रूसले युक्रेनको राजधानी किभमा गरेको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शुक्रबार जनाएका छन्। आक्रमणमा २० जना घाइते भएका छन्।
रूसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूको भनाइ छ। ‘पटकपटक रूसी युएभी र ब्यालेस्टिक मिसाइलको सिकार भएका किभका उद्धारकर्ताहरूले सहरबाट प्रतिक्रिया दिइरहेका छन्,’ युक्रेनको आपतकालीन सेवाले टेलिग्राममार्फत जनाएको छ।
किभका नगरप्रमुख भिटाली क्लिट्स्कोले घटनाको पुष्टि गर्दै १६ घाइतेलाई अस्पताल भर्ना गरिएको बताएका छन्। आक्रमणले आवासीय भवन, पूर्वाधारलगायत संरचना क्षतिग्रस्त भएका छन् र ठाउँठाउँमा आगलागी भएको छ।
युक्रेनको राष्ट्रिय रेलवे सञ्चालकले रेल सेवा ढिलाइ हुने चेतावनी दिँदै किभ क्षेत्रमा रेलमार्ग क्षतिग्रस्त भएको जनाएको छ। पश्चिमी युक्रेनको लुत्स्क सहर र टेर्नोपिल क्षेत्रमा पनि धेरै आक्रमण भएका छन्।
‘आज, शत्रुले हाम्रो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ। धेरै आक्रमण भएका छन्,’ टेर्नोपिलका क्षेत्रीय सैन्य प्रशासन प्रमुख व्याचेस्लाव नेगोडाले भने।
आगलागी नियन्त्रण र क्षतिको मूल्याङ्कन सुरु भएको छ। लुत्स्कमा भएको आक्रमणमा पाँच जना घाइते भएका छन्। धेरै निजी घर र शैक्षिक संस्था क्षतिग्रस्त भएको लुत्स्कका नगरप्रमुख इगोर पोलिस्चुकले टेलिग्राममार्फत जनाएका छन्।
पश्चिमी सहर खमेल्नेत्स्कीमा पनि भवन र सवारीसाधन क्षतिग्रस्त भएको क्षेत्रीय गभर्नरले बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले किभले हालै रूसमा गरेको ड्रोन आक्रमणको बदलामा कारबाही गर्ने वाचा गरेका छन्।
यसैबीच, रूसको पश्चिमी तुला क्षेत्रमा युक्रेनको आक्रमणमा तीन जना घाइते भएका छन्। रूसी हवाई रक्षा बलले मस्कोलाई लक्षित ड्रोनलाई गोली हानेर खसालेको किभका नगरप्रमुखले जनाएका छन्।
एएफपी