मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर कसरी बन्यो पानी
१४ असोज २०७७
•
३ मिनेट पाठ
मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर कसरी बन्यो पानी
मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्। जीवनका लागि तरल पानी महत्त्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ।




तर ती तालहरू अत्यधिक नुनिनो भएको अनुमान गरिएकाले कुनै सूक्ष्मजीवलाई जीवित रहन कठिन हुन्छ। अर्बौँ वर्षअघि मङ्गल ग्रहको सतहमा नदीमार्फत् पानी बग्थ्यो र त्यहाँ तालहरू बनेका थिए। त्यसपछि मङ्गल ग्रहले आफ्नो तात्कालिक पर्यावरण गुमाएकाले लामो समयसम्म त्यहाँको सतहमा पानी तरल अवस्थामा रहन सक्दैन। भूमिगत पानीका लागि भने त्यस्तो अवस्था हुँदैन।

इटलीको न्याश्नल इन्स्टिट्यू अफ एस्ट्रोफिजिक्स बोलोग्नाका डा. रोबेर्टो ओरोसीले भने, 'पानीका यी प्रणालीहरू विगतमा थिए भन्ने अधिक सम्भावना देखिन्छ। त्यसले वास्तवमै पूरा ग्रहको इतिहासमा त्यहाँ तपाईंका लागि वासस्थान थियो वा वासस्थानकै समान थियो भन्ने देखाउँछ।' उनका अनुसार मङ्गल ग्रह जवलायु विनाशबाट गुज्रिँदै गर्दा अधिक तातो ग्रह बन्दै गएको थियो। तर त्यो कति तातो बनेको थियो भन्ने कुरा स्पष्ट छैन।

'त्यहाँ एउटा ठाउँ थियो जहाँ जीवन रहन सक्थ्यो,' उनी भन्छन्। युरोपियन स्पेस एजन्सी (ईएसए) को मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर यो कुरा पत्ता लगाइएको हो। उक्त यानले सन् २००३ देखि मङ्गल ग्रहको परिक्रमा गरिरहेको छ।

सन् २०१८ मा अध्येताहरूले रेडारले पठाएका विवरणहरू प्रयोग गरेर मङ्गल ग्रहको दक्षिणी ध्रुवका सतहको डेढ किलोमिटरमुनि २० किलोमिटर फराकिला भूमिगत तालहरू रहेको सङ्केत गरेका थिए। तर त्यो सङ्केत सन् २०१२ देखि २०१५ सम्म मार्सिसले भेला पारेका गरिएका २९ वटा सूचनामा आधारित थियो।

अहिले पनि उक्त टोलीमै सहभागी वैज्ञानिकहरूले सन् २०१० देखि २०१९ सम्मका १३४ वटा रेडार प्रोफाइलको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन्।

इटलीको रोमा ट्रे यूनिभर्सिटीकी वैज्ञानिक एलेन पेट्टिनेली भन्छिन्, 'हामीले सन् २०१८ को अध्ययनले देखाएका सम्भावनाहरूको अवस्था, सीमा र बललाई मात्र पुष्टि गरेनौँम थप तीनवटा उज्ज्वल क्षेत्र पनि भेट्यौँ।'

'मुख्य ताल पानीको दहबाट घेरिएको छ, तर रेडारको प्राविधिक विशेषता र मङ्गलको सतहबाट योसम्मको दूरीका कारण हामी यो तिनीहरू आपसमा जोडिएका छन् किन छैनन् भन्ने तय गर्न सक्दैनौँ।'

उक्त समूहले एन्टार्क्टिका, क्यानडा र ग्रीनल्यान्डका हिमतालको अनुसन्धानमा प्रयोग गरिने रेडार साउन्डर प्रविधिका आधारमा मार्सिसले पठाएका विवरणहरूको विश्लेषण गरेको हो।

जुन गहिराइमा तालहरू रहेका छन् त्यहाँ हिउँ पगाल्न सक्ने तापक्रम छैन। त्यसैले त्यहाँ तरल पानी देखिनुमा त्यसमा नुनको उच्च मात्रा हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ। त्यस्ता नुनले पानीलाई सजिलै जम्न दिँदैन।

पछिल्ला अध्ययनहरूले म्याग्नेसीअम र क्याल्सीअम पर्क्लोरेट नुनयुक्त पानी १२३ डिग्री सेल्सीअससम्म तरल अवस्थामा रहन सक्ने देखाएका छन्।

पृथ्वीमा धेरै नुनको मात्रा भएका तालमा नुनको मात्रा ४० प्रतिशतसम्म छ। तर मङ्गलमा कति मात्रामा छ भन्ने ठिक जानकारी छैन।

यो एउटा कठिन प्रश्नका रूपमा रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको भनाइ छ।

अध्ययनहरूले के देखाएका छन् भने पृथ्वीमा बढी तापक्रम भएको अवस्थामा नुनको मात्रा बढी भएको स्थलमा पनि सूक्ष्मजीवहरूले सहन सक्छन्। तर तापक्रम कम भएको स्थानमा तिनले नुनको कम मात्रा मात्रै सहन सक्छन्।

तर जब धेरै जाडो र धेरै नुन भएको अवस्थामा उनीहरू जीवित रहने सम्भावना सीमित हुन्छ।

मङ्गलमा भेटिएका जस्ता तालमा सूक्ष्मजीवहरू बाँच्न सक्छन् कि सक्दैनन् भन्ने एउटा अध्ययन भइरहेको छ।

डा. ओरोसी भन्छन्, 'नुनको धेरै मात्रा जीवनका लागि उपयुक्त हुँदैन। यद्यपि जीवनको सम्भावना देखिन्छ तर त्यसका लागि धेरै काम गर्नुपर्छ।'

सन् २०१८ को मङ्गल ग्रहसम्बन्धी उक्त शोधको कतिपयले आलोचना पनि गरेका थिए।

उनीहरूले त्यहाँ ताल हुने कुरा असाधारण अवस्था भएको बताउँदै जमिनमुनि ज्वालामुखी भएमा मात्र त्यो हुनसक्ने दाबी गरेका थिए।

उक्त शोध अहिले नेचर एस्ट्रनमी जर्नलमा प्रकाशित भएको छ।
अर्को समाचार
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
१ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
नयाँ दिल्ली। भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 




मन्त्रिपरिषद्ले सबै राज्यहरूको सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने यो विधेयक पारित गरेको छ। 

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको छ। 

सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ मा महिला आरक्षणका लागि विशेष प्रावधान थपिएको छ। धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशलाई लोकसभामा व्यवस्था गरिएको सीट सङ्ख्या र प्रत्येक राज्यको विधानसभाको कुल सीट सङ्ख्यामा पचास प्रतिशत वृद्धि हुनेछ।

यो विधेयकले प्रस्तावित ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी सीमाङ्कन अभ्यास गर्न खोजेको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सीटमा प्रस्तावित ५० प्रतिशत वृद्धिको पुष्टि गर्दै यसमा आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताए। 

उनले जनसङ्ख्यामा आधारित सीमाङ्कनका कारण आफ्नो संसदीय प्रतिनिधित्वको हिस्सा गुमाउने डर राखेका दक्षिणी राज्यहरूलाई राहत दिने बताए।  संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनका अङ्कहरू सन् २०५१ सम्म स्थिर राखिनेछ। 

अप्रिल १७ मा लोकसभामा दुई–तिहाइ बहुमत जुटाउन असफल भएपछि एनडीएले यो विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो। कुल ५४३ सदस्यीय सदनमा हाल पाँच रिक्त स्थानलाई ध्यानमा राख्दा प्रभावकारी सङ्ख्या ५३८ छ, जसअनुसार दुई–तिहाइ सीमा लगभग ३५९ मत रहन्छ। संसदीय पर्यवेक्षकहरूले ट्र्याक गरिरहेको सम्भावित परिदृश्यअनुसार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनअन्तर्गत हाल करिब ३२० सदस्य (२० टीएमसी विद्रोहीसहित) रहेका सत्तारूढ पक्षले आवश्यक सङ्ख्या पुर्‍याउन व्यापक दलीय समर्थन खोज्न सक्नेछन्। 

इन्डिया गठबन्धनको हिस्सा रहेको र लोकसभामा आठ सीट रहेको राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) संसद्मा प्रस्तुत हुने यो विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ। 

जितेन्द्र अव्हाडले पार्टीका प्रमुख शरद पवारसँग छलफलपछि संसद् सदस्यका लागि सीमाङ्कन अभ्यासलाई संवैधानिक दायित्व बताउँदै समर्थन गर्ने बताए। 

छलफलको प्रकृति स्पष्ट पार्दै अव्हाडले पत्रकारहरूलाई भने, 'छलफल हाम्रो पार्टीको आधिकारिक अडानबारे थिएन। सामान्य बिन्दु यो थियो कि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता हो। सीमाङ्कन प्रक्रियालाई समर्थन गर्ने निर्णय भएको छ, र हामी यसलाई समर्थन गर्नेछौँ।'

'हामी सीमाङ्कनलाई समर्थन गर्नेछौँ,' पूर्व तमिलनाडु मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले लोकसभामा राज्यको प्रतिनिधित्वको हिस्सा जोगाउन सुरक्षा उपायको माग दोहोर्‍याउँदै राज्यको हितमा कुनै पनि सम्झौताको प्रश्न नभएको दाबी गरे। 

डीएमके सांसद पी. विल्सनले शुक्रबार भने, 'हाम्रो पार्टीसँग प्रस्तावित सीमाङ्कन अभ्याससम्बन्धी सर्तमा सन् १९७१ को जनगणनामा आधारित तमिलनाडुको विद्यमान ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्ने दुई गैर–वार्तायोग्य माग छन्।

यसैबीच, वाईएसआरसीपीले प्रस्तावित सीमाङ्कन विधेयकलाई समर्थन गर्ने झुकाव देखाएको छ, तर विधेयकले क्षेत्रीय सन्तुलन सुनिश्चित गरी राज्यहरू, विशेषगरी दक्षिणी भारतका राज्यहरूको हित र राजनीतिक प्रतिनिधित्व जोगाउनुपर्ने सर्तसहित, पार्टी स्रोतहरूले बताए। काङ्ग्रेस र इन्डिया गठबन्धनका धेरै सहयोगी दलहरूले विधेयकको विरोध गर्ने अडान कायम राखेका छन्। नोभेम्बर ३० मा लोकसभा र डिसेम्बर २ मा राज्यसभाको पुनः बैठक बस्नेछ। एएनआई
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस