गाजामा इजरायली आक्रमण : १० प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
१० चैत्र २०८१
•
१ मिनेट पाठ
गाजामा इजरायली आक्रमण : १० प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
गाजा पट्टीका विभिन्न ठाउँमा सोमबार भएको इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। 




खान युनूसको दक्षिणमा रहेको क्विजान रस्वान क्षेत्रको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले बताएको छ।  

त्यही सहरको अर्को हवाई आक्रमणमा धेरै प्यालेस्टिनी घाइते भएका छन्। अल–जाना क्षेत्रमा एक घरको आँगनमा पार्क गरिएको गाडीमा बम विस्फोट हुँदा एक जना घाइते भएको स्रोतले जनाएको छ। विस्थापितलाई निशाना बनाइएको हमलाका घाइतेहरूलाई कुवेतस्थित विशेष अस्पताल लगिएको छ।

कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार खान युनूसमा आइतबार रातिदेखि इजरायली सेनाले विस्थापितहरूको आश्रयस्थल र पार्क गरिएका सवारीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ।

गाजा पट्टीका विभिन्न सहरमा सोमबार भएका इजरायली हवाई आक्रमणमा करिब १६ जनाको मृत्यु भएको छ। दुई आवासीय घरमा भएको आक्रमणमा ४ जनाको ज्यान गएको छ।  

अल–नुसिरात शरणार्थी शिविरको दक्षिणपश्चिममा रहेको अल–सवारा क्षेत्रमा भएको आक्रमणमा ४ जना घाइते भएका छन्। इजरायलले जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौताअनुसार दुई महिनाको युद्धविरामपछि गाजा पट्टीमा फेरि आक्रमण सुरु गरेको छ। क्युएनए
अर्को समाचार
गाजामा इजरायली हवाई आक्रमण, दर्जनौंको मृत्यु
२९ भदौ २०८२
•
२ मिनेट पाठ
गाजामा इजरायली हवाई आक्रमण, दर्जनौंको मृत्यु
इजरायली सेनाले शनिबार गाजा सिटीमा रहेको एक बहुतले आवासीय भवनमा हवाई आक्रमण गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) का अनुसार उक्त भवनमा हमासले आफ्नो कमान्ड र नियन्त्रण केन्द्र स्थापना गरी इजरायली सेनामाथि आक्रमण योजना बनाउने र कार्यान्वयन गर्ने गरेको थियो। तर यो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरिएको छैन।




हमासले इजरायली पक्षको भनाइलाई अस्वीकार गर्दै यसलाई नागरिक पूर्वाधारमाथिको आक्रमणलाई ‘झूटा बहाना’ मात्र भनेको छ।

प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार टेल अल-हावा क्षेत्रमा अवस्थित ‘अल-नूर टावर’ नामक आवासीय भवन आक्रमणमा पूर्ण रूपमा ध्वस्त भएको छ। यो भवनमा युद्धका कारण विस्थापित भएका धेरै परिवारहरू आश्रय लिइरहेका थिए।

साता दिनभित्र गाजा सिटीभरि ५०० भन्दा बढी हमासका लक्ष्यहरूमा आक्रमण गरिएको आईडीएफले जनाएको छ। ती लक्ष्यहरूमा स्नाइपरहरूका अड्डा, सुरुङ मार्ग, हतियार भण्डारणस्थल र अन्य सैन्य पूर्वाधारहरू समावेश थिए।

शनिबार गाजा सिटी र त्यस आसपासका क्षेत्रमा इजरायली हवाई आक्रमण तीव्र भएको वाफाले जनाएको छ। अल-रिमालको अल-थवरा सडकमा एक घरमाथि गरिएको आक्रमणमा केही सर्वसाधारण घाइते भएका छन् भने अल-यारमुक क्षेत्र नजिकका बासिन्दाहरूको घरमा ड्रोनबाट आक्रमण गरिएको छ।

यस्तै, वाफाले मध्य गाजामा मानवीय सहायता लिन लाममा उभिएका नागरिकमाथि इजरायली बख्तरबन्द सवारीबाट गोली प्रहार गरिएको जनाएको छ। यसबारेमा भने आईडीएफले कुनै प्रतिक्रिया दिएको छैन।

चिकित्सा स्रोतको हवाला दिँदै वाफाले पछिल्ला २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तिमा ४७ प्यालेस्टिनीको मृत्यु भएको र २०५ जना घाइते भएको उल्लेख गरेको छ।

यो युद्ध २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले दक्षिण इजरायलमा आक्रमण गरी करिब १,२०० जनाको हत्या र २५० जनालाई बन्धक बनाएको घटनापछि सुरु भएको हो। त्यसयता इजरायली सैन्य कारबाहीमा गाजामा ६४,००० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सिन्ह्वा
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस