एडिटिङले कम्प्युटरमा कुनै शब्द बिग्रिँदा कर्सरको भरमा सच्याउने वा थपघट गर्ने गरिए जस्तै काम गरिन्छ।

त्यसको प्रयोग खासगरी सिकलसेल रोगमा जस्तै कोशिकासँग सम्बन्धित रोगको उपचार र सङ्क्रमण रोकथाममा गरिन्छ।

फेलुदा जस्ता उपकरणको प्रयोगमा क्रिस्पर प्रविधिले कर्सरले जस्तै कागजमा भाइरसको सङ्केत दिन्छ। कागजमा दुईवटा नीला रेखाले पोजटिभ सङ्केत गर्छ र एउटा रेखाले नेगटिभ।

हार्भर्ड मेडिकल स्कूलका डा. स्टीभन किस्लर भन्छन्, 'परीक्षण अझै सीमित छ र कहिलेकाहीँ त्यसको उपलब्धता सुधार गर्न हामीले सक्ने जेसुकै गर्नुपर्छ। त्यसैले फेलुदा त्यस दिशामा महत्त्वपूर्ण कदम हो।'

अमेरिका र ब्रिटेनमा कैयौँ कम्पनी र अनुसन्धान प्रयोगशालाहरूले त्यस्तै खालको कागजमा आधारित परीक्षणको विकास गरिरहेका छन्। त्यो सस्तो हुन्छ र ठूलो मात्रामा उत्पादन हुनसक्छ। अमेरिकाको सर्लक बायोसाइन्सले पनि एउटा कागजमा आधारित प्रविधि बनाएको छ। त्यसको चर्चा व्यापक छ।

हार्भर्ड ग्लोबल हेल्थ इन्स्टिट्यूटका डा. टमस साईका अनुसार उपयुक्त र प्रमुख परीक्षण घरमै गर्न सकिने कागजमै आधारित हुनेछ।

उनी भन्छन्, 'तर पक्कै पनि प्राविधिक केही सीमितताहरू छन्। हामीले घर बसेका मानिसहरूको आएएनए निकाल्ने र त्यसमा काम गर्ने कल्पना गर्न सक्दैनौँ।'

फेलुदा परीक्षणले त्यसमा ठूलो फरक पार्न सक्छ।बीबीसी
अर्को समाचार
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
१ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
नयाँ दिल्ली। भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 




मन्त्रिपरिषद्ले सबै राज्यहरूको सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने यो विधेयक पारित गरेको छ। 

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको छ। 

सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ मा महिला आरक्षणका लागि विशेष प्रावधान थपिएको छ। धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशलाई लोकसभामा व्यवस्था गरिएको सीट सङ्ख्या र प्रत्येक राज्यको विधानसभाको कुल सीट सङ्ख्यामा पचास प्रतिशत वृद्धि हुनेछ।

यो विधेयकले प्रस्तावित ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी सीमाङ्कन अभ्यास गर्न खोजेको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सीटमा प्रस्तावित ५० प्रतिशत वृद्धिको पुष्टि गर्दै यसमा आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताए। 

उनले जनसङ्ख्यामा आधारित सीमाङ्कनका कारण आफ्नो संसदीय प्रतिनिधित्वको हिस्सा गुमाउने डर राखेका दक्षिणी राज्यहरूलाई राहत दिने बताए।  संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनका अङ्कहरू सन् २०५१ सम्म स्थिर राखिनेछ। 

अप्रिल १७ मा लोकसभामा दुई–तिहाइ बहुमत जुटाउन असफल भएपछि एनडीएले यो विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो। कुल ५४३ सदस्यीय सदनमा हाल पाँच रिक्त स्थानलाई ध्यानमा राख्दा प्रभावकारी सङ्ख्या ५३८ छ, जसअनुसार दुई–तिहाइ सीमा लगभग ३५९ मत रहन्छ। संसदीय पर्यवेक्षकहरूले ट्र्याक गरिरहेको सम्भावित परिदृश्यअनुसार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनअन्तर्गत हाल करिब ३२० सदस्य (२० टीएमसी विद्रोहीसहित) रहेका सत्तारूढ पक्षले आवश्यक सङ्ख्या पुर्‍याउन व्यापक दलीय समर्थन खोज्न सक्नेछन्। 

इन्डिया गठबन्धनको हिस्सा रहेको र लोकसभामा आठ सीट रहेको राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) संसद्मा प्रस्तुत हुने यो विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ। 

जितेन्द्र अव्हाडले पार्टीका प्रमुख शरद पवारसँग छलफलपछि संसद् सदस्यका लागि सीमाङ्कन अभ्यासलाई संवैधानिक दायित्व बताउँदै समर्थन गर्ने बताए। 

छलफलको प्रकृति स्पष्ट पार्दै अव्हाडले पत्रकारहरूलाई भने, 'छलफल हाम्रो पार्टीको आधिकारिक अडानबारे थिएन। सामान्य बिन्दु यो थियो कि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता हो। सीमाङ्कन प्रक्रियालाई समर्थन गर्ने निर्णय भएको छ, र हामी यसलाई समर्थन गर्नेछौँ।'

'हामी सीमाङ्कनलाई समर्थन गर्नेछौँ,' पूर्व तमिलनाडु मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले लोकसभामा राज्यको प्रतिनिधित्वको हिस्सा जोगाउन सुरक्षा उपायको माग दोहोर्‍याउँदै राज्यको हितमा कुनै पनि सम्झौताको प्रश्न नभएको दाबी गरे। 

डीएमके सांसद पी. विल्सनले शुक्रबार भने, 'हाम्रो पार्टीसँग प्रस्तावित सीमाङ्कन अभ्याससम्बन्धी सर्तमा सन् १९७१ को जनगणनामा आधारित तमिलनाडुको विद्यमान ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्ने दुई गैर–वार्तायोग्य माग छन्।

यसैबीच, वाईएसआरसीपीले प्रस्तावित सीमाङ्कन विधेयकलाई समर्थन गर्ने झुकाव देखाएको छ, तर विधेयकले क्षेत्रीय सन्तुलन सुनिश्चित गरी राज्यहरू, विशेषगरी दक्षिणी भारतका राज्यहरूको हित र राजनीतिक प्रतिनिधित्व जोगाउनुपर्ने सर्तसहित, पार्टी स्रोतहरूले बताए। काङ्ग्रेस र इन्डिया गठबन्धनका धेरै सहयोगी दलहरूले विधेयकको विरोध गर्ने अडान कायम राखेका छन्। नोभेम्बर ३० मा लोकसभा र डिसेम्बर २ मा राज्यसभाको पुनः बैठक बस्नेछ। एएनआई
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस