अमेरिकामा लामखुट्टेको टोकाइबाट सर्ने ‘ट्रिपल ई’ नामक भाइरस फैलिन थालेको छ। अमेरिकाको न्यू ह्यापसायरमा ‘ट्रिपल ई’ का कारण एकजनाको मृत्यु भएको छ भने ५ जना सङ्क्रमित भएका छन्।
अमेरिकी स्वास्थ्य विभागका अनुसार पछिल्लो एक दशकमा पहिलोपटक न्यू ह्यापसायरमा यो भाइरस फेला परेको हो। पछिल्लो केही दिनदेखि ट्रिपल ईका कारण मसाचुएट्ससहितका राज्यमा पनि यो भाइरस फैलिन थालेको बताइएको छ।
के हो ट्रिपल ई भाइरस?
ईईईभी अर्थात् इस्टर्न एक्विन इन्सेफ्लाइटिस भाइरसलाई ‘ट्रिपल ई’ नाम दिइएको हो। पहिलोपटक सन् १९३८ मा यो भाइरस उत्तरी अमेरिका र क्यारेबियनमा फेला परेको थियो। येल विश्वविद्यालय स्कुल अफ पब्लिक हेल्थका एसोसिएट रिसर्च वैज्ञानिक वेरिटी हिलका अनुसार यो भाइरस विभिन्न प्रजातीका पन्छीबाट लामखुट्टे हुँदै मानिसमा सर्न गर्छ।
निकै दुर्लभ मानिने उक्त भाइरसले मानिसको स्नायू प्रणालीमाथि आक्रमण गर्ने गर्छ। जसका कारण मस्तिस्क सुन्निन्छ र पीडा हुन थाल्छ।
ट्रिपल ई भाइरसले सङ्क्रमित भएका व्यक्तिहरूमा ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला हुने, छारे आउने, व्यवहारमा परिवर्तन हुने, थकाई महसुस हुने, निद्रा नलाग्ने जस्ता लक्षणहरूका साथै मष्तिस्क सुन्निने गर्छ।