एउटा अद्भुत ग्रह जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ
१८ असोज २०७७
•
३ मिनेट पाठ
एउटा अद्भुत ग्रह जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ
तस्बिर: रात परेको स्थानमा तापक्रम कम हुँदा पग्लिएको फलाम थोपा बनेर बर्सिन्छ ।
खगोलविद्हरूले दूर अन्तरिक्षमा एउटा ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ। यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर अहिले हामीले पत्ता लगाइरहेको बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ।




व्यास्प-७६बी नामले चिनिने उक्त ग्रहले आफ्नो माउतारालाई एकदमै नजिकबाट परिक्रमा गर्छ। दिउँसो यसको तापक्रम २,४०० डिग्री सेल्सीअस नाघ्छ। त्यो तापक्रममा धातुहरू पनि पग्लिन्छन्।

उक्त ग्रहको रात्रिकालीन तापक्रम १,००० डिग्रीले घट्छ। त्यसो हुँदा पग्लिएका धातुहरू सङ्घनित हुन्छन् र वर्षाका रूपमा तल खस्छन्।

जिनिभा विश्वविद्यालयका डा. डाभिड एहर्न्राइशका अनुसार त्यो विचित्रको स्थिति हो। 'पानीका थोपाको वर्षाको साटो फलामका थोपा बर्सिएको अनुमान गर्नुहोस्,' उनले बीबीसीलाई भने।

स्विट्जरल्यान्डका ती अनुसन्धानकर्ता र उनका सहकर्मीहरूले गरेको अध्ययन नेचर जर्नलमा प्रकाशित भएको छ।

उक्त शोधमा अनुसन्धानकर्ताहरूले युरोपियन सदर्न अब्जर्भेटरीको चिलेस्थित भेरी लार्ज टेलिस्कोपमा भएको 'एस्प्रेसो' नामक नयाँ उपकरण प्रयोग गरी कसरी ध्व्यास्प-७६बीको रासायनिक प्रकृतिको विस्तृत अध्ययन गरियो त्यसको वर्णन गरेका छन्।

हामीभन्दा ६४० प्रकाशवर्ष टाढा अवस्थित उक्त ग्रह आफ्नो माउताराको धेरै नजिकै छ। उक्त ग्रहलाई माउताराको परिक्रमा गर्न ४३ घण्टा लाग्छ।

तारातिर सधैँ उही भागमात्र देखिनु उक्त ग्रहको अर्को चाखलाग्दो विशेषता हो। वैज्ञानिकहरूले त्यस्तो स्थितिलाई 'टाईडल लकिङ' अर्थात् ज्वारबन्धनु भन्छन्।

पृथ्वीको उपग्रह चन्द्रमा पनि त्यस्तै स्थितिमा हुन्छ। त्यसैले हामी सधैँ चन्द्रमाको एकातिरको भाग मात्र देख्छौँ।

यसको अर्थ के हो भने व्यास्प-७६बी को तारोन्मुख भाग दनदनी बलिरहेको छ।

त्यो गोलार्ध यति तातो छ कि त्यहाँ बादल विघटित हुन्छ र वायुमण्डलमा सबै अणुहरू टुक्रिएर परमाणुको रूपमा छरिन्छन्।

डा. एहरन्राइशको टोलीका अनुसार उक्त ग्रहको उज्यालो र अँध्यारो भागमा हुने तापक्रमको विशाल अन्तरले प्रचण्ड आँधी उत्पन्न हुन्छ। त्यस्तो आँधीको वेग १८,००० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ।

एस्प्रेसो स्पेक्ट्रोमिटर प्रयोग गरेर वैज्ञानिकहरूले उक्त ग्रहमा साँझपख फलामको बाफ निस्किएको प्रमाण फेला पारे। तर बिहानीपख फलामको कुनै सङ्केत बाँकी देखिएन।

'हाम्रो अनुमान के छ भने ताराविमुख भागमा फलाम सङ्घनित भइरहेको छ। त्यो भागमा तापक्रम १,४०० डिग्री सेल्सीअस भए पनि फलामको बाफ सेलाएर बादल बन्न र सम्भवतः थोपाका रूपमा वर्षा हुन पर्याप्त छ,' डा. एहरन्राइशले भने।

'ती थोपा वायुमण्डलका भित्री तहहरूसम्म खसेका हुन सक्छन् जुन हाम्रो उपकरणले पत्ता लगाउन सक्दैन।'

उक्त भीमकाय ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिको चौडाइभन्दा दुईगुना ठूलो छ। यूकेको नेतृत्वमा सञ्चालित व्यास्प टेलिस्कोप प्रणालीको नाम प्रयोग गरेर उक्त ग्रहलाई व्यास्प-७६बी भनिएको हो।

अनुसन्धान टोलीका एक सदस्य तथा वरिक विश्वविद्यालयका प्राध्यापक डन पोलाकोका अनुसार त्यस्तो अद्भुत संसारको परिकल्पना गर्न कठिन थियो।

'यसले आफ्नो तारालाई धेरै नजिकैबाट परिक्रमा गर्छ। वास्तवमा त्यो ताराको बाह्य वायुमण्डलमै नाचिरहेको हुन्छ र सबै प्रकारका भौतिक प्रभावमा परिरहेको हुन्छ जुन साँच्चै भन्नुपर्दा हामीले बुझेका छैनौँ,' प्राध्यापक पोलाकोले बीबीसीलाई भने।

'या उक्त ग्रह माउतारामै गएर मिसिन्छ वा त्यो ताराको विकिरण क्षेत्रले उक्त ग्रहको वायुमण्डललाई ध्वस्त बनाइदिएर चट्टान मात्र भएको तातो अन्तर्भाग बाँकी राखिदिन्छ।'

डा. एहरन्रराइश चित्रात्मक उपन्यासका पारखी हुन्। उनले स्विट्जरल्यान्डका चित्रात्मक उपन्यासकार फ्रेडेरिक पीटेर्सलाई व्यास्प-७६बी को वर्णन गरिदिन आग्रह गरे।

'प्रायः यस्ता खोजबारे हामी विस्तृत त्रि-आयामिक रचना देख्छौँ। सर्वसाधरणलाई ती वास्तविक चित्र हुन् कि कम्प्युटरबाट निर्मित चित्र भनेर छुट्याउन गाह्रो हुन्छ,' उनले भने।

'तर केही रमाइलो थपेर हामीले कसैलाई झुक्याएका हैनौँ।'
अर्को समाचार
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
१ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
नयाँ दिल्ली। भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 




मन्त्रिपरिषद्ले सबै राज्यहरूको सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने यो विधेयक पारित गरेको छ। 

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको छ। 

सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ मा महिला आरक्षणका लागि विशेष प्रावधान थपिएको छ। धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशलाई लोकसभामा व्यवस्था गरिएको सीट सङ्ख्या र प्रत्येक राज्यको विधानसभाको कुल सीट सङ्ख्यामा पचास प्रतिशत वृद्धि हुनेछ।

यो विधेयकले प्रस्तावित ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी सीमाङ्कन अभ्यास गर्न खोजेको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सीटमा प्रस्तावित ५० प्रतिशत वृद्धिको पुष्टि गर्दै यसमा आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताए। 

उनले जनसङ्ख्यामा आधारित सीमाङ्कनका कारण आफ्नो संसदीय प्रतिनिधित्वको हिस्सा गुमाउने डर राखेका दक्षिणी राज्यहरूलाई राहत दिने बताए।  संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनका अङ्कहरू सन् २०५१ सम्म स्थिर राखिनेछ। 

अप्रिल १७ मा लोकसभामा दुई–तिहाइ बहुमत जुटाउन असफल भएपछि एनडीएले यो विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो। कुल ५४३ सदस्यीय सदनमा हाल पाँच रिक्त स्थानलाई ध्यानमा राख्दा प्रभावकारी सङ्ख्या ५३८ छ, जसअनुसार दुई–तिहाइ सीमा लगभग ३५९ मत रहन्छ। संसदीय पर्यवेक्षकहरूले ट्र्याक गरिरहेको सम्भावित परिदृश्यअनुसार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनअन्तर्गत हाल करिब ३२० सदस्य (२० टीएमसी विद्रोहीसहित) रहेका सत्तारूढ पक्षले आवश्यक सङ्ख्या पुर्‍याउन व्यापक दलीय समर्थन खोज्न सक्नेछन्। 

इन्डिया गठबन्धनको हिस्सा रहेको र लोकसभामा आठ सीट रहेको राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) संसद्मा प्रस्तुत हुने यो विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ। 

जितेन्द्र अव्हाडले पार्टीका प्रमुख शरद पवारसँग छलफलपछि संसद् सदस्यका लागि सीमाङ्कन अभ्यासलाई संवैधानिक दायित्व बताउँदै समर्थन गर्ने बताए। 

छलफलको प्रकृति स्पष्ट पार्दै अव्हाडले पत्रकारहरूलाई भने, 'छलफल हाम्रो पार्टीको आधिकारिक अडानबारे थिएन। सामान्य बिन्दु यो थियो कि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता हो। सीमाङ्कन प्रक्रियालाई समर्थन गर्ने निर्णय भएको छ, र हामी यसलाई समर्थन गर्नेछौँ।'

'हामी सीमाङ्कनलाई समर्थन गर्नेछौँ,' पूर्व तमिलनाडु मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले लोकसभामा राज्यको प्रतिनिधित्वको हिस्सा जोगाउन सुरक्षा उपायको माग दोहोर्‍याउँदै राज्यको हितमा कुनै पनि सम्झौताको प्रश्न नभएको दाबी गरे। 

डीएमके सांसद पी. विल्सनले शुक्रबार भने, 'हाम्रो पार्टीसँग प्रस्तावित सीमाङ्कन अभ्याससम्बन्धी सर्तमा सन् १९७१ को जनगणनामा आधारित तमिलनाडुको विद्यमान ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्ने दुई गैर–वार्तायोग्य माग छन्।

यसैबीच, वाईएसआरसीपीले प्रस्तावित सीमाङ्कन विधेयकलाई समर्थन गर्ने झुकाव देखाएको छ, तर विधेयकले क्षेत्रीय सन्तुलन सुनिश्चित गरी राज्यहरू, विशेषगरी दक्षिणी भारतका राज्यहरूको हित र राजनीतिक प्रतिनिधित्व जोगाउनुपर्ने सर्तसहित, पार्टी स्रोतहरूले बताए। काङ्ग्रेस र इन्डिया गठबन्धनका धेरै सहयोगी दलहरूले विधेयकको विरोध गर्ने अडान कायम राखेका छन्। नोभेम्बर ३० मा लोकसभा र डिसेम्बर २ मा राज्यसभाको पुनः बैठक बस्नेछ। एएनआई
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस