अफगानिस्तानमा ‘सद्गुण र अवगुण’ कानून लागु
०७ भदौ २०८१
•
२ मिनेट पाठ
अफगानिस्तानमा ‘सद्गुण र अवगुण’ कानून लागु
अफगानिस्तानमा ‘सद्गुण र अवगुण’ कानून लागु भएको छ। तालिबान अधिकारीहरूले इस्लामिक कानूनको कडा व्याख्याका आधारमा व्यवहार र जीवन शैलीका नियमहरूको विवरण दिने कानूनहरूको संहिताकरण गर्दै सद्गुण र अवगुण कानून घोषणा गरेका छन्।




जुलाई ३१ को आधिकारिक राजपत्रमा प्रकाशित ३५ अनुच्छेदको कानूनले अफगानिस्तानमा पहिले नै सामान्य रूपमा चिनिने निषेधहरू स्थापित गरिसकेको छ। उक्त कानूनले जनसङ्ख्यामाथि नियन्त्रण बढाउन सक्ने बताइएको छ।

उक्त कानूनलाई तालिबानका सर्वोच्च नेता एकान्तवादी हिबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको न्याय मन्त्रालयले बुधवार आफ्नो वेबसाइटमा जनाएको छ।

सन् २०२१ मा तालिबान अधिकारीहरू सत्तामा आएपछि सद्गुणको प्रचारप्रसार र कानून लागु गर्ने जिम्मेवारी पाएका मन्त्रालयका सेतो कोट लगाउने कर्मचारीहरू अफगान सडकहरूमा तैनाथ रहेका छन्।

सामाजिक अन्तरक्रिया, व्यक्तिगत जीवन र पहिरनको शैलीदेखि लिएर मुद्दाहरूमा उनीहरूको जनादेश अब कानूनमा निर्धारण गरिएको छ।

‘महरम’ नभएका पुरुष सामान्यतया इस्लामअन्तर्गत पति, भाइ, पिता, पुत्र, हजुरबुबा वा काका तथा गैरमुस्लिम महिलाहरू वरपर ‘मुस्लिम महिलाहरू आफ्नो अनुहार र शरीर ढाक्न बाध्य हुने’ व्यवस्था कानूनले विशेष रूपमा निर्धारण गरेको छ।

‘परिपक्व महिलाले कुनै आवश्यकताका कारण आफ्नो घरबाट बाहिर निस्कनुपर्दा आफ्नो अनुहार र शरीर ढाक्न तथा आवाज नसुनियोस भन्ने सुनिश्चित गर्न बाध्य हुनुपर्छ।’

पुरुषहरूलाई घुँडाभन्दा माथि कमिज नलगाउन वा दारी नियालेर नकाट्न निर्देशन दिइएको छ। कुनै सङ्गीत नसुन्न, कुनै लागु पदार्थ, कुनै महरमबिनाका पुरुषहरूको उपस्थितिमा अनावरण गरिएका महिलालाई यात्रा नगराउन सवारी चालकहरूलाई निषेध जारी गरिएको छ।

अन्य नियमहरूमा समलैङ्गिकता, प्रार्थना नगर्ने, व्यभिचार, जुवा, जनावरहरूलाई लडाउने वा कसैका बुबाआमाको अवज्ञा गर्ने साथै कम्प्युटर वा फोनमा जीवित प्राणीहरूको छवि सिर्जना गर्ने वा हेर्न प्रतिबन्ध समावेश छन्। रासस
अर्को समाचार
गीत बजाएको आरोपमा १४ जना पक्राउ
२८ वैशाख २०८२
•
१ मिनेट पाठ
गीत बजाएको आरोपमा १४ जना पक्राउ
अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबानले सत्ता सम्हालेपछि प्रतिबन्धित वाद्ययन्त्र बजाउने र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ।




सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेदेखि इस्लामी कानुनप्रति कठोर नियम लागू गर्दै आएको छ। गीतसङ्गीतलाई सार्वजनिक प्रदर्शन, जमघट, रेस्टुरेन्ट, कार, रेडियो वा टिभीमा बजाउन पूर्ण रूपमा निषेध गरिएको छ।

प्रहरीले जारी गरेको विज्ञप्‍तिअनुसार बिहीबार राति उत्तरी तखार प्रान्तको राजधानीमा ‘रातको समयको फाइदा उठाउँदै’ एक समूहले आवासीय घरमा भेला भएर वाद्ययन्त्र बजाएको र गीत गाएको थियो। ती गीतले जनतामा अशान्ति निम्त्याएको प्रशासनको आरोप छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ।

तालिबानले सत्ता लिएपछि सङ्गीत विद्यालय बन्द गरिएका छन्। सङ्गीतले ‘नैतिक भ्रष्टाचार’ र अशान्ति निम्त्याउने भन्दै वाद्ययन्त्र र ध्वनि प्रणाली तोड्ने, फुटाउने वा जलाउने गरिएको छ।

विवाहमा सङ्गीत बजाउन प्रतिबन्ध छ, तर महिला समूहहरू गोप्य रूपमा भेला भएर गीतसङ्गीतको आनन्द लिन्छन्। धेरै सङ्गीतकार जीविकोपार्जन गुमाएर वा डरले देश छोडेका छन्।

तालिबानले पूर्व सङ्गीतकारलाई १९९६–२००१ को शासनमा अनुमति दिइएजस्तै इस्लामी कविता र मन्त्र समेटेर गीत बनाउन प्रोत्साहन गरेको छ। एएफपी
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस