भारत सरकारले रिसर्च एण्ड एनालिसिस विङस (रअ) को नयाँ प्रमुखमा रबी सिन्हालाई नियुक्त गरेको छ।
सिन्हालाई जुलाई १ तारेखबाट कार्यकाल सुरु हुनेगरी रअ प्रमुखमा नियुक्त गरिएको मन्त्रिपरिषद् र स्थापना अधिकारी नियुक्ति समिति (अपोइन्टमेन्ट कमिटी अफ द क्याविनेट एण्ड इस्टाब्लिसमेन्ट अफिसर) का सचिव दिप्ती उमाशंकरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
सिन्हा सन १९८८ छतिसगढ क्याडरका आइपिएस अफिसर हुन्। पछिल्लो सात वर्षदेखि उनी रअको अपरेसन हेड भएर काम गर्दै आइरहेका थिए। उनी बिहारका मूल निवासी हुन।
सिन्हा अटल बिहारी वाजपेयी नेतृत्वको भाजपा सरकारमा पुलिस सेवाबाट रअमा प्रवेश गरेका थिए। उनी एसएसपी पदमा हुँदा नै रअ मा प्रवेश गरेका थिए। अहिले उनी डिजीपी पदमा थिए। जम्मु कसमिर र नर्थ इष्ट राज्यमा चलाइएको कतिपय अप्रेसनमा उनी नेतृत्व गरेका थिए।
पाकिस्तान अफगानिस्तान र चीनमा समेत काम गरिसकेको अनुभव बोकेका सिन्हा अहिलेका रअ प्रमुख सामन्त गोयलपछि दोस्रो बरियतामा कार्यरत थिए।