ह्यारिस र ट्रम्पको अमेरिकी चुनावी अभियानको अन्तिम दौड
१९ कार्तिक २०८१
•
४ मिनेट पाठ
ह्यारिस र ट्रम्पको अमेरिकी चुनावी अभियानको अन्तिम दौड
कट्टर प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सोमबार अन्तिम तीव्र चुनावी अभियान सुरु गर्दैछन्। दुवैले अमेरिकाको सबैभन्दा कडा र अस्थिर राष्ट्रपतीय चुनावमा जित्नैपर्ने पेन्सिलभेनिया राज्यमा प्रचार गर्दैछन्।




रिपब्लिकन ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि ‘पहिलो’ जितको वाचा गरेका छन भने डेमोक्रेट ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयासमा ‘गति’ आफ्नो पक्षमा रहेको बताएकी छिन्।

यद्यपि मतदान दिवसको पूर्वसन्ध्यामा सर्वेक्षणहरूले फरक कथा बताइरहेका छन– राष्ट्रिय स्तरमा र निर्णायक सात स्विङ राज्यहरूमा पूर्ण गतिरोध देखिएको छ।

दुई पटक ट्रम्पको हत्या प्रयास र ह्यारिसको आश्चर्यजनक ढिलो प्रवेशसहितको नाटकीय मोड लिएको यो दौड अब सबैभन्दा कडा लडाइँ भएको क्षेत्रमा केन्द्रित हुँदैछ।

ह्यारिसले पूरै दिन रस्ट–बेल्ट राज्य पेन्सिलभेनियामा प्रचार गर्नेछिन र फिलाडेल्फियामा गायिका लेडी गागासहितको विशाल ¥यालीमा समापन हुनेछिन। ट्रम्प नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र त्यसपछि मिशिगन जानेछन।

पेन्सिलभेनिया कति महत्त्वपूर्ण छ भन्ने सङ्केतका रूपमा ट्रम्प र ह्यारिस दुवैले औद्योगिक शहर पिट्सबर्गमा प्रतिद्वन्द्वी ¥यालीहरू आयोजना गरेका छन्।

जनसङ्ख्याको आधारमा प्रभाव प्रदान गर्ने अमेरिकी इलेक्टोरल कलेज प्रणालीअन्तर्गत पेन्सिलभेनिया सबैभन्दा ठूलो स्विङ स्टेट पुरस्कार हो।

तिमी बर्खास्त छौ

दुवै पक्षले ठूलो शुरुआती मतदान सङ्ख्याबाट उत्साहित भएको बताएका छन। अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मानिसले पहिले नै मतदान गरिसकेका छन्। यो सन् २०२० मा खसेको कूल मतको लगभग आधा हो।

सन् २०२४ को ह्वाइट हाउस दौडको अविश्वसनीय नजिकले विभाजित संयुक्त राज्य अमेरिकालाई प्रतिबिम्बित गर्छ । निर्वाचनले दृष्टिकोण धेरै फरक भएका दुई उम्मेदवारबीच छनोट गर्दैछ।

पूर्वराष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको खोजीमा आफ्नो अँध्यारो र हिंसात्मक वाणीलाई दोब्बर बनाएका छन। यसले उनलाई पहिलो दोषी ठहरिएको अपराधी र ७८ वर्षको उमेरमा निर्वाचित भएको सबैभन्दा पुरानो प्रमुख पार्टी उम्मेदवार बनाउनेछ।

उपराष्ट्रपति ह्यारिसले भने राष्ट्रपति जो बाइडेनले जुलाईमा दौडबाट नाम फिर्ता लिएपछि डेमोक्रेटिक टिकटको शीर्षमा आश्चर्यजनक उदय भएकी हुन।

ह्यारिसले गर्भपतन एउटा प्रमुख मुद्दा हुनसक्ने आशा गरेकी छिन र विशेषगरी महिला मतदाताहरूसँग यसले ट्रम्पलाई चोट पु¥याउन सक्छ। ट्रम्पले आप्रवासी र अर्थतन्त्रमा ध्यान केन्द्रित गरेका  छन भने राजनीतिक विरोधीहरूलाई ‘भित्रैबाट शत्रु’ भएका छन्।

उनीहरू दुवैले स्विङ राज्यहरूमा तीव्र जिग–ज्याग यात्रा गरेका छन। कोलाहलपूर्ण र्‍यालीहरू र ह्यारिसको प्रख्यात टेलिभिजन कार्यक्रम ‘स्याटर्डे नाइट लाइभ’ मा समेत उपस्थिति रहेको छ।

आइतबार चुनाव प्रचारमा ट्रम्पले समर्थकहरूसँग पत्रकारहरूलाई गोली हान्दा उनलाई वास्ता नहुने कुरा गरे, निराधार चुनावी धाँधलीको आरोप लगाए र कागजात नभएका आप्रवासीहरूद्वारा गरिएका अपराधहरूको विस्तृत विवरण दिए।

“कमला – तिमी बर्खास्त छौ, बाहिर जाऊ”, ट्रम्पले जर्जियाको मेकनमा समर्थकहरूलाई भन्नुभयो  उनले सन् २०२० को पुनर्निर्वाचनमा बाइडेनसँग हारेपछि ह्वाइट हाउस ‘छोड्न नहुने थियो’ भने । त्यसपछि उनले नतिजा उल्ट्याउने प्रयास गरे र यो २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमणमा टुङ्गियो।उनले फेरि पराजय स्वीकार गर्नुहुन्न भन्ने डर बढ्दै गएको छ ।  

हाम्रो पक्षमा गति छ

हालैका केही उत्साहजनक सर्वेक्षणपछि ह्यारिसका तर्फबाट उनले आइतबार मिशिगनमा जोशपूर्ण र्‍यालीमा भने, “हाम्रो पक्षमा गति छ – यो हाम्रो साथमा छ।”

उनले मिशिगनमा इजरायल–हमास युद्धमा अमेरिकी व्यवहारको विरोध गरेको ठूलो अरब–अमेरिकी समुदायलाई पनि आकर्षित गर्दै भन, “म गाजामा युद्ध अन्त्य गर्न मेरो शक्तिले भ्याएसम्म सबै गर्नेछु ।”

निर्वाचनले मध्यपूर्वमा द्वन्द्व र युक्रेनमा रुसको युद्धमा गहिरो प्रभाव पार्न सक्ने भएकाले विश्वले यो चुनावलाई चिन्तापूर्वक हेरिरहेको छ।

यसैबीच अभियानका अन्तिम दिनहरूमा दुवै उम्मेदवारले उच्च–प्रोफाइल समर्थकहरूलाई परिचालन गरेका छन।

दक्षिणपन्थी प्रविधि उद्योगपति एलन मस्कले दर्ता भएका मतदाताहरूलाई विवादास्पद १० लाख डलरको उपहार वितरण गरिरहेका छनभने ह्यारिस पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामा तथा गायिका बियोन्सेको स्टार पावरमा भर परेकी छिन। 

तथापि निवर्तमान राष्ट्रपति बाइडेन गत हप्ता ट्रम्पका समर्थकहरूलाई फोहोर’ भनेर गल्ती गरेपछि चुनाव प्रचारबाट उल्लेखनीय रूपमा अनुपस्थित रहेका छन् ।

बाइडेनले अभियानको अन्तिम दिनको धेरैजसो समय ह्वाइट हाउसमा बिताउने छन भने ह्यारिसले उनको गृहनगर पेन्सिलभेनियास्थित स्क्र्यान्टनमा एउटा कार्यक्रमबाट आफ्नो दिन सुरु गर्नेछिन।
अर्को समाचार
ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी
२३ असार २०८२
•
१ मिनेट पाठ
ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ब्रिक्सको 'अमेरिकी विरोधी नीति' सँग मिल्ने देशहरूमा थप १० प्रतिशत भन्सार कर लगाइने बताएका छन्।




'ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग मिल्ने कुनै पनि देशलाई थप १० प्रतिशत कर लाग्नेछ। यसबाट कसैलाई पनि छुट दिइने छैन,' उनले ट्रुथ सोसियलमा लेख्दै भने।

यद्यपि, ट्रम्पले आफ्नो पोस्टमा अमेरिका विरोधी नीतिहरूको बारेमा कुनै स्पष्ट वा विस्तृत जानकारी दिएका छैनन् न त उनले यसको कुनै सन्दर्भ नै दिएका छन्।

सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो। यसपछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो।

२००४ मा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यको रूपमा समूहमा सामेल छन्। एजेन्सी
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस