वासिङटन–अमेरिकाको राष्ट्रपतीय चुनावका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा समर्थन बढ्दै गएपछि उनकी प्रतिद्वन्द्वी डेमोक्रेट हिलारी क्लिन्टन आफ्नो चुनावी अभियान फेरबलद गर्न बाध्य भएकी छिन् । आउँदो साता हुने राष्ट्रतीय चुनावमा यसअघि उनको पक्षमा मतदान गर्ने ठानिएका राज्यहरुमा भइरहेको अभियानहरुमा उनी सहभागी भइरहेकी छन् ।
चुनावमा नजिँकिँदै गर्दा दुवै उम्मेदवार अहिले अनिर्णित मतदातालाई आफ्नो पक्षमा पार्नु भन्दा आफ्ना पक्षकाले मतदान गरुन् भन्ने कुरामा जोड दिइरहेका छन् । तर हिलारीको पूर्व योजना यस्तो थिएन । उनले दुविधामा रहेका मतदाता फकाउने रणनीति अनुरुप प्रचार अभियान लक्षित गराएकी थिइन् ।
एकसाताअघिसम्म मिशिगन र पेन्सिलभेनिया सुरक्षित जस्तो देखिन्थे तर अहिले ती दुवै राज्यमा उनले अभियान गर्दैछिन् । मंगलबार अघि नै पनि भोट हाल्न मिल्ने प्रावधान अनुसार ३७ लाख मतदाताले आफ्नो मत दिइसकेका छन् । पछिल्ला सर्वेक्षणमा ट्रम्पको लोकप्रियता बढेको देखिएको छ । अहिले क्लिन्टनको पक्षमा ४६ प्रतिशत मतदाता रहेको देखिएको छ भने ट्रम्पको पक्षमा ४४ प्रतिशत मतदाता रहेका छन् । इमले प्रकरण बाहिरिनु अघि क्लिन्टनले ७ प्रतिशत भन्दा बढी मतले ट्रम्पलाई उछिनिरहेको देखिएको थियो ।
अमेरिकाको प्रमुखमध्येको एउटा शेयर सूचकांकले लगातार नौ दिनसम्म ओरालो लागेको छ । लगानीकर्ताबीच आउँदो चुनावमा डोनल्ड ट्रम्पले जित्छन् कि भन्ने चिन्ता बढिरहँदा यस्तो अवस्था देखापरेको हो । यसरी लामो समयसम्म सूचकांक लगातार तल झरेको यो घटना पछिल्लो तीस वर्षभन्दा बढी समयमा पहिलोपटक भएको हो । मंगलबार हुने चुनावमा यदि ट्रम्पले जिते उनले अब कस्तो नीति लेलान् भन्नेमा बजार अनभिज्ञ रहेका कारण यस्तो भएको अनुमान गरिएको छ ।
हालै अनुसन्धान निकाय एफबीआइले हिलरी क्लिन्टनले आफू विदेशमन्त्री हुँदा इमेल प्रयोगमा हेल्चक्र्याईँ गरेको विषयमा सम्बन्धित हुनसक्ने इमेलहरुको अनुसन्धान गरेको खुलासा गरेपछि दुई प्रत्यासीबीचको चुनावी दौड साँघुरिंदै गएको देखिन्छ । यसैैबीच अमेरिकामा राष्ट्रपति निर्वाचनको मिति आउनु चार दिनपूर्व हिलारी क्लिन्टनले गायन, सङ्गीत र राजनीतिक क्षेत्रमा समाजमा प्रतिष्ठा आर्जन गर्न सफल व्यक्तिहरु (सेलिबे्रटी) लाई आफ्नो प्रचारप्रसार अभियानमा परिचालन गरेकी छिन् ।
निर्वाचन प्रतिस्पर्धा कडा भैरहेका बखत जितका लागि निर्णायक मानिएका राज्यहरुमा मतदातालाई फकाउन सेलिबे्रटीलाई निर्वाचन अभियानमा सक्रिय बनाइएको हो ।
क्लिभ्ल्यान्डको वोल्सटिएन सेन्टरमा आयोजित वृहत् एक दिने सांंगीतिक कार्यक्रमलाई शुक्रबार राती समापन गर्दै हिलारीले अमेरिकाकी प्रख्यात गायिका बियोन्स र उनका पति जे जे तथा सो सङ्गीत ब्यान्डका अन्य कलाकारसँगै बसेर बियोन्स जोडी र कार्यक्रमको प्रशंसा आफूलाई भोट दिन आग्रह गरिन् ।
उता जेजेले पनि क्लिन्टनको नीति अमेरिकालाई एकीकृत गर्ने नकी ट्रम्पको जस्तो विभाजित गर्ने भन्दै क्लिन्टनलाई भोट गर्न आग्रह गरे । ‘मलाई त ट्रम्प केटाकेटी लागे । उनी मेरो राष्ट्रपति बन्न लायक छैनन्, हाम्रो राष्ट्रपति बन्न लायक छैनन्,’ जेजेले भनेका छन् । क्लिन्टनको अभियानलाई साथ दिने उद्देश्यले आयोजना गरिएको कन्सर्ट निःशुल्क थियो ।
एकातिर सांगीतिक कार्यक्रममा हजारौं जनतामाझ मस्तसँग झुल्दै हिलारीले मत मागिरहँदा ट्रम्पले ‘एक्लै अघि बढ्ने’ (गो–इट–एलोन) अभियान शैलीको त्याग गरेका छैनन् । तर सुरुदेखि नै हिलारीलाई व्यक्तिगत रुपमा गाली गर्दै आइरहेका ट्रम्पले शनिबार पनि यो क्रम छाडेका छैनन् । उनले सांगीतिक कार्यक्रममा भोट मागेको भन्दै हिलारीको उछित्तो काटे ।
‘भोट माग्न मलाई चलचित्रकर्मी वा कलाकारहरु अघि लगाउनु पर्दैन, मैले कोही जे–लो वा जेजे ब्यान्डलाई बोलाइ रहनु पर्दैन, न गितार, न पियानो, केही पनि चाहिँदैन, निर्वाचन अभियानमा म स्वयंको उपस्थिति नै पर्याप्त छ’ गएराति पेन्सिल्भानिया राज्यको हर्सेमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले हिलारीलाई झटारो हाने ।
पूर्वमा कनेक्टिकट र न्युयोर्कदेखि पश्चिममा वासिङ्गटन र क्यालिफोर्नियासम्म, उत्तरमा माइनसोटा र नर्थ डकोटादेखि दक्षिणमा लुजियाना र टेक्साससम्म, सुदूर पूर्वको हवाई र सुदूर पश्चिमको अलास्कासम्म फैलिएको विशाल अमेरिकाको ५० वटै राज्यहरुमा यसपटक राष्ट्रपति निर्वाचनको चुनावी सरगर्मी बढेर चरमचुलीमा पुगेको बताइन्छ । अत्यन्त कडा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार ट्रम्प र हिलारी प्रचारप्रसार अभियानको क्रममा यस शनिवार दुबैजना आ–आफ्नो कार्यक्रम प्रस्तुत गर्न फ्लोरिडा जानेछन् ।
फ्लोरिडाको प्रान्तीय राजधानी महानगर मियामीवरपर ल्याटिनो जनसंख्याको बाहुल्य छ । अधिकांश ल्याटिनोहरु पहिलादेखि नै डेमोक्र्याटिक पार्टी समर्थक हुन् । त्यसैगरी, न्युह्याम्पसायर र ओहायो राज्यहरुमा डेमोक्र्याटिक पार्टीलाई रहँदै आएको जनसमर्थन केही खस्किई ट्रम्पपट्टि ढल्केको जस्तो लागेकाले त्यहाँ जनसमर्थनमा व्यापक वृद्धि गराउने थप प्रयास गरिने क्लिन्टनको निर्वाचन अभियन्ताहरु बताउँछन् ।