गत वर्षको नोभेम्बरमा सुनिता विलियम्स अन्तरिक्षमा हुँदा उनको स्वास्थ्यको बारेमा सामाजिक सञ्जालमा निकै टिप्पणी भएका थिए । यिनै हल्लाका बिच विलियम्सले नोभेम्बर १२ मा न्यु इङ्गल्याण्ड स्पोट्र्स नेटवर्कसँगको एक अन्तर्वार्तामा भनेकी थिईन्, ‘मेरो तौल घट्दै छ भन्ने हल्लामा कुनै सत्यता छैन। म बिल्कुल ठिक छु।’
नोभेम्बरको पहिलो साता न्यूयोर्क पोस्टले एक नासा अधिकारीलाई उद्धृत गर्दै सुनिता विलियम्सको तौल घटिरहेको समाचार प्रकाशन गरेको थियो । ‘सुनिताले पर्याप्त क्यालोरी लिन सक्दिनन्, त्यसले उनको तौल घटाइरहेको छ’ समाचारमा भनिएको थियो ।
तर त्यति नै बेला अन्तरिक्ष एजेन्सी नासाका प्रमुख स्वास्थ्य तथा चिकित्सा अधिकारी डा. जेम्स डी. पोल्कले भने उक्त भनाई सही नभएको बताएका थिए ।
‘म सुनितालाई विगत २० वर्षदेखि चिन्छु र म विश्वासका साथ भन्न सक्छु, सुनिता पहिले जस्तै देखिन्छिन्। उनको स्वास्थ्य एकदमै ठिक छ,’ उनले भनेका थिए ।
मात्र ८ दिनको अन्तरिक्ष मिसनमा हिँडेका सुनिता विलियम्स र बुच विल्मोर प्राविधिक समस्याका कारण नौ महिनासम्म अन्तरिक्षमा अड्किएका थिए र कुल २८६ दिन अन्तरिक्षमा बसेका थिए । नासाका प्रसिद्ध अन्तरिक्ष समेत रहेका विलियम्स र बुच मंगलबार मात्र पृथ्वी फर्केका थिए ।
नासाका अनुसार पृथ्वीमा फर्कनुअघि उक्त यानले पृथ्वीको ४,५०० पटक परिक्रमा गरेको थियो र प्रतिघण्टा १७,५०० माइलको गतिमा १२ करोड माइल बराबरको यात्रा गरेको थियो । तर अहिलेसम्म सर्वाधिक अन्तरिक्षमा बस्ने रेकर्ड रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभले राखेका छन् । मेक्सिको म्युजियम अफ स्पेस हिस्ट्रीका अनुसार भ्यालेरीले अन्तरिक्षमा ४३७ दिन, १७ घण्टा र ३८ मिनेट बिताएका थिए । उक्त अवधिमा, उनले पृथ्वीको ७,०७५ पटक परिक्रमा गरेका थिए । मानव शरीरमा अन्तरिक्षले पार्ने प्रभाव अध्ययनका लागि पोल्याकोभ महत्त्वपूर्ण मानिन्छन् ।
सूक्ष्म गुरुत्वाकर्षणको प्रभाव
६२ वर्षीय विल्मोर र ५९ वर्षीय विलियम्सले लामो समयसम्म अन्तरिक्षमा रहन पाउँदा खुसी लागेको बताएका छन् । दुवै जना अवकाशप्राप्त नौसेना कप्तान हुन् र उनीहरूसँग यथेष्ट अन्तरिक्ष अनुभव छ । दुवै जना पृथ्वीमा फर्किए पनि, उनीहरूलाई सामान्य जीवन बिताउन अझै कठिनाइ हुनेछ । अन्तरिक्षबाट फर्केपछि, पुर्ववत अवस्थामा फर्कन विशेष ‘रिकभरी’ प्रक्रियाबाट गुज्रनु पर्छ ।
पृथ्वीमा अवतरण गरेपछि उनीहरु दुबैलाई क्याप्सुलबाट सिधै स्ट्रेचरमा राखेर चिकित्सकीय निगरानीमा पठाइएको छ । यो एक नियमित प्रक्रिया नै हो । विशेष गरी सूक्ष्म गुरुत्वाकर्षणमा मांसपेशीहरू कमजोर हुन थाल्छन्, शरीरको सन्तुलन बिग्रन्छ र शरीरमा तरल पदार्थहरू परिवर्तन हुन थाल्छन् । सूक्ष्म गुरुत्वाकर्षण भनेको त्यस्तो अवस्था हो जब कुनै व्यक्ति वा वस्तु भारहीन हुन्छ। अन्तरिक्षमा गुरुत्वाकर्षणले काम नगर्ने भएकाले, अन्तरिक्ष यात्रीहरू भारहीन हुन्छन् ।
कस्तो प्रभाव पर्छ ?
विज्ञहरूका अनुसार लामो समयसम्म अन्तरिक्षमा बस्दा स्वास्थ्यमा प्रत्यक्ष असर पर्छ । महिनौँसम्म अन्तरिक्षमा बस्दा मानव शरीर र मनोविज्ञानमा पनि परिवर्तन आउँछ।
सबैभन्दा ठूलो परिवर्तन त्यति बेला आउँछ जति वेला अन्तरिक्ष यात्रीहरू सूक्ष्म गुरुत्वाकर्षणमा हुन्छन्। यस्तो अवस्थामा अन्तरिक्ष यात्रीहरू अन्तरिक्षयान भित्र वा बाहिर तैरिन थाल्छन् । उनीहरु हावामा झुन्डिएको जस्तो देखिन्छन् । विज्ञका अनुसार यस अवधिमा मांसपेशीहरू प्रयोगमा नआउने हुनाले कमजोर हुन थाल्छन्। यस्तो अवस्थामा कुनै पनि व्यायाम उपकरण प्रयोग गर्न सकिँदैन । नासाका अनुसार यसले हड्डीहरूलाई कमजोर बनाउँछ । हड्डीहरूले शरीरको तौललाई धान्ने काम गर्छन्। तर अन्तरिक्षमा, पृथ्वीको गुरुत्वाकर्षण बिना, हड्डीहरूले प्रत्येक महिना औसत १ प्रतिशत देखि १.५ प्रतिशत खनिज घनत्व गुमाउँछन् ।
यसबाहेक, उचित आहार र व्यायाम बिना, अन्तरिक्ष यात्रीहरूको मांसपेशी पृथ्वीको तुलनामा सूक्ष्म गुरुत्वाकर्षणमा पातलो हुन्छ । नासाका अनुसार सूक्ष्म गुरुत्वाकर्षणमा रगत र ‘सेरेब्रोस्पाइनल फ्लुड’ तलबाट माथि सर्न थाल्छ र त्यति बेला आँखा र मस्तिष्कको आकारमा परिवर्तन हुने प्रबल सम्भावना रहन्छ ।
यसै गरी, हड्डीबाट क्याल्सियम निष्कासन हुने भएकाले मिर्गौलामा पत्थरी हुने जोखिम पनि उत्तिकै हुन्छ । लामो समयसम्म सूक्ष्म गुरुत्वाकर्षणमा रहे। फर्के पछि, पृथ्वीको गुरुत्वाकर्षणमा समायोजन हुन धेरै कठिनाइ हुने वैज्ञानिक मत छ । त्यसैले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा आइपुग्ने बित्तिकै चिकित्सा निगरानीमा राखिन्छ । त्यति बेला, सूक्ष्म गुरुत्वाकर्षणले पारेको प्रभावका कारण पृथ्वीको गुरुत्वाकर्षणमा शरीरलाई सन्तुलनमा राख्नु एक कठिन परीक्षा हुन जान्छ । यी यात्रुले सीधा हिँड्ने, सीधा उभिने र शरीर सन्तुलन कायम राख्ने जस्ता चुनौती हरेक दिन सामना गर्नुपर्ने हुन्छ ।
विकिरणको प्रभाव
पृथ्वीमा हुने विकिरणभन्दा अन्तरिक्षमा हुने विकिरण फरक छ । पृथ्वीलाई चुम्बकीय क्षेत्रले घेरेको कारण यसले मानिसहरूलाई हानिकारक अन्तरिक्ष विकिरणबाट बचाइरहेको हुन्छ । तर तर जब कुनै व्यक्ति धेरै उच्च उचाइमा हुन्छ, विकिरणको जोखिम बढ्छ । लामो समयसम्म यो स्थितिमा बस्दा अन्तरिक्ष यात्रीलाई विकिरणबाट पीडित हुने जोखिम बढ्छ । यस्तो अवस्थामा क्यान्सरको जोखिम बढ्छ र केन्द्रीय स्नायु प्रणाली प्रभावित हुने सम्भावना पनि उत्तिकै बढ्छ । २०१७ मा प्रकाशित नासाको एक रिपोर्ट अनुसार, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका अन्तरिक्ष यात्रीहरूले ६ महिनाको बसाइमा औसतमा ८० देखि १६० मिलिसिबट्र्स विकिरणको सम्पर्कमा आउँछन्।
तर, विकिरण फरक फरक प्रकारका हुन्छन् । एक मिलिसिबट्र्स अन्तरिक्ष विकिरण तीन वटा छातीको एक्स–रे बराबर हुन्छ । यसको तुलनामा, पृथ्वीमा एक औसत व्यक्ति प्रति वर्ष मात्र दुई मिलिसिबट्र्स विकिरणको सम्पर्कमा आउँछ । अन्तरिक्षमा रहँदा व्यवहार परिवर्तन, थकान, तनाव र अनिद्रा सामान्य जस्तै हुन्छन् ।
गत जुन ६ मा बोइङ स्टारलाइनर अन्तरिक्ष यानको परीक्षण उडानमा यी दुई यात्रु अन्तरिक्ष पुगेका थिए तर प्राविधिक गडबडीका कारण पृथ्वीमा अवतरण हुन ढिलाइ भएको हो । पृथ्वीको सतहबाट ४ सय ८ किमी माथि रहेको अन्तरिक्ष केन्द्रमा पुगेका उनीहरू यानको पर्पल्सन प्रणालीमा समस्या आएपछि सोही केन्द्रमा बसेका थिए र उनीहरु गएको यानलाई रित्तै फर्काइएको थियो । यसैबीचमा उनीहरूले, विभिन्न प्रयोग लगायत संयुक्त रूपमा ’स्पेस वाक’ अर्थात् यानबाट बाहिर निस्केर अन्तरिक्षमा हिँड्ने कार्य गरेका थिए ।
अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्नसाथ डोनाल्ड ट्रम्पले त्यसअघिको प्रशासनले अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा अलपत्र पारेको आरोप लगाएका थिए । उनीहरूलाई इलन मस्कले फिर्ता ल्याउने बताएका थिए । उक्त अन्तरिक्ष केन्द्रमा रहँदा उनीहरुलाई ४ पटकसम्म अत्यावश्यक वस्तु पठाइएको थियो ।
अन्तरीक्षमा यतिबेला नासाका वैज्ञानिकहरू सुनिता विलियम्स र ब्यारी मिल्मोर अड्किएको सात महिना बितिसकेको छ। जम्माजम्मी आठ दिनका लागि भनेर उनीहरू अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र पुगेका थिए। तर उनीहरूलाई लिएर फर्कनु पर्ने बोइङ कम्पनीको स्टार लाइनरको अक्षमताका कारण उनीहरू अन्तरीक्षमा नै अड्किन पुगेका छन्।
उनीहरूलाई अब फेब्रुअरीमा ल्याइने तयारी भइरहेकामा अझै एक महिना पछाडि धकेलिएको छ। बोइङको रकेटबाट उनीहरूलाई फिर्ता ल्याउन नसकिएपछि इलन मस्कको कम्पनी स्पेस एक्समार्फत ल्याउने प्रयास भइरहेको छ। उनीहरूलाई लिन भनेर बोइङको रकेट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा पुगे पनि उनीहरूलाई ल्याउन अक्षम भएको थियो।
खासमा इन्जिनमा केही समस्या देखिएपछि वैज्ञानिकहरूलाई नलिई फर्किएको थियो। त्यसो त बोइङले उनीहरूलाई फिर्ता ल्याउन सक्ने भए पनि नासाले उसलाई अर्को मौका नदिई स्पेस एक्सलाई मौका दिएको आरोप लगाइरहेको छ। हुन पनि तुरुन्तै बोइङ जान तयार भए पनि उसलाई त्यसको अनुमति नदिई स्पेस एक्सलाई अवसर दिएको छ।
यसले बोइङको अन्तरीक्ष यात्राको स्टारलाइनर जेटको भविष्य अन्धकार हुन पुगेको छ। बोइङले यसअघि चन्द्रमामा वैज्ञानिकहरूलाई पठाउन भूमिका खेलेको थियो। यही नाताले आधा शतकभन्दा बढी समयदेखि बोइङले अन्तरीक्ष उडानमा नासालाई सघाएर निकै ठूलो व्यापार पाइरहेको थियो। यतिबेला उसले अन्तरीक्ष उडानसम्बन्धी सम्पूर्ण व्यवसाय बिक्री गर्ने तयारी थालेको छ।
अब स्पेस एक्स अन्तरीक्षमा गएर सुनिता विलियम्स र ब्यारी मिल्मोरसँगै अन्य दुई यात्रीहरू निक हेग र रूसी अन्तरीक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभलाई पनि फिर्ता ल्याउने छ। उनीहरूलाई अन्तरीक्षबाट फिर्ता ल्याउन ढिलाई भइरहे पनि उनीहरूले शारीरिक कसरतदेखि अन्य सामान्य कामहरू गरेर समय बिताइरहेका छन्।
त्यसो त अन्तरीक्ष यात्रीहरूले वर्षमा धेरै पटक अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा जाने गर्छन्। उनीहरूको यात्रा बढीमा ६ महिना हुने गरेको छ। त्यसैले उनीहरूको ढिलाई तुलनात्मक रूपमा ढिला भए पनि सुनिता र ब्यारीले खासै गुनासो गरेका छैनन्। उनीहरूको दैनिक घरमा कुराकानीसमेत हुने गर्छ। त्यसो त नासाले अकासीय स्टेसनमा पर्याप्त अक्सिजन र खाना आपूर्ति गर्ने गर्छ। प्रस्तुतिः अच्युत कोइराला
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...