मध्यपूर्वको शक्तिशाली राष्ट्र टर्कीले पाकिस्तानी भूमिमा भारतले गरेको सैन्य आक्रमणको निन्दा गरेको छ। टर्कीको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्स(ट्विटर)मा एक वक्तव्य जारी गरेर भारतीय हमलाको निन्दा गरेको हो।
‘हामी आम नागरिक र आवासीय भवनमा हुने कुनै पनि प्रकारका भड्काउ कारबाही र हमलाको निन्दा गर्दछौँ,’ वक्तव्यमा भनिएको छ, ‘आशा छ कि तनाव कम गर्न यथासिघ्र कुनै प्रयास गरिनेछन्।’
भारतीय सैन्य हमलाले पाकिस्तान र भारतबिचमा युद्धको खतरा बढेको पनि टर्कीले टिप्पणी गरेको छ। यस्तै भारत–पाकिस्तानबिच चलिरहेका घटनाक्रममा नजर राखिरहेको र चिन्तित रहेको पनि टर्कीले प्रतिक्रिया दिएको छ।
–बिबिसीकाे सहयाेगमा