भारतको छत्तीसगढमा सोमबार माओवादी विद्रोहीले सडक किनारमा राखेको शक्तिशाली बम विस्फोट गराउँदै ९ सुरक्षाकर्मीको ज्यान लिएका छन्। घटनामा प्रयोग गरिएको सवारी साधन विस्फोटको कारण हावामा उडेको प्रहरीले जनाएको छ।
भारतीय सञ्चारमाध्यमहरूले विस्फोटको कारण सडकमा गहिरो खाल्डो परेको र सवारी साधनका केही भाग २५ फिट उचाइमा रुखमा अड्किएको तस्बिरहरू प्रकाशित गरेका छन्।
माओवादी विद्रोहीहरूले दशकौँदेखि भारतको केन्द्रीय क्षेत्रका प्राकृतिक स्रोतहरूमा अधिकारको माग गर्दै सशस्त्र संघर्ष गर्दै आएका छन्। यो विद्रोहका कारण १० हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ।
छत्तीसगढ राज्यका प्रहरी प्रमुख विवेकानन्द सिन्हाले भने, "आजको आक्रमणमा ८ सुरक्षाकर्मी र एक चालकको ज्यान गएको छ। उनीहरू चढेको सवारीले ल्यान्डमाइनलाई छोएपछि विस्फोट भएको हो।"
सोमबारको आक्रमण सुरक्षाकर्मीहरूले शनिबारको माओवादी विरोधी कारबाहीबाट फर्कँदै गर्दा भएको हो। उक्त अपरेसनमा चार माओवादी र एक प्रहरी अधिकारीको मृत्यु भएको थियो।
माओवादी विद्रोहीहरूलाई "नक्सलाइट" भनेर पनि चिनिन्छ, जुन १९६७ मा पश्चिम बंगालको नक्सलबारीबाट सुरु भएको उनीहरूको आन्दोलनको नाम हो।
भारत सरकारले पछिल्ला वर्षहरूमा विद्रोहीविरुद्धको कारबाहीलाई तीव्र पारेको छ। सरकारी तथ्यांकअनुसार २०२४ मा २८७ माओवादी मारिएका छन्। जबकि १,००० भन्दा बढी पक्राउ र ८३७ आत्मसमर्पण गरेका छन्।
भारतका गृहमन्त्री अमित शाहले गत सेप्टेम्बरमा विद्रोहीलाई आत्मसमर्पण गर्न चेतावनी दिँदै विद्रोहलाई २०२६ को सुरूवातसम्म पूर्ण रूपमा अन्त्य गर्ने योजना सार्वजनिक गरेका थिए।
२००० को दशकको सुरुवातमा माओवादी विद्रोहले धेरै क्षेत्र ओगटेको थियो। तर, पछिल्ला वर्षहरूमा सरकारको "रेड करिडोर" मा सुरक्षाकर्मी परिचालन र स्थानीय विकास परियोजनामा लगानीले विद्रोहको प्रभावलाई सीमित पारेको छ।
सरकारले माओवादीको आकर्षणलाई कमजोर पार्न स्थानीय पूर्वाधार र सामाजिक परियोजनामा लाखौँ डलर लगानी गरिरहेको छ।