भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७४ वर्षमा प्रवेश गरेका छन्। मोदीको जन्म सन् १९५० सेप्टेम्बर १५ मा भारतको गुजरात राज्यमा भएको हो।
लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बनेका मोदी ७४ वर्षमा पनि निकै फिट छन्।
मोदीले आफ्नो दिनको सुरुआत योगाभ्यासबाट गर्छन् र सन्तुलित खानपान उनको स्वस्थ जीवनको मूलमन्त्र हो।
उनी दैनिक ४० मिनेट योग गर्छन्। जसको सुरुआत सूर्य नमस्कार र प्राणायामबाट हुन्छ। त्यस्तै उनी अनिद्राको समस्याबाट जोगिनका लागि योग निद्रा पनि गर्छन्। त्यसबाहेक मोदी आफूलाई फिट राख्नका लागि वज्रासन, सेतुबन्धासन, भुजङ्गासन र उत्तानपादासन जस्ता योग पनि गर्छन्।
त्यस्तै पैदल हिँड्ने बानी पनि छ उनको। सकभर उनी कतै जाँदा पैदल हिँड्न रुचाउँछन्।
प्रधानमन्त्री मोदी शाकाहारी हुन्। विभिन्न समयमा उनी व्रत पनि बस्ने गर्छन्। सामान्यता बिहान ९ बजेसम्म उनले आफ्नो खाजा खाइसक्छन्। जसमा लौकाको पराठा उनको प्रिय खाजा हो।
बेलुकाको खाना पनि सामान्य रहन्छ। जसमा गुजराती खिचडी उनको प्रिय भोजन हो। दाल, भात, जाउलो र हरियो सागसब्जी उनको नियमित खानपानमा समावेश हुन्छ।
प्रधानमन्त्री मोदी दैनिक ३ घन्टा मात्रै सुत्छन् भने साँझ ६ बजेपछि कुनैपनि प्रकारको भोजन सेवन गर्दैनन्।
एक नेपालीसहित २६ जनाको ज्यान लिएको पहलगाम आतंकवादी हमलापछि विकसित घटनाक्रमले भारत र पाकिस्तानलाई युद्धोन्मुख बनाएको थियो। दुवै देशका सेनाले एकअर्कामाथि सीमापार हवाई हमला गरिरहेका थिए।
दुई आणविक शक्तिसम्पन्न राष्ट्रहरू आमने–सामने आउँदा त्यसले सिर्जना गर्ने अवस्थाले विशेषतः दक्षिण एसिया र त्यसपछि सिंगै विश्वलाई चिन्तित बनाएको थियो। नेपालमा पनि युद्ध लम्बिदै जाँदा र फुलफेज युद्धमा परिणत हुँदो सिर्जना हुनसक्ने जोखिमको चिन्ता आमस्तरसम्म पुगेको थियो।
यहीबीचमा शनिवार अमेरिकी मध्यस्तकर्तामा दुवै देश युद्धविराम गर्न राजी भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो खुसखबर विश्वभर बाँडिसकेका छन्, भने दुवै देशका अधिकारी तथा नेताहरुले युद्धविराम सम्झौता भएको स्वीकार्दै एकअर्कामाथि हमला नगर्ने भनिसकेका छन्।
पहलगाम आतंकवादी हिंसा र त्यसपछि विकसित भारत–पाकिस्तान तनावका शनिवारसम्म १९ दिन गुज्रिएका छन्। यी १९ दिनमा के–के भए हामीले यहाँ टाइमलाइन(समयरेखा) प्रस्तुत गरेका छौँ।
अप्रिल २२ः भारत प्रशासित कश्मीरको पहलगाममा आतंकवादी हमलाः एक नेपाली नागरिकसहित २६ जनाको हत्या। घटनाको जिम्मेवारी लस्कर ए तयवासँग निकट समूह द रेसिस्टेन्ट फ्रन्ट(टिआरएफ) लिएको।
अप्रिल २३ः आतंकवादी हमलामा पाकिस्तानको समर्थन रहेको आरोप लगाउँदै भारतले पाकिस्तानसँगको कूटनीतिक सम्बन्धमा घटाउने निर्णय। सीमा बन्द, सिन्धु जल सन्धि निलम्बन। पाकिस्तानद्वारा भारतको आरोप अस्वीकार। दुवै देशबिच तनाव सुरु।
अप्रिल २४ः भारत र पाकिस्तानले एक–अर्काका नागरिकहरूलाई भिसा दिन बन्द गर्छन्। पाकिस्तानले सबै भारतीय स्वामित्व वा सञ्चालन भएका विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्छ।
अप्रिल २५ः नियन्त्रण रेखा (एलओसी) मा भारतीय र पाकिस्तानी सैनिकहरूबिच गोली हानाहान हुन्छ।
मे ३ः पाकिस्तानले ४५० किलोमिटर (२८० माइल) दूरीसम्म पुग्ने ब्यालेस्टिक मिसाइल परीक्षण गर्छ। भारतले पाकिस्तानी झण्डा भएका पानीजहाजहरूलाई आफ्नो बन्दरगाहमा प्रवेश गर्न रोक लगाउँछ। भारतीय झण्डा भएका पानीजहाजहरूलाई पाकिस्तान जान प्रतिबन्ध लगाउँछ।
मे ७ः भारतले पाकिस्तानमा मिसाइल प्रहार गर्छ, जसलाई ‘अपरेसन सिन्दूर’को नाम दिन्छ। जसलाई पाकिस्तानले ‘युद्ध कार्य’ भनी निन्दा गर्छ । र, बदला लिने घोषणा गर्छ। पाकिस्तान प्रशासित कश्मीर र देशको पञ्जाब प्रान्तमा ३१ जनाको मृत्यु हुन्छ। भारतको रक्षा मन्त्रालयका अनुसार कम्तीमा ९ वटा स्थलहरूलाई निशाना बनाइएको थियो। भारतले आतंकवादी इलाकामा मात्रै आक्रमण गरेको दाबी गर्छ। पाकिस्तानले पाँच लडाकु विमान खसालेको दाबी गर्छ। त्यसपछि सीमाक्षेत्रमा भएको गोलीबारीमा १० जना भन्दा बढी भारतीय मारिन्छन्।
मे ८ः भारतले पाकिस्तानमा हमला गर्ने ड्रोन पठाउँछ। पाकिस्तानले इस्लामाबादमा रहेको आफ्नो हवाई रक्षा प्रणालीलाई लक्ष्य बनाएको आरोप लगाउँछ।
मे ९ः पाकिस्तान क्षेत्रबाट भारतका सीमा नजिकका क्षेत्रमा ड्रोन हमला हुन्छ। भारतले आफ्नो सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता आइपिएल एक हप्ताका लागि निलम्बन गर्छ। जी–७ राष्ट्रहरूले ‘अधिकतम संयमता’ अपनाउन दुवै देशलाई आग्रह गर्छन्।
मे १०ः पाकिस्तान भन्छ–भारतले आफ्ना एयरबेसहरूमा मिसाइल प्रहार गरेको छ र त्यसको जवाफी कारबाही गरिएको छ। पाकिस्तानले पनि आफ्नो जवाफी कारबाहीको नाम ‘अपरेसन–बुन्यान–अल–मार्सुस’ दिन्छ। भारतीय प्रशासित कश्मीरमा रहेका बासिन्दाहरूले धेरै स्थानहरूमा ठूलो विस्फोटको आवाज सुनिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमति गरेको घोषणा गर्छन्। दुबै देशका अधिकारीहरूले चाँडै उक्त सम्झौतामा पुष्टि गर्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...