साउदीमा मडारिँदै ‘श्रम खतरा’
२१ मंसिर २०८१
•
५ मिनेट पाठ
साउदीमा मडारिँदै ‘श्रम खतरा’
सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने लक्ष्यका साथ साउदी अरेबियाले निर्माण गरिरहेका ‘महापरियोजना’ मा आप्रवासी मजदुरमाथि व्यापक श्रमशोषण भइरहेको तथ्य सार्वजनिक भएको छ।




अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले एक अध्ययन प्रतिवेदनमार्फत यस्तो तथ्य सार्वजनिक गरेको हो। प्रतिवेदनमा नेपाल, बाङ्लादेश र भारतका मजदुरसमेत शोषणमा परेको उल्लेख छ।

ह्युमन राइट्स वाचले सार्वजनिक गरेको प्रतिवेदन ७९ पृष्ठको छ। ‘पहिले मर, त्यसपछि ज्याला दिउँला: साउदी अरेबियाका महापरियोजनाहरूमा व्यापक श्रम दुरुपयोग’ शीर्षकको प्रतिवेदनमा आप्रवासी मजदुरमाथि दुर्व्यवहारका घटनाको व्यापक तथ्यसहित वर्णन गरिएको छ। जसमा केही घटना जबर्जस्ती श्रमको श्रेणीमा पनि पर्ने खालका छन्।

महँगो रोजगारी शुल्क, व्यापक ज्याला चोरी, चर्को गर्मीबाट जोगिन अपर्याप्त सुरक्षा प्रबन्ध, रोजगारी बदल्ने अधिकारमाथि बन्देज र मजदुर मृत्युका घटना प्रतिवेदनमा उल्लेख छन्। निर्माणस्थलमा मजदुरको उचित उपचारको प्रबन्धसमेत गर्न साउदी प्रशासन अक्षम रहेको तथ्य पनि प्रतिवेदनमा राखिएको छ।

‘अर्बौं डलर लगानीका महापरियोजना निर्माण कार्य आप्रवासी मजदुरको मानव ऊर्जामा निर्भर छ,’ ह्युमन राइट्स वाचका मध्यपूर्व विभागका सहनिर्देशक माइकल पेजले भने, ‘तर उनीहरूको अधिकार व्यापक मात्रामा हनन भइरहेको छ। मजदुरसँग कुनै प्रकारको कानुनी उपचारमा पहुँच छैन।’

ह्युमन राइट्स वाचले यो प्रतिवेदन विभिन्न रोजगार क्षेत्र तथा भौगोलिक क्षेत्रमा पूर्वकार्यरत र हाल कार्यरत एक सय ५५ भन्दा धेरै आप्रवासी मजदुर र मृतक मजदुरका परिवारसँग अन्तर्वार्तामा आधारित रहेर तयार पारेको जनाएको छ।

‘पहिला मर, त्यसपछि ज्याला’

प्रतिवेदनमा भुक्तभोगी मजदुर र मृतकका परिवारका सदस्यले दिएका घटना विवरण पनि उल्लेख गरिएको छ। जसमा एक मजदुरले दुई महिनाको तलब बेलैमा पाएको र त्यसपछि कहिल्यै नपाएको बताएका छन्। ‘मैले पहिलो दुई महिनाको तलब बेलैमा पाएँ। त्यसपछि कहिल्यै पनि पाइनँ,’ ती आप्रवासी मजदुरलाई उद्धृत गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘म्यानेजरसँग तलबबारे सोध्दा उसले भन्थ्यो–पहिला मर, त्यसपछि ज्याला दिउँला।’

यसरी पीडामा हुने मजदुरले रोजगारी बदल्न र साउदी अरेबियाबाट बाहिरनसमेत सास्ती भोग्नुपरेका घटना प्रतिवेदनमा उल्लेख छन्। जुन साउदी अरेबियाले सन् २०२१ मा लागु गरेको श्रम सुधार पहलको व्यवस्थाविपरीत रहेको वाचले उल्लेख गरेको छ।

‘मलाई अध्यागमन अनुमति लिन भनियो। देशबाहिर गएर फेरि अर्को कम्पनीमा आप्रवासनमा आउन भनियो,’ एक मजदुरले वाचसँग भनेका छन्, ‘तर, रोजगारदाताले तिमीलाई प्रायोजक फेर्न दिए अन्य मजदुरलाई पनि त्यसै गर्न दिनुपर्ने बाध्यता हुन्छ भनेर इन्कार गरिदियो।’

आप्रवासी मजदुरको अनलाइनमा पहुँच नहुने र रोजगारी सम्झौताका व्यवस्था, सेवाहरू बुझ्ने र चलाउने ज्ञान नहुँदा समस्या भोगिरहनुपरेको पनि प्रतिवेदनमा उल्लेख छ। साउदी अरेबियाको श्रम कानुनअन्तर्गत मजदुरका अधिकारबारे बुझ्न र साउदी प्रशासन तथा आफ्नो देशको दूतावासमार्फत सहयोग लिन पनि उनीहरूलाई मुस्किल देखिन्छ।

रोजगारदाताले मजदुरलाई चर्को गर्मीमा ज्यानकै जोखिम हुनेगरी काम गर्न पनि बाध्य पारिरेहको प्रतिवेदनमा उल्लेख छ। जलवायु परिवर्तनको दर बढ्दै जाँदा यस्ता खतराहरू झनै विकराल हुने सम्भावना रहेको छ। ‘हरेक दिन एक/दुई कामदार बेहोस हुन्छन्। कोही काम गर्न जाँदाजाँदै, कोही काम गर्दागर्दै बेहोस हुन्छन्,’ एक मजदुरले वाचसँग भनेका छन्। अत्यधिक गर्मीमा काम गर्नुपर्दा त्यसले स्वास्थ्यमा हानि पुर्‍याउँछ, कतिपय भित्री अंग विफल हुनेजस्ता समस्या पनि आउन सक्छन्।

वाचले संकलन गरेको साउदी सरकारको तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुन महिनासम्म आठ सय ८४ बाङ्लादेशी मजदुरको ज्यान गएको छ। जसमध्ये ८० प्रतिशतको प्राकृतिक कारणले मृत्यु भएको विवरणमा उल्लेख छ।

साउदी अरेबियामा आप्रवासी मजदुरको मृत्युको कारण अक्सर बताइन्न। त्यसबारे अनुसन्धान पनि नगरिने र क्षतिपूर्ति पनि नदिइने वाचले जनाएको छ। जसका कारण मृतक कामदारका परिवार आर्थिक सहायता बिना बाँच्न बाध्य हुन्छन्। उदाहरणका रूपमा प्रतिवेदनमा मृत्यु भएका भारतीय एक प्लम्बरकी पत्नीको गुनासो समेटिएको छ।

‘उहाँमा कुनै स्वास्थ्य समस्या थिएन। मृत्यु प्रमाणपत्रमा लेखिएझै प्राकृतिक कारणले उहाँको मृत्यु भएको कुरा हामी पत्याउन्नौं,’ उनले भनेकी छन्, ‘मृत्युबारे राम्ररी अनुसन्धान नै गरिएन।’

पतिको मृत्यु भएपछि हरेक महिना घर खर्च, बालबच्चाका विद्यालय शुल्क र ऋण तिर्न उनलाई निकै समस्या भइरहेको छ। ‘उहाँले हरेक महिना यी सबै कामका लागि ४५ हजार भारु पठाउनुहुन्थ्यो। तर उहाँ नै नरहेपछि हामी अत्यन्तै अभावमा बाँचिरहेका छौं,’ उनले भनेकी छन्।

वाचले साउदी अरेबियामा कामका क्रममा मिर्गौला फेल भएर डायलाइसिस गराइरहेका सातजना नेपाली मजदुरसँग पनि कुराकानी गरेको जनाएको छ। उनीहरू जीवनको अन्तिम दिन बाँचिरहेका छन्। तीमध्येकी एक बिरामीकी पत्नीले आफ्ना पतिको डायलाइसिस खर्च नेपाल सरकारले बेहोरिरहेको वाचसँग बताएकी छन्।

‘डाइलाइसिस त भएको छ तर न औषधि किन्न पैसा छ न छोराछोरीको विद्यालय शुल्क नै तिर्न सकेकी छु,’ उनले भनेकी छन्, ‘साउदी कम्पनीले नेपाल फर्कन टिकट किनिदिनेबाहेक अरू कुनै सहयोग गरेको छैन।’

साउदी अरेबियामा हाल एक करोड ३४ लाख आप्रवासी कामदार छन्। जसमध्ये धेरै ठुल्ठुला निर्माण क्षेत्रमा कार्यरत छन्। विश्वकप फुटबल आयोजनाका लागि महापरियोजना अघि बढेकाले यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।

फिफाको अटेरी

साउदी अरेबियाले सार्वजनिक लगानी कोषबाट सञ्चालित ‘सार्वभौम धन कोष’ को लगानीमा २०३४ को विश्वकप फुटबललाई लक्षित गरेर महत्वाकांक्षी महापरियोजना अघि बढाएको छ। हालसम्म फिफाले २०३४ को विश्वकप आयोजक छनोट गरिसकेको छैन। तर त्यसमा साउदी अरेबियाले बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ।

साउदीले विश्वकप आयोजनाका लागि ११ वटा नयाँ स्टेडियम, चारवटाको मर्मतसम्भार, एक लाख ८५ हजारभन्दा धेरै बस्न मिल्ने नयाँ होटल कोठा, विमानस्थल, सडक, रेलमार्गसहितको निर्माण योजना फिफासमक्ष पेस गरेको छ।

यही डिसेम्बर ११ (मंसिर २६ गते) मा हुने फिफा सम्मेलनले साउदी अरेबियाको निर्माण आयोजनालाई स्वीकृति प्रदान गर्न सक्ने देखिएको छ। तर श्रमजन्य दुव्र्यवहार गरिरहेको अवस्थामा उसलाई कुनै बाध्यकारी प्रतिवद्धता नगराएर अन्तर्राष्ट्रियस्तरको फुटबल आयोजाना गर्न दिनु राम्रो नभएको टिप्पणी वाचले गरेको छ।

साउदी अरेबियाको महापरियोजनासँग सम्बन्धित गम्भीर श्रम अधिकार दुर्व्यवहारका घटनाबारे गत नोभेम्बर ४ (कात्तिक १९) मा फिफालाई पत्र लेखेर जानकारी गराएको वाचले जनाएको छ। तर फिफाले त्यसको जवाफ दिएको छैन।
अर्को समाचार
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
४१ मिनेट अघि
•
१ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
लिमा। पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्। पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।




अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ।'

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो। ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो। एएफपी
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस