अमेरिकी राष्ट्रपति विदा हुनुपूर्व क्षमादान गर्ने लहर र चर्चा
२४ पौष २०७३
•
६ मिनेट पाठ
अमेरिकी राष्ट्रपति विदा हुनुपूर्व क्षमादान गर्ने लहर र चर्चा
वासिङ्टन- जमैकाका इश्लाम धर्मगुरु, तालिवान समूहका पूर्वबन्दी र साना लागू औषध कारोबारका मुद्धामा संलग्न हजारौँ व्यक्तिले अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यभारको अन्तिम दुई हप्ता बाँकी रहँदा क्षमतादानका लागि याचना गर्दै थुप्रै निवेदन परेका छन् ।




कार्यकालको अन्तिम समयमा केही अमेरिकी राष्ट्रपतिले बैभवपूर्ण राजकीय शक्तिको प्रयोग गर्दै क्षमादान वा सजाँय कमी गरिदिने प्रचलन छ ।  डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफ्नो कार्यकालको अन्त्यमा सन् २००१ मा एक शरणार्थी व्यवसायी मार्क रिचलाई क्षमदान दिने निर्णय गरेपछि निकै विवादमा तानिएका थिए। मार्क रिचकी पत्नी क्लिन्टनको दल डेमोक्रेटिक पार्टीका मुख्य चन्दादाता भएको कारण क्लिन्टनलाई सो कदम लिन नैतिक दवाव परेको बताइन्छ ।

त्यसरी नै १६ वर्षपछि फेरि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई अस्वभाविक क्षमादान गर्न दवाव परेको बताइन्छ ।  क्षमायाचनाका लागि परको हजारौँ निवेदनमा पीडितले आफूहरुमाथि अन्यायपूर्वक जेल सजाय वा अन्य कानूनी वन्धन तोकिएको भन्दै सोबाट माफी पाउन आग्रह गरेका छन् ।

बोवी वर्गड्याल, लिओनार्द पोल्टियर, एडवार्ड स्नोडेन केही यस्ता अनुहार छन् जसको निवदेन उपर राष्ट्रपति ओबामाले क्षमादानका लागि अघि बढाउन दवाव परेको तर निर्णय लिन चुनौतिपूर्ण देखिएको छ ।

अमेरिकी सैनिक ‘सर्जन्ट’ बर्गड्याललाई तालिवानद्वारा पाँच वर्षसम्म नियन्त्रणमा राखी कैदीबन्दी साट्ने क्रममा रिहा गरिएको थियो । उनले राष्ट्रपतिबाट दया पाउने आशा लिएका छन् । अमेरिकी सेनाले उनलाई कर्तब्यबिमुख भएको भनी कोर्ट मार्शल गर्दै जेल पठाएको थियो ।

त्यसैगरी अमेरिकी अधिकारकर्मी पेल्टियरले अमेरिकी आन्तरिक गुप्तचर तथा सुरक्षा सेवा (एफविआई)मा कार्यरत दुई अधिकारीको सन् १९७५ मा भएको मृत्यु प्रकरणमा जेल जीवन विताइरहेका छन् ।

स्नोडेनमाथि वर्तमान् अमेरिकी प्रशासनले दयाभाव नदेखाएमा उनीहरुमाथि नयाँ प्रशासनले मृत्युदण्ड दिनसक्छ भनी डेमोक्रेट समर्थकले नै उनलाई क्षमादान दिनुपर्ने आवाज उठाएका सुन्नमा आएको छ ।

यसको दवाव राष्ट्रिपति ओबामामा पनि परेको छ । स्नोडेन सन् २०१३ मा अमेरिकीकाद्वारा स्थापना गरेको अन्तरराष्ट्रिय सञ्चार तथा इनटरनेट सर्वेक्षण प्रणालीका बारेमा जानकारी बाहिर ल्याउने व्यक्ति हुन् जसका कारण तेत्तीस वर्षीय उनी हाल रसियामा शरणार्थी जीवन विताउँदै आएका छन् । सुसान सरान्डन र पिटर ग्याब्रियल लगायतका कैयाैं सेलिब्रेटी स्नोडेनको पक्षमा देखिँदै आएका छन् ।

उनलाई एम्नेष्टी इन्टरनेशनल र अमेरिकी नागरिक स्वतन्त्रता यूनियनको समेत समर्थन छ । स्नोडेनलाई अमेरिकी राष्ट्रपतिका रुपमा दुई हप्तापछि सत्ता सम्हाल्न लागेका  डोनाल्ड ट्रम्पले ‘धोखेवाज’को संज्ञा दिएका छन्।

यसैगरी अर्को गोपनियता भङ्ग गरेको अभियोगमा ३५ वर्ष जेल सजाय पाएका चेल्सी म्यानिङ्माथिको सजायलाई अधिकारकर्मीले अत्यधिक सजाँय बताउँदै उनको मनोवैज्ञानिक समस्याका लागि सो सजायँ अनुपयुक्त भएको भन्दै आएका छन् ।

यसैगरी अर्को गोपनियता अङ्ग गरेको अभियोगमा ३५ वर्ष जेल सजाय पाएका चेल्सी म्यानिङ्माथिको सजायलाई अत्याधिक बताउँदै उनको मनोवैज्ञानिक समस्याका लागि सो सजायँ अनावशयक भन्दै अधिकारकर्मीले आलोचना गर्दै आएका छन् ।

म्यानिङ्माथि सात लाख संवेदनशील सैन्य तथा कुटनैतिक महत्वका दस्तावेज विकीलिक्स मार्फत सार्वजनकि गरको आरोप छ । ह्वाइट हाउसले स्नोम्यान र म्यानियालाई क्षमादानदिने कुरा असम्भव रहेको बताएपनि उनीहरुका सहयोगीले ओवामा प्रशासनले दयाभाव प्रकट गर्नेछ भनी अझै आशावादी देखिएका छन् ।

यस वाहेक राष्ट्रपति ओबामालाई क्षमादानका लाग अन्य साना मुद्दाका विषयमा पनि क्षमादानका लागि हजारौँ निवेदन परेका छन् । ओबामाले सन् २००९ मा कार्यभार सम्हालेपछि १४८ मुद्दामा क्षमदान दिएका छन्। यो अहिलेसम्म उनको पूर्ववर्तीभन्दा केही कमी हो ।

ओबामा जस्तै पछिल्लो समय दुई कार्यकाल सत्तामा रहेको जर्ज डब्लु बुसले १८९ र बिलक्लिन्टनले ३९६ मुद्दामा क्षमादान दिएका थिए।

राष्ट्रपति ओबामाले कडा सजायको ठाउँमा केही नरम सजाय हुनेगरी अन्य राष्ट्रपतिले भन्दा धेरै नै अर्थात् एक हजार १७६ निर्णय दिएका छन् । रासस/एएफपी
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
१ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस