दक्षिण कोरिया हाल ‘विवाह र जन्मदर’ संकटको सामना गर्दैछ। विश्वमै सबैभन्दा कम प्रजनन दर रहेको यस देशमा महिलाको औसत प्रजनन दर ०.७२ मात्र छ। विवाह दर घट्दै गएपछि सरकारले यो समस्यालाई समाधान गर्न कदम चालेको छ।
बीबीसीका अनुसार दक्षिण कोरियामा विवाह दर ऐतिहासिक रूपमा न्यून बिन्दुमा पुगेको छ। सन् २०२३ मा एक दशकअघिको तुलनामा विवाह ४० प्रतिशतले घटेको देखियो। त्यहाँका युवा पुस्तामा विवाह ढिला गर्ने वा विवाह नगर्ने प्रवृत्ति बढिरहेको छ। साथै, प्रजनन दर पनि झन् घटेर विश्वकै सबैभन्दा न्यून बिन्दु ०.७२ मा झरेको छ।
विशेषज्ञहरूले यस स्थितिका लागि लामो कार्यघण्टा, महँगो आवास, र बाल हेरचाहको उच्च खर्चलाई प्रमुख कारण मान्छन्। २०१७ मा मेक्सिकोपछि दक्षिण कोरियाले संसारकै सबैभन्दा लामो कार्यघण्टा भएकाले काम-जीवन सन्तुलन राम्रो नभएको बताइएको छ। यसले परिवार सुरु गर्ने वा बच्चा जन्मिएपछि पुनः काममा फर्कने चाहनालाई निरुत्साहित गरेको छ।
स्पीड डेटिङबाट समाधान खोज्दै सरकार
सरकारले यस समस्यालाई हल गर्न विवाह प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्पीड डेटिङ’ कार्यक्रम सुरु गरेको छ। सरकारी सहयोगमा आयोजित यी कार्यक्रमले घट्दो जनसङ्ख्या र त्यससँग सम्बन्धित सामाजिक चुनौतीहरू समाधान गर्न प्रयास गरिरहेको छ।
म्याचमेकिंग कार्यक्रममा "रक, पेपर, सिजर" खेल्दै।ब्लुमबर्गको २०२३ को रिपोर्ट अनुसार, सेङनाम सहरले जनसङ्ख्या संकटको समाधानका लागि यस्तो कार्यक्रम सञ्चालन गरेको हो। मेयर सिन सांग-जिनको नेतृत्वमा सहरले सरकारीस्तरमा ‘डेटिङ इभेन्ट’ आयोजना गर्दै आएको छ।
सेङनाममा संचालन गरिएको डेटिङ इभेन्ट।२५०० भन्दा बढी योग्य आवेदकमध्येबाट छनोट गरिएका सहभागीहरू डेटिङ कोचको निर्देशनमा विभिन्न खेलहरू खेल्दै र स्पीड डेटिङका माध्यमबाट एक-अर्कासँग सम्बन्ध स्थापित गरिरहेका छन्।
डेटिङ कार्यक्रम अन्तर्गत भिडियो गेम खेल्दै युवा-युवती।कार्यक्रम स्थललाई रङ्गीन बेलुनहरूले सजाइएको थियो भने वाइन, चकलेट, र निःशुल्क मेकअप स्टेसनजस्ता सुविधा उपलब्ध गराइएको थियो। लोकप्रियताका कारण सहरले यी कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको छ। मेयर सिनको यो पहललाई विश्वभरबाट ध्यानाकर्षण भएको छ।
दक्षिण कोरियाको राजधानी सेउलले पनि यस्ता डेटिङ कार्यक्रम आयोजना गर्ने योजना बनाएको थियो। तर, आलोचनाका कारण हाल यो योजनालाई स्थगित गरिएको छ। आलोचकहरूले यस्तो कार्यक्रमले प्रजनन दरको जड समस्या समाधान नगर्ने बताउँदै आएका छन्।
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।
रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।
बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।
‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको,कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।
बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।
यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...