मोदीको क्याबिनेटमा ५ महत्त्वपूर्ण मन्त्रालयमा पुरानै अनुहार, को-को बने मन्त्री?
२९ जेष्ठ २०८१
•
२ मिनेट पाठ
मोदीको क्याबिनेटमा ५ महत्त्वपूर्ण मन्त्रालयमा पुरानै अनुहार, को-को बने मन्त्री?
प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। तेस्रो कार्यकालका लागि गठबन्धन सरकार बनाएका मोदीले ७१ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।




प्रधानमन्त्री मोदीले ३० पूर्ण मन्त्री, ५ राज्यमन्त्री (स्वतन्त्र प्रभार) र ३६ राज्य मन्त्री गरी ७१ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्। जसमा उनले महत्त्वपूर्ण मन्त्रालयमा कुनै हेरफेर नगरी पुरानै अनुहारलाई स्थान दिएका छन्।

जसमा गृह मन्त्रालयमा अमित शाह र रक्षा मन्त्रालयमा राजनाथ सिंह दोहोरिएका छन् भने विदेश मन्त्रीमा डा.एस जयशंकर दोहोरिएका छन्। त्यस्तै अर्थ मन्त्रीमा निर्मला सितारमण र सडक परिवहन मन्त्रालयमा नितिन गडकरी दोहोरिएका छन्।

प्रधानमन्त्री मोदीको नयाँ मन्त्रिमण्डलमा अघिल्लो सरकारको महत्त्वपूर्ण अनुहार छैन। जसमा स्मृति इरानी, अनुराग ठाकुर र राजीव चन्द्रशेखर रहेका छन्।

यस्तो छ प्रधामन्त्री मोदीको मन्त्रिपरिषद्ः

नरेन्द्र मोदीः प्रधानमन्त्री

राजनाथ सिंहः रक्षा

अमित शाहः गृह र सहकारिता

नितिन गडकरीः सड़क परिवहन र राजमार्ग

जगत प्रकाश नड्डाः स्वास्थ्य, रसायन र ऊर्वरक

शिवराज सिंह चौहानः कृषि र ग्रामीण विकास

निर्मला सीतारमणः अर्थ र कर्पोरेट मामिला

एस जयशंकरः विदेश

मनोहर लालः आवास र शहरी मामिला अनि ऊर्जा

एचडी कुमारास्वामीः ठूला उद्योग र इस्पात

पीयूष गोयलः वाणिज्य र उद्योग

धर्मेन्द्र प्रधानः शिक्षा

जीतन राम माझीः सूक्ष्म, लघु र मध्यम उद्योग मन्त्रालय

राजीव रञ्जन सिंहः पञ्चायती राज, मत्स्य, पशुपालन र डेरी

सर्वानन्द सोनोवालः बन्दरगाह, जहाजरानी र जलमार्ग

डाक्टर वीरेन्द्र कुमारः सामाजिक न्याय एवं आधिकारिता

किञ्जारापु राममोहन नायडूः नागर विमानन

प्रल्हाद जोशीः उपभोक्ता मामिला, खाद्य, जन वितरण, नवीन र नवीकरणीय ऊर्जा

जुएल उराँवः आदिवासी मामिला

गिरिराज सिंहः कपडा

अश्विनी वैष्णवः रेलवे, सूचना एवं प्रसारण, इलेक्ट्रोनिक्स र सूचना प्रोद्यौगिकी

ज्योतिरादित्य सिंधियाः सञ्चार, पूर्वोत्तर विकास

भूपेन्द्र यादवः पर्यावरण, वन एवं जलवायु परिवर्तन

गजेन्द्र सिंह शेखावतः संस्कृति र पर्यटन

अन्नपूर्णा देवीः महिला एवं बाल विकास

किरेन रिजिजूः संसदीय कार्य र अल्पसंख्यक मामिला

हरदीप सिंह पुरीः पेट्रोलियम एवं प्राकृतिक ग्यास

मनसुख मांडवियाः श्रम एवं रोजगार, युवा एवं खेल मामिला

जी किशन रेड्डीः कोयला र खनन

सीआर पाटिलः जल शक्ति
अर्को समाचार
बेहुलाको गलामा एक करोड ३३ लाखको माला : छतदेखि सडकसम्म मानिसहरूले गन्न थाले
२४ जेष्ठ २०८२
•
१ मिनेट पाठ
बेहुलाको गलामा एक करोड ३३ लाखको माला : छतदेखि सडकसम्म मानिसहरूले गन्न थाले
पछिल्ला दिनमा सामाजिक सञ्जालमा एउटा रोचक भिडियो भाइरल भइरहेको छ। भाइरल भिडियोमा एक दुलहाले आफ्नो गलामा नोटको लामो र भारी माला लगाएको देखिन्छ। 




भिडियोमा गरिएको दाबी अनुसार यो मालामा एक करोड ३३ लाख भारतीय रुपैयाँका नोट छन्। माला यति लामो छ कि यो छतबाट सुरु भएर सडकसम्म पुग्छ।

भाइरल भिडियोमा स्पष्ट देखिन्छ कि नोटको माला विवाह समारोहको एक भाग हो। मानिसहरूको भीड यो दृश्य हेर्न उत्साहित छ। मालामा पाँच सय रुपैयाँका नोटहरू जोडिएका छन्, जुन सडकमा कार्पेटजस्तै फैलिएको छ। दुलहाले यो माला गर्वका साथ लगाएका छन्।

माला र त्यसको दाबीबारे कुनै आधिकारिक पुष्टि भएको छैन। कतिपयले सार्वजनिक रूपमा यत्राे रकम देखाउनु बुद्धिमानी हो भन्दै प्रश्न उठाएका छन्। धेरैले समाजमा बढ्दो फजुल खर्चको प्रतीक मानेका छन्। मालाको मूल्य ३३ लाख रुपैयाँको हाराहारीमा हुन सक्ने अनुमान गरेका छन्।

यो भिडियो इन्स्टाग्राममा आमिर मेवातीले सेयर गरेका थिए, जसलाई कराेडाैं पटक हेरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो भिडियो भारतकाे नै हाे। तर कुन सहर वा राज्यको हो भन्ने स्पष्ट छैन। कतिपयले यस्तो खर्चलाई फजुल मानेका छन्, भने कतिपयले सबैलाई आ-आफ्नै तरिकाले उत्सव मनाउने अधिकार भएको तर्क गरेका छन्। एजेन्सी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस