ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने
०१ फागुन २०८१
•
४ मिनेट पाठ
ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गरेका छन्।




ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको सम्पर्कमा अमेरिकी राष्ट्रपतिले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षीसँग ‘लामो र अत्यन्त फलदायी’ कुराकानी गरेको बताए।

तर ट्रम्पले किएभको नाटोमा सामेल हुने चाहना ‘व्यावहारिक’ नभएको बताइपछि यो कदमले युक्रेनलाई आफ्नै भविष्यको वार्तामा बाहिर राखिने चिन्ता जगाएको छ। किएभलाई नाटोमा संलग्न गराउन नहुने मस्कोको प्रमुख माग हो।

लगभग तीन वर्षको युद्धको छिटो अन्त्यका लागि दबाब दिइरहेका ट्रम्पले दुई आणविक–सशस्त्र महाशक्तिबीचको प्रत्यक्ष वार्ताबाट युक्रेनलाई बाहिर राखिएको कुरा अस्वीकार गरे।

'हामी अपेक्षा गर्छौं कि उहाँ यहाँ आउनुहुनेछ र म त्यहाँ जानेछु र हामी सम्भवतः पहिलो पटक साउदी अरेबियामा भेट्नेछौँ,' ट्रम्पले पुटिनसँग भेट्ने योजनाबारे ओभल अफिसमा पत्रकारहरूलाई भने।

ट्रम्पले यो ‘धेरै टाढा नभएको भविष्यमा’ हुने अपेक्षा गरेको र साउदी युवराज मोहम्मद बिन सलमान पनि संलग्न हुने बताए। साउदी युवराजले यस हप्ता रुस–अमेरिका कैदी आदान–प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

क्रेमलिनले फोन वार्ता डेढ घन्टा जति चलेको बताएको छ। दुई नेताले ‘एकसाथ काम गर्ने समय आएको’ सहमति गरेको र पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिएको बताइएको छ।

जनवरी २० मा पदभार ग्रहण गर्नुअघि ट्रम्पले युक्रेन युद्ध ‘२४ घन्टाभित्र’ अन्त्य गर्ने वाचा गरेका थिए।

– शान्तिको चाहना –

यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा फोन वार्ताको घोषणा गर्दै र द्वन्द्वमा अपुष्ट सङ्ख्या प्रयोग गर्दै आफू र पुटिन ‘दुवैले रुस/युक्रेन युद्धमा भइरहेको लाखौँको मृत्यु रोक्न चाहेको’ मा सहमत भएको बताएर विश्वलाई आश्चर्यमा पारे।

अमेरिकी राष्ट्रपतिले उनीहरू ‘एक–अर्काको राष्ट्रको भ्रमणसहित धेरै नजिकबाट काम गर्न’ र ‘आ–आफ्ना टोलीहरूलाई युक्रेनबारे तत्काल वार्ता सुरु गर्न’ सहमत भएको बताए।

ट्रम्पले पछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गरे। जेलेन्स्की पुटिनसँगको फोन वार्तामा सामेल थिएनन्।

जेलेन्स्कीले पछि उनको ट्रम्पसँग ‘अर्थपूर्ण’ कुराकानी भएको बताए। फोन वार्तामा ट्रम्पले पुटिनसँगको वार्ताको ‘विवरणहरू साझा गर्नुभएको’ उनले बताए।

कुराकानी पछि ट्रम्पले भने, 'जेलेन्स्की राष्ट्रपति पुटिन जस्तै, शान्ति चाहनुहुन्छ।'

किएभको राष्ट्रपति कार्यालयका प्रमुख आन्द्री येर्माकले टेलिभिजनमा दिएको टिप्पणीमा जेलेन्स्की र ट्रम्प सम्झौता तय गर्न प्रयास गर्ने प्रत्येक पक्षका उच्च–स्तरीय टोलीहरूको काम ‘तत्काल’ सुरु गर्न सहमत भएको बताए।

'टोलीहरूले दैनिक कामको प्रक्रिया सुरु गर्नेछन् र जेलेन्स्की र उहाँका अधिकारीहरूले एक दिनपछि म्युनिख सुरक्षा सम्मेलनमा संलग्न अमेरिकी अधिकारीहरूसँग भेट्ने छन्,' येर्माकले भने। तर पुटिनसँगको ट्रम्पको फोन वार्ताले संयुक्त राज्य अमेरिकाले रुसका सर्तहरूमा सहमत भएको चिन्ता बढाएको छ।

पेन्टागन प्रमुख पिट हेग्सेथले बुधबार युरोपेली समकक्षीहरूसँग युक्रेनको सन् २०१४ पूर्वको सीमामा फर्कने सपना ‘भ्रमपूर्ण लक्ष्य’ हो र किएभको नाटो सदस्यताको चाहना ‘यथार्थवादी छैन’ भने। दुवै मस्कोका प्रमुख माग हुन्।

ट्रम्पले जेलेन्स्कीलाई बाहिर राखिएको अस्वीकार गरे र हेग्सेथको टिप्पणीले वासिङ्टन रुसको पूर्वसर्तहरूमा सहमत भएको भन्ने आलोचनालाई अस्वीकार गरे।

यसैबीच येर्माकले युक्रेनको ‘स्वतन्त्रता, क्षेत्रीय अखण्डता र सार्वभौमिकता’ मा सम्झौता गर्न नसकिने किएभको अडान दोहोर्‍याए।

युक्रेनी नेताले रुससँगको कुनै पनि सम्झौताको हिस्साका रूपमा वासिङ्टनबाट कडा सुरक्षा ग्यारेन्टीको माग गरिरहेका छन्।  

यसैबीच ट्रम्पले सैन्य सहायता जारी राख्नका लागि किएभको दुर्लभ पृथ्वी खनिजको सट्टामा सम्झौताको सुझाव दिएका छन्।

– मूल कारण –

जेलेन्स्कीले बुधबार किएभमा अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टसँग भेट गरेपछि शुक्रबार म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई भेट्ने छन्।

ट्रम्पसँगको फोन वार्ताबारे क्रेमलिनको वक्तव्य अधिक संयमित थियो।

शान्ति वार्ताको माध्यमबाट दीर्घकालीन समाधानमा पुग्न सकिन्छ भन्ने कुरामा पुटिन ट्रम्पसँग सहमत भएको तर उनले द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्न चाहेको बताएको क्रेमलिनको वक्तव्यमा उल्लेख छ। मूल कारणका लागि रुसले किएभमा पश्चिमी प्रभावलाई दोष दिएको छ।

यसै हप्ता एक कैदी आदान–प्रदान सम्झौतामा सम्बन्ध सुधारका सङ्केतहरू देखिएका थिए। यसमा मस्कोले अमेरिकी शिक्षक मार्क फोगेल र बेलारुसले एक अमेरिकी नागरिकलाई रिहा गरे भने वासिङ्टनले रुसी क्रिप्टोकरेन्सी किङपिन अलेक्जान्डर भिन्निकलाई रिहा गर्‍यो।

ट्रम्पले यसअघि पनि पुटिनका लागि प्रशंसा व्यक्त गरिसकेका छन् र आफ्नो ट्रुथ सोसल पोस्टमा रुसी राष्ट्रपतिको प्रशंसा गरेका छन्। उनले ‘पुटिनले मेरो धेरै बलियो अभियानको आदर्श वाक्य, ‘सामान्य सेन्स’ पनि प्रयोग गरे भन्दै फोगेलको रिहाइका लागि उनलाई धन्यवाद दिए।

तथापि सम्भावित सम्झौताको स्वरूपबारे किएभ र युरोपेली राजधानीहरूमा चिन्ता बढ्दै गएको छ।

फ्रान्स, जर्मनी र स्पेनका विदेशमन्त्रीहरूले बुधबार किएभ र यसका युरोपेली साझेदारहरूको संलग्नता बिना ‘कुनै न्यायोचित र दीर्घकालीन शान्ति’ हुन नसक्नेमा जोड दिए। एएफपी
अर्को समाचार
ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी
२३ असार २०८२
•
१ मिनेट पाठ
ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ब्रिक्सको 'अमेरिकी विरोधी नीति' सँग मिल्ने देशहरूमा थप १० प्रतिशत भन्सार कर लगाइने बताएका छन्।




'ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग मिल्ने कुनै पनि देशलाई थप १० प्रतिशत कर लाग्नेछ। यसबाट कसैलाई पनि छुट दिइने छैन,' उनले ट्रुथ सोसियलमा लेख्दै भने।

यद्यपि, ट्रम्पले आफ्नो पोस्टमा अमेरिका विरोधी नीतिहरूको बारेमा कुनै स्पष्ट वा विस्तृत जानकारी दिएका छैनन् न त उनले यसको कुनै सन्दर्भ नै दिएका छन्।

सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो। यसपछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो।

२००४ मा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यको रूपमा समूहमा सामेल छन्। एजेन्सी
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस