भित्ते नाराले हल्लाएको असद–सत्ता
२६ मंसिर २०८१
•
४ मिनेट पाठ
भित्ते नाराले हल्लाएको असद–सत्ता
सिरियामा विद्रोहपछि राष्ट्रपति बसर अल–असदको सत्ता पतन हुँदै गर्दा र विद्रोही हयात तहरिर अस साल (एचटिएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले नयाँ सरकार बनाउने प्रक्रिया थाल्दै गर्दा सर्वसाधारणले भने सन् २०११ फ्रेब्रुअरी १० को घटना सम्झिरहेका छन्। त्यो बेला सिरियाको दारा सहरस्थित स्कुल पढिरहेका मोआविया स्यास्नेह र उनका साथीहरूले स्कुलको भित्तामा ग्राफिटी कोरेका थिए। ग्राफिटीमा ‘अब तिम्रो पालो, डाक्टर!’ लेखिएको थियो।  




असदलाई डाक्टर भनेर चिनिन्थ्यो। ग्राफिटीमा सिधासिधा असदलाई अब तिम्रो खैर छैन भनी ललकारिएको थियो। यो कुरा एक कान दुई कान मैदान हुन पुग्यो। घरमा स्यास्नेहलाई बुवाले आफूले सुनेका कुरा सोधे। छोरा स्यास्नेहले कुनै कुरा लुकाएनन्। स्थानीय एउटा कम्पनीमा अकाउन्टेन्टको काम गरिरहेका उनका बुवाका लागि यो आतंकित बनाउने खबर थियो। उनले छोरालाई सतर्क हुन सचेत गराए। यस घटनाको केही दिनपछि प्रहरीले स्यास्नेहलगायत उनका ४५ जना साथीलाई बिहान ४ बजे घरबाटै पक्राउ गर्‍यो।

यसअघि सन् २०१० डिसेम्बर १७ मा ट्युसियामा एउटा फलफूल पसलेले स्थानीय प्रहरीको आतंकविरुद्ध आफैंलाई आगो लगाएर आत्महत्या गरेका थिए। त्यस घटनाले पुरै ट्युनिसिया आन्दोलनमा झोसियो र २४ वर्षसम्म राष्ट्रपति रहेका बेन अली देश छाडेर भाग्न बाध्य भएका थिए। त्यो घटनाले सिरियालाई पनि उत्साहित बनाएको थियो।  

गल्लीगल्लीमा अरब स्प्रिङ (जस्मिन रिभोल्युसन) का बारेमा घरघरमै चर्चा भइरहेकाले स्यास्नेह र उनका साथीहरू पनि त्यसबाट उत्साहित भए। उनीहरूले स्कुल समय सकिएपछि कोही नभएको मौकामा स्कुलको भित्तामा ‘अब तिम्रो पालो, डाक्टर!’ लेखेका थिए। यसको अर्थ के हो भन्ने सिरियाका बच्चाबच्चालाई थाहा थियो। उनी अर्थात् असद् त्यसरी नै भाग्ने छन्, जसरी अली ट्युनिसियाबाट भाग्नुपरेको थियो भन्ने सन्देशलाई त्यो बेलाको प्रशासनले गम्भीरतापूर्वक लियो।

स्यास्नेहलगायतलाई प्रहरीले पक्राउ गरेपछि स्कुल प्रशासन र अभिभावकले छुटाउन अनेक अनुनय गर्दै प्रशासन चहार्न थाले। असदको सत्ताले कलिला ती बालबालिकालाई ४५ दिनसम्म थुनामा राखेर यातना दियो। प्रहरीले कहिले उनीहरूलाई कुखुरा बनाएर झुन्ड्याउँथे भने कहिले विद्युतीय झट्का दिन्थे। पक्राउ गरिएका आफ्ना सन्तानलाई प्रहरीले भेट्नसमेत नदिएपछि अभिभावकहरू एकजुट भएर र्‍याली निकाल्न थाले।  

शान्तिपूर्ण र्‍यालीमा उनीहरूलाई हिरासतबाट छाड्न याचना गरिन्थ्यो। एक पटक त प्रहरीले अभिभावकहरूलाई तिम्रा सन्तानलाई बिर्सिदिनुसमेत भन्न भ्याए। केही प्रहरी अधिकारीले भनेका थिए, ‘तिमीहरू आफ्ना सन्तान बिर्स र घर जाऊ। यिनलाई माया मार। बरु यिनको सट्टा अरू सन्तान जन्माओ।’ केही प्रहरीले त उनीहरूलाई यसरी जिस्क्याउनसमेत भ्याए, ‘तिमीहरू आफ्ना सन्तान र स्वास्नीलाई तह लगाउन सक्दैनौ भने हामी तह लगाउन बाध्य हुनुपर्छ।’ केही प्रहरी त छिल्लिए, ‘तिमीहरू सन्तान जन्माउन सक्दैनौँ, भने तिम्रा घरवाली यहाँ पठाइदेओ।’

प्रहरी प्रशासनका अधिकारीहरूको हृदय नै छियाछिया पार्ने यस्तो टिप्पणी सुनेपछि अभिभावकहरू भड्किए। आन्दोलन झन् कडा तर शान्तिपूर्ण हुन थाल्यो। दिनदिनै आन्दोलनकारीको संख्या बढ्न थाल्यो। कतिसम्म भने दारा सहरबाट सुरु भएको यो आन्दोलन सिरियाका अन्य ठाउँमा पनि फैलियो। ती स्कुले बालबालिकालाई नछाडिन्जेल सडकबाट हट्ने छैनौं भन्ने नारासहित आन्दोलन झन् झन् सशक्त हुन थाल्यो। आन्दोलनकारीको संख्या बढ्न थालेपछि उनीहरूलाई जस्तोसुकै शक्ति प्रयोग गरेर भए पनि दबाउन राजधानी दमास्कसबाट स्वीकृति दिइयो। 

यसबाट हौसिएको सेनाले हेलिकोप्टरबाट आन्दोलनकारी सर्वसाधारणमाथि गोली वर्षाउन थाल्यो। गोली लागेर एकजनाको मृत्यु भयो। त्यसपछि आन्दोलनकारी झन् उत्तेजित भए। उनीहरूले यो सहादत खेर नजाने नारा लगाउँदै आन्दोलनलाई तेजिलो बनाउने कसम खाए। मृतकको शवसहित सहर परिक्रमा गर्ने क्रममा सेनाले फेरि गोली चलायो। अवस्था झन् बिग्रिँदै गयो। गोली लागेका आन्दोलनकारीलाई अस्पतालमा भर्ना नलिन आदेश दिइएकाले सर्वसाधारणले सयौं वर्ष पुरानो मस्जिदलाई नै अस्पतालमा परिणत गरे।

दिनदिनै ठुलाठुला विरोध प्रदर्शन हुन थालेपछि असद सरकारले थुनामा राखिएका बालबालिकालाई मुक्त गर्‍यो। थुनाबाट मुक्त हुँदा ती सबैको अनुहारभरि चोट थियो। थुनामा गरिएको दुव्र्यवहारका कारण आक्रोशित भएका उनीहरू आन्दोलनमा सरिक भए। स्यास्नेह असद विरोधी शान्तिपूर्ण आन्दोलनमा नियमित सहभागी मात्र भएनन्, सशस्त्र विद्रोहमा पनि सामेल भए। १४ लाख ३५० सर्वसाधारणको मृत्युपछि असद शासनबाट मुक्ति र स्वतन्त्रतामा स्यास्नेहको सानो भए पनि योगदान रहेको सिरियालीले सम्झिरहेका छन्।
अर्को समाचार
गरिबीको दारुण चित्र
२७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
गरिबीको दारुण चित्र
नेपालमा करिब १० लाख परिवार गरिबीबाट गुज्रिरहेका तथ्यांक सार्वजनिक भएको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १२ वर्षअघिदेखि सुरु गरेको गरिबी पहिचान कार्यक्रमअन्तर्गत यस्तो वास्तविकता फेला परेको हो। यो तथ्यांकले अझै पनि नेपालका जनता कुनखालको सुविधा प्रयोग गर्न बाध्य छन् र उनीहरूको जीवनस्तर कति जटिल होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ।




अति गरिब, गरिब र सामान्य गरिब गरी तीन भागमा वर्गीकरण गरेर लिइएको तथ्यांकले यति धेरै परिवार गरिबको सूचीमा पर्न बाध्य भएका देखाएको हो। जसमध्ये मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी गरिब रहेका पाइएको छ भने मनाङमा सबैभन्दा कम गरिब रहेका भेटिएको छ। त्यसो त मनाङ पर्यटकीय र सबैभन्दा कम जनसंख्या भएको जिल्लासमेत भएकाले यहाँ गरिबहरू कम देखिएका हुन सक्छन्। 

सर्लाहीको गरिबीको तथ्यांकले सबै नेपालीलाई मुन्टो निहुराउनुपर्ने अवस्थामा पुर्‍याएको छ। यहाँका ५० हजार दुई सय ४८ परिवार गरिबीबीच बाँच्नुपर्ने यथार्थले तिनीहरूको जीवन कति कष्टदायी र असुविधाले भरिपूर्ण होला भन्ने जान्न कठिनाइ पर्दैन। यसैगरी सुदूरपश्चिमस्थित बाजुराको गरिबी तथ्यांक पनि डरलाग्दो छ। यहाँका १३ हजार आठ सय २५ परिवारमध्ये ६ हजार चार सय ९४ अति गरिब, चार हजार दुई सय ६२ मध्यम गरिब र तीन हजार ५९ परिवार सामान्य गरिब छन्। यसरी नै कर्णाली प्रदेशको कालीकोटका १२ हजार ६ सय ८४ परिवारमध्ये पाँच हजार नौ सय ८५ अति गरिब, तीन हजार नौ सय ५१ परिवार मध्यम गरिब तथा दुई हजार सात सय ४८ परिवार सामान्य गरिब छन्। यी केही जिल्लाले नै प्रमाणित गर्छन् कि नेपालीको जीवनचर्या कति कष्टमय र दारुणिक छ भन्ने।

जीविका गरिबीले असर पार्ने सबैभन्दा मुख्य पक्ष हो। जो आफ्नो जीविकाकै लागि हरदिन चिन्तित हुन्छ स्वाभाविकरूपमा उसले शिक्षामा ध्यान दिन पाउँदैन। जो अशिक्षित छ, ऊ हरकुराको जानकारी पाउनबाट वञ्चित हुन्छ। यसरी जानकारी र अधिकारबाटै वञ्चित हुनुपरेपछि अरू सुविधा पाउने कुरै भएन। यसबाहेक स्वास्थ्य सुविधामा पनि उसको पहुँच पुग्ने कुरै भएन। न उसको राजनीतिमा पहुँच हुन्छ न त सामाजिक, आर्थिक, सांस्कृतिक पक्षमै। यस्तो अवस्थाले उसको गरिबीलाई झन् झन् बढाउँछ र जीवनलाई दु:खको आहालमा धकेल्छ। यसर्थ पनि अहिले देखिएको गरिबीको तथ्यांक निकै डरलाग्दो छ भन्न सोच्नै पर्दैन।

पञ्चायतकालमा केन्द्रीकृत शासन व्यवस्थाका कारण विकास र स्रोतका प्रतिफल सबैतिर पुग्न नसकेको साँचो हो। त्यसैले मुलुकले क्रमश: लोकतन्त्र र गणतन्त्र माग गर्‍यो। यस्तो माग स्रोतको विकेन्द्रीकरणका लागि थियो जुन सबै क्षेत्र, भूगोल, वर्ग, समुदाय, वर्ण, लिंग, जात, समुदाय आदिको जीवन स्तरमा सुधार ल्याउने अपेक्षासँग जोडिएको थियो। तर लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा गइसकेपछि पनि विकासको प्रतिफल सबै ठाउँमा समानरूपमा पुग्न सकेको रहेनछ भन्ने माथिको तथ्यांकले देखाएको छ। खासमा यो तथ्यांक यही वास्तविकता महसुस गरेर अघि बढ्नका लागि गतिलो पाठसमेत बन्न सक्छ।

कुशासन र अपारदर्शिता तथा यिनैको जगमा मौलाएको भ्रष्टाचार गरिब परिवार बढ्नुको मुख्य कारण हो। शक्ति र पहुँचका आधारमा स्रोतलाई केही ठाउँविशेष, व्यक्तिविशेष, जिल्लाविशेष, सहर/गाउँ/टोलविशेष बनाइनुको नतिजा पनि हो यो अवस्था। जसले गणतन्त्र र संघीयताको मर्मलाई सोझै खिल्ली उडाइरहेका छन्। त्यसैले अहिले जुन तथ्यांक सार्वजनिक भएको छ, त्यसलाई आत्मसात गरेर अघि नबढ्ने हो भने धनी र गरिबबिचको खाडल अझै बढ्ने निश्चित छ। यो यथार्थ मनन गर्न जति ढिला भयो हामी गरिब उत्पादनका लागि उति नै ऊर्बर बन्दै जानेमा शंका छैन।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
वर्षा, विनाश र पूर्वतयारी
वर्षा, विनाश र पूर्वतयारी
नागरिक नागरिक • · १९ जेष्ठ २०८२ · ३ मिनेट पाठ
अनुदानमा अनियमितता
नागरिक नागरिक • · १२ जेष्ठ २०८२ · ३ मिनेट पाठ
किसानमारा संस्थान
नागरिक नागरिक • · ३० वैशाख २०८२ · ३ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस