सम्बन्ध सुधार्न चीन-अमेरिका सहमत
०१ मंसिर २०८०
•
३ मिनेट पाठ
सम्बन्ध सुधार्न चीन-अमेरिका सहमत
चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेन भेटवार्ताका क्रममा। तस्बिर: रोयटर्स
अमेरिकाका राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनफिङ दुई देशका सैन्य निकायबीच सञ्चार सम्बन्ध पुनः सुरु गर्न सहमत भएका छन्। हाल अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी र उनका समकक्षी बाइडेनबीच यस्तो सहमति भएको हो। यो यो सहमतिले दुई देशबिचको तनावपूर्ण सम्बन्धलाई मत्थर पार्ने विश्वास गरिएको छ।




यसै वर्ष एउटा सन्दिग्ध चिनियाँ जासुसी बेलुन अमेरिकी भूभागमा देखिएर आन्ध्र महासागरमा खसेपछि दुई देशबीचको सैन्य सम्बन्ध चिसिएको थियो। त्यस्तै अमेरिकी तल्लो सदनकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकासँगको सैन्य सम्बन्ध विच्छेद गरेको थियो।

भ्रमणमा भएका भेटघाटका क्रममा राष्ट्रपति सीले संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध धेरैजसो सहज नभएको तर एकले अर्कातिर पिठ्युँ फर्काएर बस्ने विकल्प पनि नरहेको बताएका छन्। संसारका दुई शक्तिशाली देशका राष्ट्रपति भेट भएर कुरा गर्नु आफैंमा कूटनीतिक उपलब्धि भएको कतिपय विश्लेषकको भनाइ छ।

आगामी केही सातामा विश्व जलवायु सम्मेलन (कोप–२८) हुन लागेको सन्दर्भमा सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने यी दुई देशले जलवायु परिवर्तनका असर सामनाका लागि थप उपाय अपनाउने सहमति पनि गरेका छन्। तर उनीहरूले जीवाश्म इन्धनको प्रयोग रोक्न भने प्रतिबद्धता जनाएका छैनन्।
यी दुई देशले हरितगृह ग्यास मिथेन उत्सर्जनको तीव्रतालाई कम गर्न र सन् २०३० भित्र नवीकरणीय ऊर्जाको प्रयोग तीन गुणा बढाउन विश्वव्यापी प्रयासमा साथ दिन सहकार्य गर्ने वाचा भने गरेका छन्। ‘जलवायु परिवर्तनबाट उत्पन्न असरलाई सम्बाधन गर्ने दिशामा यो महत्वपूर्ण पाइला हो,’ बेलायतको थिंकट्यांक च्याटम हाउसकी फेलो तथा चीन मामिला विशेषज्ञ वर्निस लीले भनिन्।

यसैगरी वर्ल्ड रिजोर्सेस इन्स्टिच्युटका डेभिड वाक्सोले मिथेन ग्यास उत्सर्जन न्यूनीकरणबारे भएको सहमतिलाई ‘ठूलो पाइला’ भनेका छन्। ‘चीन विश्वमा सबैभन्दा धेरै मिथेन ग्यास उत्सर्जन गर्ने देश हो र निकट भविष्यमा विश्वव्यापी तापमान वृद्धिको गति कम गर्न यो ग्यास उत्सर्जन कटौती गर्न गम्भीर पहलहरू हुनुपर्छ,’ उनले भने।

यसैगरी अमेरिका र चीन औषधिको गैरकानुनी ओसारपसार रोक्न पनि सहकार्य गर्न सहमत भएका छन्। विशेषगरी अमेरिकामा गैरकानुनी तरिकाले भइरहेको ‘फेन्टनिल’को आपूर्ति रोक्न रासायनिक कम्पनीहरूको नियन्त्रण गर्न चीन सहमत भएको छ।

दुखाइ कम गर्ने यो औषधिको अत्यधिक प्रयोग (ओभर डोज) का कारण अमेरिकामा मृत्युको संख्या बढेको मानिन्छ। यो लागु औषधका कारण गत वर्ष करिब ७५ हजारजनाको ज्यान गएको थियो।

फेन्टनिलमात्र नभई यो बनाउन आवश्यक पर्ने कच्चा पदार्थको स्रोत पनि चिनियाँ कम्पनी रहेका छन्।

चीनमा रहेर एक दशकसम्म पत्रकारिता गरेका बिबिसीका उत्तर अमेरिका संवाददाता जोन सड्वर्थका अनुसार वाइडेन र सीबीच बुधबारको भेटघाटअघि नै सम्बन्ध सुधारका संकेतहरू देखापरेका थिए। धेरै वर्षपछि पहिलो पटक गत साता दुई पक्षले वाशिङ्टनमा परमाणु अस्त्र भण्डारणबारे छलफल गरेका थिए।
बिबिसीका अनुसार बुधबार दुई राष्ट्रपतिबीच ताइवानको विषयमा पनि उल्लेख्य छलफल भएको छ। चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षी वाइडेनलाई ताइवानलाई हतियार नदिन आग्रह गरेका छन्। उनले ताइवानसँग चीनको एकीकरण रोक्न नसकिने पनि बताएको चीनको विदेश मन्त्रालयले जनाएको छ। अमेरिकाले भने ताइवान मामिलामा आफ्नो दृष्टिकोण नबदलिने बताएको एक अमेरिकी अधिकारीले जनाएका छन्।

दुई राष्ट्रपतिबीच बैठक हुनु र उनीहरूले हात मिलाउनु पनि सकारात्मक संकेत भएको बिबिसीकी उत्तर अमेरिका सम्पादक सारा स्मिथ ठान्छिन्। ‘संसारका सबैभन्दा शक्तिशाली राष्ट्रपतिहरूले एकआपसमा कुरा गर्नु आफैंमा कूटनीतिक उपलब्धि हो। उनीहरूले सम्पर्कमै रहने सहमति गरे भने मात्र पनि सफलता मान्न सकिन्छ,’ स्मिथले भने। सीसँगको भेटमा बाइडेनले एकले अर्कालाई बुफ्न आपसी संवाद आवश्यक रहने बताएका थिए।
अर्को समाचार
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
७ मिनेट अघि
•
१ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
काठमाडौं। भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ। उनको घोषणाले बंगलादेशको अन्तरिम सरकारलाई चुनौती थपेको छ भने भारतलाई समेत कूटनीतिक दबाबमा पारेको छ।




सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनबाट १५ वर्ष लामो शासन अन्त्य भएपछि देश छाडेर नयाँदिल्ली पुगेकी ७९ वर्षीया हसिनाले अबको १९ दिनमा बंगलादेश फर्किने बताएकी हुन्। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको सम्झनामा मनाइने विजय दिवसकै दिन फर्किने घोषणा गर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

हसिनाका निकट सहयोगीका अनुसार उनी दिल्लीबाट विमानमार्फत फर्किने योजनामा छिन्। त्यसका लागि बंगलादेश सरकारसँगै विमानको व्यवस्था गर्न आग्रह गरिएको छ। सरकारले व्यवस्था नगरे व्यावसायिक उडान वा स्थलमार्ग हुँदै सीमा पार गरेर भए पनि फर्किने उनको योजना रहेको सहयोगी अबु ओबैदा अरिनले बताएका छन्।

‘उनी त हिँडेरै बंगलादेश प्रवेश गर्न पनि तयार छिन्,’ अरिनले बीबीसीसँग भनेका छन्। तर हसिनाको स्वदेश फिर्ती सहज छैन। मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै बंगलादेशको अदालतले उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२४ को आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाहीबाट करिब १४ सय जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको अनुमान छ। बंगलादेश सरकारले फर्किएलगत्तै पक्राउ गरी सजाय कार्यान्वयन गर्ने बताउँदै आएको छ।

हसिनाको घोषणाप्रति ढाकाले कडा प्रतिक्रिया जनाएको छ। बंगलादेशले भारतसँग उनको सुपुर्दगी माग दोहो¥याएको छ। विदेश राज्यमन्त्री हुमायुन कबिरले उनी सामान्य यात्रुका रूपमा फर्किन नसक्ने भन्दै हत्कडी लगाएर मात्रै ल्याउन सकिने बताएका छन्। भारतको विदेश मन्त्रालयले सुपुर्दगीसम्बन्धी अनुरोध स्थापित प्रक्रियाअनुसार विचाराधीन रहेको जनाएको छ।

राजनीतिक प्रभाव फर्काउने रणनीति
हसिनाको फिर्ती घोषणालाई बंगलादेशमा केवल स्वदेश फर्किने इच्छाका रूपमा मात्र हेरिएको छैन। यसलाई सरकारको नियन्त्रण क्षमता परीक्षण गर्ने, राजनीतिक बहसको केन्द्रमा पुनः आउने र आन्दोलनबाट बनेको राजनीतिक एकतामा देखिएको विभाजनको फाइदा उठाउने रणनीतिका रूपमा विश्लेषण गरिएको छ।

निर्वासनमा रहे पनि हसिनाले आफ्नो पार्टी अवामी लिगलाई सक्रिय राख्ने प्रयास गरिरहेकी छन्। सहयोगी अरिनका अनुसार उनले टेलिग्राममार्फत पार्टीका नेता तथा कार्यकर्तासँग नियमित संवाद गर्दै आएकी छन्। पछिल्लो १८ महिनामा तीन सयभन्दा बढी अडियो बैठक गरेको र ती बैठक ६४ जिल्ला तथा तीन सय निर्वाचन क्षेत्रका समर्थकसम्म पुगेको उनको दाबी छ।

हसिना फर्किने क्रममा सीमादेखि ढाकासम्म पाँच लाख मानिस परिचालन गरेर मानव साङ्लो बनाउने तयारी रहेको पनि सहयोगीको दाबी छ। तर अवामी लिग प्रतिबन्धित अवस्थामा छ। पार्टीका धेरै नेता विदेशमा, जेलमा वा भूमिगत छन्। कार्यकर्ताविरुद्ध हजारौं मुद्दा दर्ता भएका छन्। द्वन्द्व अनुगमन गर्ने संस्था एसिएलइडीका अनुसार यसै महिना अवामी लिग समर्थकले ४० प्रदर्शन र १४० भन्दा बढी दंगा गरेका छन्। राजनीतिक हिंसामा कम्तीमा ११ जनाको मृत्यु भएको छ। हसिनाको गृहजिल्ला गोपालगन्जसहित विभिन्न स्थानमा प्रहरी कार्यालय, सवारीसाधन र राजनीतिक नेताका घर तथा कार्यालयमा आक्रमणका घटना भएका छन्।

भारतलाई कूटनीतिक अप्ठ्यारो
हसिनाको घोषणाले भारतलाई पनि अप्ठ्यारोमा पारेको छ। भारतले उनलाई शरण दिएको छ भने उनले भारतीय भूमिबाट दिएका राजनीतिक अभिव्यक्तिले ढाकाको असन्तुष्टि बढाएको छ। बंगलादेशले सुपुर्दगी माग गरिरहे पनि भारतले यस विषयमा ठोस निर्णय गरेको छैन। व्यापार, सीमा सुरक्षा र पारवहनलगायत विषयमा सम्बन्ध सुधारको प्रयास भए पनि दुई देशबिच अविश्वास कायम छ।

लन्डनस्थित एसओएएस विश्वविद्यालयका प्राध्यापक अविनाश पालीवालका अनुसार हसिनाको घोषणाले निर्णय गर्ने दबाब दिल्लीबाट ढाकातर्फ सारेको छ। भारतले बंगलादेशको नयाँ सरकारसँग सम्बन्ध सुधारका लागि प्रयास गरे पनि अपेक्षित परिणाम नआएपछि निराश भएको उनको विश्लेषण छ।

अवामी लिगलाई बंगलादेशको राजनीतिबाट स्थायी रूपमा बाहिर राख्नु भारतको हितमा नहुने पालीवालको तर्क छ। पार्टीको सामाजिक र राजनीतिक प्रभाव अझै कायम रहेकाले नयाँ नेतृत्वमार्फत राजनीतिक प्रक्रियामा समेट्नु दीर्घकालीन समाधान हुन सक्ने उनको धारणा छ। तर बंगलादेशमा भारतले अवामी लिगलाई पुनः स्थापित गर्न खोजेको आशंका बढिरहेको छ। हसिनाको सुपुर्दगी टुंगोमा नपुग्नु, पारवहन सुविधासम्बन्धी विषय र गंगा नदीको जल बाँडफाँट सन्धिमा प्रगति नहुनुले पनि भारतप्रतिको अविश्वास बढाएको छ।

विश्लेषकहरूका अनुसार हसिना तत्काल फर्किने सम्भावना कम भए पनि उनको घोषणाले अवामी लिगका कार्यकर्तालाई उत्साहित बनाएको छ। उनी फर्किएमा राजनीतिक मेलमिलापभन्दा द्वन्द्व थप चर्किन सक्ने जोखिम पनि छ। यसले भारत र बंगलादेशबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिन्छ। (बिबिसीमा आधारित)
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस